Free songs
Home / विचार / लोकल गाईको संरक्षण गरौं

लोकल गाईको संरक्षण गरौं

डिल्लीबहादुर रावत

संसारकै सबैभन्दा जेठो र प्राचीन ग्रन्थमा पर्दछ हिन्दू ग्रन्थ (दर्शन)। हिन्दू दर्शन धेरैजसो व्यावहारिक, वैज्ञानिक र तथ्यपरक पनि छन्। जैविक विविधता र पर्यावरणीय दृष्टिले धेरै ज्ञानबद्र्धक पनि छ। सबैलाई समेटेर एकीकृत गर्ने हो भने पर्यावरणीय दर्शन पनि बन्न सक्छ। हाम्रा ऋषिमुनिहरुले धेरै खोज अनुसन्धान गरी शुरुमा मौखिक प्रचारप्रसार गरे भने पछि आएर लिपिबद्ध भएको हो। त्यसैले पुस्तौंपुस्ता अध्ययन अनुसन्धान गरिएको ग्रन्थ हो भन्दा पनि फरक पर्दैन। हिन्दू दर्शनलाई पछि आएर विवादित बनाइयो। चाहे त्यो कर्मकाण्डी सवालमा होस् चाहे जातीय छुवाछुतको सवालमा। त्यसैले पछि थपिएका विकृतिहरुलाई हटाउन सकिन्छ। यसको निम्ति सरकार,  नेसंवि र अन्य धार्मिक संस्थाहरु बसेर छलफल गरी राम्रो पक्षको ग्रहण र नराम्रो पक्षको अन्त्य गराउने हो भने हिन्दू ग्रन्थ, योग दर्शन, आयुर्वेद दर्शन, न्याय दर्शन, समतामूलक समाज निर्माण दर्शन, कृषि विज्ञान, औद्योगिक विज्ञान आदिको रुपमा विकास गरी मानव र समस्त प्रकृति संरक्षण र विकासमा प्रयोग गर्न सकिने थियो। यसको निम्ति राष्ट्रिय वहसको आवश्यकता पर्दछ। प्राचीन हिन्दू ग्रन्थ उदार छ। यसले सत्य प्रेम, दया, समता र शान्तिको वकालत गरेको पाइन्छ। तर मनु ऋषिले हिन्दू समाजलाई जातीयरुपमा विभाजन गरेपछि नै छुवाछुत उच निचको शुरुवात भयो। जति विकृति विसंगति बढे यही समयदेखि शुरु भएको मानिन्छ। नत्र भने चराचर जगतदेखि मानवसम्मको हितको वकालत गर्ने दर्शन हु“दाह“ुदै पनि सर्वाेपरि बन्न सकेन। हिन्दू ग्रन्थमा प्रत्येक देवता र देवीको अलग–अलग वाहन भएको चर्चा गरेको छ। ती वाहनको जैविक विविधता र पारिस्थितिकीय प्रणालीमा आ–आफ्नो भूमिका छ। देवताको वाहन भनेपछि मानिसले संरक्षण गर्लान् भनेर नै राखिएको हुनुपर्दछ। कतिपयलाई त देवताकै रुपमा राखिएको छ। मानिस र सम्पूर्ण जीवबीच अन्तरसम्बन्ध छ भनेर भन्न खोजिएको छ। पुराणहरुमा वन विनाश गर्नेलाई सराप दिइएको देखिन्छ भने फलफूलका बिरुवा लगाउनमा जोड दिएको देखिन्छ। मानिसले प्रकृतिमैत्री व्यवहार गर्न नसके विनाशको सामना गर्नुपर्नेछ भनेर पनि भनेको पाइन्छ।

