Free songs
Home / समाचार / संक्षिप्त समाचार / ‘प्राविधिक शिक्षा सरकारको प्राथमिकता’

‘प्राविधिक शिक्षा सरकारको प्राथमिकता’

युगबोध समाचारदाता

लमही,  प्रदेशसभा सदस्य रेवतीरमण शर्माले शिक्षा क्षेत्रको विकासबाटै मुलुक समृद्ध बन्ने भन्दै तीनै तहका सरकारले शिक्षाको विकासमा लगानी लगाउनुपर्ने बताउनु भएको छ।

४० औं राष्ट्रिय शिक्षा दिवस तथा ५३ औं अन्तर्राष्ट्रिय साक्षरता दिवस कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि शर्माले तीनै तहका सरकारका बीचमा सहकार्य गरेर दिर्घकालीन योजना बनाएर शिक्षामा लगानी लगाउनुपर्नेमा जोड दिनुभएको हो। ‘शिक्षाले मात्रै मुलुक समृद्ध बनाउन सक्छ’– उहा“ले भन्नुभयो– ‘शिक्षा क्षेत्रको विकासमा सबै तह तप्काबाट लगानी लगाउने र जनताको जीवनस्तर उठाउ“दै समाजवादको बाटोमा अघि बढ्नुपर्ने अहिलेको आवश्यकता हो।’

कार्यक्रममा लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसीले शिक्षाविना समाज परिवर्तनको परिकल्पना गर्न नसकिने बताउनुभयो।
लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसीको अध्यक्षता तथा प्रदेशशसभा सदस्य रेवतीरमण शर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा लमही नगरपालिकाका उपप्रमुख देवका बेलवासे, माध्यमिक विद्यालय फल्कापुरका प्रधानाध्यापक सम्झना शर्मा, सूर्य विनायक माध्यमिक विद्यालय नर्ती विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शोभा घिमिरे, राष्ट्रिय अभिभावक महासंघका प्रदेश नं. ५ का प्रवक्ता तथा एन प्याब्सनका जिल्ला उपाध्यक्ष भुमाण्डब केसी, नगर शिक्षा समितिका सदस्य जागेश्वर घिमिरे, लमही नगरपालिका वडा न. ५ अध्यक्ष वीमबहादुर केसीलगायतले मन्तब्य व्यक्त गर्नुभएको थियो। लमही नगरपालिका शिक्षा शाखा प्रमुख रविन्द्र क्षेत्रीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण शिक्षक हिमा थापाले गर्नु भएको थियो।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top