Free songs
Home / समाचार / संक्षिप्त समाचार / विद्यालयमा पुस्तकालय स्थापना

विद्यालयमा पुस्तकालय स्थापना

युगबोध समाचारदाता

सल्यान,  अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा सल्यान कपुरकोटको एक विद्यालयमा पुस्तकालय स्थापना गरिएको छ। आइतवार गाउ“पालिका राष्ट्रिय महासंघ कर्णाली प्रदेशका अध्यक्ष भीमबहादुर सेनले आधारभूत विद्यालय कपुरकोट–४ क्युरेनीमा स्थापना गरिएको पुस्तकालयको उद्घाटन गर्नुभएको हो।

‘पढ्नको लागि कोठा’ कार्यक्रम र कपुरकोट गाउपालिकाको सहकार्यमा पुस्तकालय स्थापना भएको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष खड्क सिंह ठकुरीले जानकारी दिनुभयो। पठन संस्कृतिको विकास र विद्यार्थीमा पाठ्यक्रमबबाहेक अतिरिक्त ज्ञान प्रदान गर्न आधारभूत विद्यालय क्युरेनीसहित कपुरकोट गाउपालिकाका नौवटा विद्यालयमा पुस्तकालय स्थापना गरिएको रुम टु रिड कार्यक्रमका फिल्ड संयोजक हेम लम्सालले जानकारी दिनुभयो। उहाले सल्यानका ५४ विद्यालयमा यो कार्यक्रम सञ्चालन भइरहेको बताउनुभयो।
विद्यार्थीमा पढ्ने सीप र बानीको विकास गर्ने उद्देश्यले रुम टु रिडसगको सहकार्यमा कपुरकोटका विद्यालयमा सञ्चालन भइरहेको साक्षरता कार्यक्रम प्रभावकारी बनाउन सबैको दायित्व रहेको महासंघका अध्यक्ष सेनले बताउनुभयो। कपुरकोट गाउपालिका अध्यक्ष सेनले सामुदायिक विद्यालयको शिक्षालाई गुणस्तरीय बनाइ सबैको आकर्षणको थलो बनाउन आफू क्रियाशील रहेको बताउनुभयो।

सो अवसरमा विव्यस अध्यक्ष खड्ग सिंह ठकुरी, प्रधानाध्यापक डिलबहादुर थापाले गाउपालिकाका अध्यक्ष सेनस“ग आफ्नो विद्यालयमा भवनको अभाव रहेको बताउनुभएको थियो। जवाफमा सेनले आगामी वर्ष दुई कोठे भवनको ब्यवस्था गर्ने प्रतिबद्धता जनाउनुभएको छ। साहित्य, विज्ञान, मनोरञ्जन विधाका छ सय १५ पुस्तकहरु क्युरेनी पुस्तकालयमा राखिएका छन्।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top