यसै सन्दर्भमा गाईलाई लिन सकिन्छ। गोरुलाई भगवान महादेवको बाहनको रुपमा मानिएको छ भने गाईलाई लक्ष्मी (धन सम्पत्ति) माताको रुपमा ब्याख्या गरिएको छ। गाईको दूध, दही, मूत्र, गोबर सबै फाइदाजनक छन्। यसको मूत्रबाट धेरै रोगको औषधि बन्न सक्छ। गोबरमा समेत रोगका किटाणु मार्ने क्षमता हुने भएकोले घर लिप्न प्रयोग गरिदै आएको पाइन्छ। दूध, दही, घिउ धेरै पोषिलो हुन्छ भने गोबर र मूत्र (गहु“त) रोगनाशक हुन्छ। गोरुलाई कृषि पेशामा समेत प्रयोग गरेको पाइन्छ। त्यसैले हिन्दूहरुले गाईगोरुलाई पुज्ने गर्दछन् भने गाईलाई धनसम्पत्तिको रुपमा लिएको पाइन्छ। त्यसैले त आमा मानिएको छ। हिन्दूहरुले आमा तीन वटालाई भन्छन्– जस्तै एउटा जन्म दिने माता, धर्ती माता र अर्काे गौमाता। त्यसैले सबै पूजनीय छन्। त्यही भएर होला नेपालले गाईलाई राष्ट्रिय जनावरको मान्यता दिएको छ। दुर्भाग्य, आज यिनै गाईहरु तीब्ररुपमा लोप हुने स्थितिमा पुग्दैछन्। माथि भनिएको कुरा लोकल गाईमा हुन्छ। जुरो नभएका विकासे गाईमा लोकल गाईजस्तो फाइदाजनक हु“दैन। त्यसैले लोकल गाईको संरक्षण गरिनु पर्दछ। केही वर्ष पहिले कैलालीमा पनि नगरपालिकाले जंगलमा गाई छोड्ने क्रममा धेरै गाई मर्न पुगेका थिए। त्यसको बिरोधमा नेपाल बन्दसमेत भयो । तर खासै कारवाही पनि भएन र संरक्षणमुखी कार्यक्रम पनि स्थानीय सरकारहरुले ल्याउन सकेनन्। बरु पहाडतिर पाल्ने नाममा गाई लैजाने अनुमति दिए। जब कि गाई तस्करी भएर बंगलादेश जाने क्रम रोकिएपछि तस्करहरु नेपालको उत्तरी पहाड र तिव्वततिर गाई ओसार्न लागेजस्तो छ।

प्रत्येक स्थानीय सरकारले गाई संरक्षणमा अभियान चलाउनुप¥यो। गाईको मूत्र प्रशोधन गरी बिक्री गर्ने र गोवरग्यास प्लान्ट बनाइ ग्या“सलाई सिलिन्डरमा भरी बिक्री गर्दा आम्दानी पनि हुने नेपाली रुपैया“ ग्या“सको लागि विदेशिने क्रम रोकिने थियो। मुलुकलाई खाना पकाउने ग्या“समा केही हदसम्म आत्मनिर्भर बनाउन सकिने थियो। गोवरलाई ग“ड्यौला मलमा रुपान्तरण गरी मल बिक्री गर्न सकिने थियो। दूध उत्पादन गरी दूधमा आत्मनिर्भर गराउन सकिने थियो। त्यसैले गाई संरक्षण गर्दा घाटा हु“दैन, बरु नाफा नै हुन्छ। सबै किसानलाई क्षमता अनुसार पराल दान गर भनेर भन्न सकिन्छ। त्यसैले स्थानीय सरकार गाई संरक्षणमा लाग। बुढा गाई गोरु भएमा गिद्ध रेष्टुरेन्टमा रहेको पशु बृद्ध आश्रममा लगिदिने हो भने मरेपछि हुने खर्च जोगिने थियो । अर्काेतिर प्रकृतिको निःशुल्क कुचीकार गिद्ध संरक्षणमा टेवा पुग्ने थियो।

