Free songs
Home / विचार / अमेरिकाको अनुभव–५

अमेरिकाको अनुभव–५

रमेशकुमार अधिकारी

हामी भूपरिवेष्ठित देशका मानिसहरुका लागि समुद्रको दर्शन मात्र पनि कौतुहलको विषय हो। समुद्रमा पुगेर डुबुल्कीको आनन्द लिने त धेरै दुर्लभ कुरा हो। अझ ठूला बहुतले पानीजहाज चढेर जलयात्राको अनुभव गर्ने कुरा त भाग्यमै लेखिनुपर्छ भन्दा अत्युक्ति नहोला। तर यसपालिको अमेरिका बसाइमा यस प्रकारका रहरलाई धित मर्नेगरी पूरा गर्ने मौका मिल्यो । यो मौकाको संयोग पनि गजवको छ।

दाङ गुरगैं घर भई १६ वर्ष पहिले अमेरिका आएर उच्च अध्ययन सकेर हाल सरकारी निकाय सेन्टर फर डिजिज कन्ट्रोल, एटलान्टामा कार्यरत हाम्रा अत्यन्त प्रिय डा. कृष्ण शर्मा भाइ हामी बसोवास गरेको ह्याटिसवर्ग शहरमा भेट हुन आउनुभयो। उहा“ मेरो कान्छो भाइ कमल अधिकारीका सहपाठी र अत्यन्त मन मिल्ने साथी हुनुहुन्छ। लामो अन्तरालपछि जुरेको यस पटकको भेटमा आत्मीयतापूर्वक पारिवारिक, सामाजिक र विकासका विविध आयाममा कुराकानी भयो। उहा“ले हाम्रा लागि दुई दिन पूरै समय दिएर घुमाउने योजना सुनाउनुभयो। यो योजना सुन्दा हामीमा खुशीको सीमा रहेन। अमेरिका राम्ररी बुझेको भाइस“ग घुम्न पाउने कुराले हामीलाई हर्षित बनायो।
घुम्ने ठाउ“का बारेमा छलफल गर्दा हाम्रो प्राथमिकता समुद्र किनार घुम्ने रहर भएको मैले बताए“। यो विकल्पलाई कृष्ण भाइले अझ सुन्दर स्वरुप दिनुभयो। पहिलो दिन लुजियाना राज्यको न्यूअर्लियन्स शहरको सांस्कृतिक विराशत र मिसिसिपि नदीको अवलोकन गर्ने र दोस्रो दिन फ्लोरिडा राज्यको पनामा सिटीबीचमा रमाउने गरी हाम्रो कार्यक्रम तय भयो। सोही निर्धारित कार्यक्रमअनुसार पहिलो दिन कृष्ण भाइको आरामदायी गाडीमा म र मेरी श्रीमती सुशीला ह्याटिसवर्ग शहरबाट न्यूअर्लियन्स शहरतर्फ लाग्यौं ।

लुजियाना राज्यको न्यूअर्लियन्स शहरको छुट्टै पहिचान छ। यो शहर सन् १८०३ भन्दा पहिला फ्रेन्च कोलोनीअन्तर्गत थियो। त्यस समयको फ्रेन्च क्वार्टर अहिले पनि खडा छ। त्यो समयका शहरी घरहरु अहिले पनि देख्न सकिन्छ। यहा“को मौलिकता जोगाउन र पर्यटकहरुलाई इतिहासको त्यो युगको जीवन्त अनुभूति गराउन अहिले पनि तत्कालीन समयमा उज्यालोका लागि प्रयोग गरिने मट्टितेलबाट बालिने लालटिन, पानस जस्ता बत्तीहरु पुराना वस्तीमा घरका शुर शुरमा बालेको देखिन्छ। सडकमा टांगा, रिक्सा, ट्राम जस्ता स्थानीय परिवहन सुविधा अझै प्रयोगमा छन्। यो शहर सङ्गीत र खाने परिकारले प्रसिद्ध छ। यस्तै थुप्रै सौन्दर्यका साथ यो शहरलाई सांस्कृतिक शहरका रुपमा संरक्षण गरिएको छ। प्रशस्त विविधता र विशिष्टता भएका कारण यो शहर पर्यटकहरुको रोजाइमा पर्दछ।

न्यूअर्लियन्स शहर मिसिसिपि नदीको किनारमा अवस्थित छ। मिसिसिपि नदीमा ठूला–ठूला यात्रुबाहक र मालबाहक पानीजहाजहरु चल्ने गर्दछन्। न्यूअज्ञर्लियन्स शहरमा पोर्टको सुविधा छ। मिसिसिपि नदी हु“दै गल्फमेक्सीकोबाट समुद्री यात्रामा निस्कन अमेरिकी जहाजहरुका लागि न्यूअर्लियन्स शहर एक रणनीतिक स्थान हो। त्यसैले यो शहर आर्थिक तथा व्यापारिक हवको रुपमा विकास भइरहेको छ।