यही भदौको दोस्रो सातातिर नेपालगंज उपमहानगरपालिकाले कान्जीहाउसमा राखेका गाई सुर्खेतमा लगेर फालिदियो। दर्जनौ मरे भने कैयौं घाइते भए। यसको चौतर्फी विरोध भइरहेको छ। नेपालगञ्जका मेयर गाई चुनाव चिन्हबाट जितेका मान्छे हुन्। अनि राप्रपाका केन्द्रीय महासचिव समेत हुन्। उनको पार्टीले संवैधानिक राजतन्त्र र हिन्दू राज्यको वकालत गर्दै आएको छ। कैलालीको घटनालाई लिएर राप्रपाले आन्दोलन नै गर्न लगाएको थियो। भलै ब्यानर धार्मिक संस्थाको किन नहोस्। अधिकांश राप्रपाका कार्यकर्ता आन्दोलनमा देखिन्थे । अहिले त्यही राप्रपाका महासचिवले भीरबाट गाई फालेको देखियो। भलै मरेका किन नभनून्। क्षमताभन्दा बढी गाई किन पठाइयो ? उनको शव्दमा मर्ने विमारी बुढा गाई थिए। आखिर ती गाई लग्ने कुनै गन्तव्य कहीं देखिएन। त्यसैले फाल्न नै पठाएको प्रमाणित हुन्छ। वरु बुढा बिमारी गाई गोरु गिद्ध रेष्टुरेण्टमा दिएर तिनीहरुले खाने परालको ब्यवस्था गर्न पनि सकिन्थ्यो नि। भीरबाट फाल्नैपर्ने थिएन।

धेरैजसो स्थानीय सरकारहरु संरक्षणमुखी देखिएनन्। उनीहरुले केवल बाटो निर्माणमा मात्र जोड दिएको देखिन्छ। यसो गर्नुको कारण एकातिर विकास देखिने अर्काेतिर कमिसन खान पाउने भएपछि संरक्षणतिर चासो दिने कुरै भएन। नत्र भने राष्ट्रको राष्ट्रिय जनावर हिन्दूहरुको पूजनीय जनावर गाईको दिगो संरक्षण गर्नेतिर ध्यान दिने थिए। गाई पालनलाई उद्योगको रुपमा विकास गर्ने हो भने शुरुमा लगानी लगाउनु पर्ला । पछि नाफामा गइहाल्ने थियो। यसलाई नगरपालिकाले निजी क्षेत्रस“ग मिलेर साझेदारीमा काम गरे पनि हुने थियो। तर यतातिर सोच्ने फुर्सद छैन। तुलसीपुर उपमहानगरपालिकाभित्र एउटा जटायु रेष्टुरेण्ट छ। यो जैविक विविधता संरक्षण र पारस्थितिकीय प्रणालीको संरक्षण पनि हो। यसलाई समग्रमा भन्नु पर्दा पर्यावरणीय संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने मानवमैत्री प्रकृतिको निःशुल्क कुचीकार गिद्धको संरक्षण हो। यसको दिगो संरक्षणमा चासै दिएको देखिदैन। जब कि नेपाल सरकारले गिद्ध संरक्षणसम्वन्धी पञ्चवर्षीय योजना पारित गरेको थियो। गिद्धले स्वच्छ नेपाल अभियानलाई सार्थक बनाउन ठूलो योगदान दिने देखिन्छ। गिद्ध रेष्टुरेण्टमा पशु वृद्धाश्रम पनि छ। अब दुई विगाह जमिन तारजालीले घेरिएको छ। विस्तारै व्यवस्थित हु“दैछ। गाई गोरुलाई पुग्ने आहार र विरामी भए औषधि गर्ने व्यवस्था मिलाउने हो भने मासिक २५ देखि ३० वटा गाई त्यहा“ राख्न सकिन्छ। तैपनि वार्षिक एक÷दुई लाख देऊ भन्दा पनि दिन आनाकानी गरिरहन्छ। यो भन्दा लाजमर्दाे कुरो अरु के हुन सक्छ ? बरु गाई उत्तरतिर पठाउन तयार छन्। उत्तरतिर पठाउने भनेको तिव्वततिर हो या नेपालमै पनि मासुको लागि हो। यस्तो घृणित काम गर्नुभन्दा वार्षिक एक÷दुई लाख खर्च गर्नु राम्रो हुने हो।
चाहे जेहोस् लोकल गाईको संरक्षण गरौं, राष्ट्रिय जनावर, हिन्दुको आस्थाको धरोहर बचाउने काम सबै मिलेर गरांै । तर नेतृत्व स्थानीय सरकारले गर्नुपर्दछ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top