न्यूअर्लियन्स शहरमा पैदल हिड्ने मानिसहरुको घुइचो देखिन्छ। विशेषत पर्यटकहरु यो शहरमा रम्न आउने भएकाले शहर सधै भरिभराउ देखिन्छ। हामीहरुले फ्रेन्च क्वाटरलगायतका आकर्षक ठाउ“हरु अवलोकन ग¥यौं। ठाउ“–ठाउ“मा साङ्गीतिक समूहले गीत सङ्गीतको प्रस्तुति दिइरहेका थिए। हामीहरु पनि त्यस्ता प्रस्तुति भएको ठाउ“मा उभिएर त्यस को पनि मजा लियांै।

न्यूअर्लियन्स शहरको फ्रेन्च मार्केटमा सन् १८६२ देखि सञ्चालनमा आएको कफी घर “क्याफे डु मोण्डे ” बडो प्रसिद्ध छ। उक्त शहरमा पुग्ने जो कोही पनि त्यहा“ पुग्छन् र कफीको मजा लिन्छन्। हामीहरु पनि उक्त कफी घरमा कफीको आनन्द लिने शुर कस्यौ। त्यहा पुग्दा लामो लाइन लागेको देखियो। हामीहरु करीव दश मिनट लाइनमा लागेर कफी घर भित्र प्रवेश ग¥यौं। बस्ने ठाउ“ खचाखच भरिएको थियो।

स्टाफको सहयोगमा एकैछिनको पर्खाइपछि आसन पायांै। सो कफीघरमा सबैजसोले कफीको साथमा एक प्रकारको ब्रेड खाने रहेछन्। सो बे्रडलाई “विगिनेट” भनिने रहेछ। हामीले “विगिनेट” र कफी अर्डर ग¥यांै। अर्डर गरेको पा“च मिनटमा कफी र “विगिनेट” हाम्रो टेवलमा आइपुग्यो। “विगिनेट” लाई सेतो पिठो जस्तो सुगर पाउडरले आधा ढाकेको रुपमा प्लेटमा सजाएर प्रस्तुत गरिएको थियो। “विगिनेट” बर्गाकार स्वरुपमा बनाइने रहेछ र एक पटकमा एउटा प्लेटमा तीन पिस टक्र्याइने रहेछ। हामीहरुले स्वादमग्न भएर “विगिनेट” र कफी खायांै। ह“सिला वेटरहरुको सेवा प्रशंसनीय थियो। यहा“ कार्डबाट भुक्तानी गर्ने चलन रहेनछ। नगदमा नै कारोवार गर्नु पर्ने रहेछ।

अमेरिकामा कार्डबाट कारोबार नहुने ठाउ पाइनु आश्चर्यको कुरा हो। सायद अतितलाई जीवन्त बनाई राख्न यसो गरिएको होला।
हामीहरुलाई प्राचीनता र आधुनिकता दुबै उत्तिकै मन पर्ने भएकाले पुराना महल भएको फ्रेन्च क्वाटर÷मार्केट एरियाका साथै गगनचुम्बी टावरहरु भएको न्यूअर्लियन्सको डाउनटाउन एरिया पनि घुम्यौ। शहरमा केही सपिङ ग¥यौ।

न्यूअर्लियन्स शहरमा मिसिसिपि नदीको किनारलाई बडो आकर्षक रुपमा विकास गरिएको छ। दृश्यावलोकन गर्न, घुम्न, कुद्न वा बिसाउनका लागि पूर्वाधार बनाइएको छ। हामीहरुले पनि उक्त नदीको किनारै किनार पैदल हिडेर बेग्लै मजा अनुभव ग¥यांै। तर पानी जहाजजहाज चढ्ने रहर यसपटक पूरा गर्न सकिएन। किनकि जहाजको समय तालिकासग तालमेल मिलाउनुपर्ने भएकाले पानीजहाजको रहर अर्को पटकलाई सा“चेर हाम्रो पहिलो दिनको कार्यक्रमको बिट मा¥यौं।

दोस्रो दिन हामी फ्लोरिडा राज्यको पनामा सिटीबीच गयांै। पनामा सिटीबीच गल्फ मेक्सिकोको समुद्री किनार हो। यो बडो सुन्दर छ। समुद्रको पानी अत्यन्त सफा छ। किनारातर्फ पानीभित्र पनि पि“दसम्म छर्लङ्ग देख्न सकिन्छ। तर गहिराई अनुसार पानीको नीलोपना गाढा हु“दै गएको देखिन्छ। समुद्रको किनारामा थुप्रिएको बालुवा चिनी जस्तो उज्यालो छ। अमेरिकाको अत्यन्त सुन्दर बीचको रुपमा पनामा सिटीबीच प्रसिद्ध छ। यो बीच १४ किमि लम्बाइको छ। समुद्री किनारादेखि बाहिर बिशाल अग्ला अग्ला भवनहरु रहेका छन्। त्यहा“ पुग्दा प्रकृतिले नै सुन्दररुपमा सृष्टि गरेको र मानवीय प्रयत्नबाट सुविधा र सौन्दर्य बढाउने काम गरेको प्रतीत हुन्छ।

हामीहरु समुद्र तटमा नाङ्गा खुट्टाले झण्डै पा“च किलोमिटर हिड्यौ। बेला–बेलामा छालले हान्थ्यो। हामी आनन्दित हुन्थ्यांै। त्यहा“ मानिसहरु अत्यन्त शालीन तरिकाले रमाइरहेका थिए। कोही बालुवामा सुतेर घाममा जीउ सेकाएका देखिन्थे। कोही समुन्द्रमा पौडिरहेका थिए। तीन चार वर्षका बच्चादेखि असी नब्बे वर्षसम्मका मानिसहरु आफ्नै तालमा रमाइरहेका थिए।

हामीहरु बालुवामा हिड्दाको अनुभव हासिल गरेर समुद्रको छालमा पौडने रहर पूरा गर्नपट्टि लाग्यौं। कृष्ण भाइले हामीलाई पौडी खेल्न केही तरिका बताउनुभयो। जस्तो छाल आफूतर्फ आउ“दा त्यसको विपरीत आफूले बल नलगाउने, छालकै गति र दिशामा आफू पनि बग्ने वा यसो उफ्रिएर पानीको बेगलाई सहज बनाइदिने। उहा“ले के पनि बताउनु भयो भने समुद्रको छाल बल गरेर किनारमा आउ“छ र बालुवामा ठोक्किएपछि शिथिल भएर फर्कन्छ। त्यसैले छालले गुटमुटाएर गहिराइमा लग्दैन। तसर्थ आफू कति गहिरोसम्म जान सकिन्छ विचार गरेर जाने र छालमा रमाउदै डुबुल्की मार्दै मजा लिने।

यति सल्लाह पाएपछि हामी समुद्रमा खेल्न थाल्यांै। समुद्रका छालहरु साच्चै बलिया भएर किनारतर्फ आउने रहेछन्। समुद्री छालको त्यही बेगमा आफू लटपटिएर किनाराको बालुवामा पछारिदाको “थ्रिल” अव्यक्तनीय हु“दोरहेछ। करिव तीन घण्टा समुद्र स्नानमा रमायौ। यसरी घण्टांै समुद्री छालमा रमाएको यो जीवनको पहिलो अनुभव हो। समुद्रको पानी हल्का नुनिलो छ। आ“खामा पर्दा असजिलो लाग्छ।

कहिलेकाही मुखमा पनि पस्छ। तर यी सब पौडीको मजामा गौण बन्छन्। यसरी बीचको अनुभव हासिल गरेर त्यहीं नजिक रहेको स्नान गृहमा गएर मजाले साबुन स्याम्फोले नुहायौं, लुगा फे¥यांै। अनि बीचलाई बाइबाइ गरेर शहरको संसारमा प्रवेश ग¥यौं।
पनामा सिटीको एउटा बिन्दुमा शहरबाट समुन्द्रतर्फ करिव आधा किलोमिटर भित्र जाने ओसियन ब्रिज रहेछ। सो ब्रिजमा टिकट काटेर जानुपर्ने रहेछ। सो ब्रिजमा गयौं। पर्यटकहरु आ–आफ्नै तालमा रमाइरहेका थिए। कतिले बल्छी खेली रहेका थिए। कति सेल्फी खिच्नमा व्यस्त देखिन्थे। हामीहरुले केहीबेर समुन्द्रको सन्ध्याकालीन सौन्दर्य र किनारतर्फको दिव्यतालाई अवलोकन ग¥यौं। त्यहा“ फोटो खिच्ने काम गरेर त्यहा“बाट फेरि शहरतर्फ लाग्यौं। पनामा सिटीको व्यस्त एरिया घुमेर बाहिरी फेरमा रहेको म्याकडोनालमा खाजा खायौ। अनि ह्याटिसबर्ग वापस आयौं।

यसरी गत जेठको दोस्रो साता हामीलाई नितान्त नया“ अनुभव गर्ने अवसर मिल्यो। यो तारतम्य मिलाउनुभएकोमा स्नेही डा. कृष्ण शर्मा भाइप्रति हृदय देखि आभार प्रकट गर्दछु। यो लेखको विट मार्दै गर्दा हामीहरु दोस्रो पटक न्यूअर्लियन्स शहर पुगेर मिसिसिपि नदीमा पानीजहाजबाट सयर गर्ने रहर पूरा गरेकोे कुरा पनि उल्लेख गर्न चाहन्छु। अमेरिकाका विभिन्न ठाउ“मा घुम्दै गर्दा मुख्य सिकाइ के भएको छ भने प्रत्येक ठाउ“लाई सो ठाउ“को ऐतिहासिक महत्वको संरक्षण गर्दै विद्यमान सम्भावनाको उजागर गर्र्दै अत्यन्त दूरदर्शी सोचका साथ विकास गरिएको छ र अर्थतन्त्र चलायमान बनाइएको छ। आजलाई यत्ति।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top