Free songs
Home / समाचार / प्रमुख समाचार / नाका हुँदै खाडी पु¥याइन्छन् महिला:नाका पार गर्न अनेक बहाना

नाका हुँदै खाडी पु¥याइन्छन् महिला:नाका पार गर्न अनेक बहाना

 कुमार श्रेष्ठ

बाके,  एकजनाको हातमा बोरा थियो, अर्कोको हातमा सानो झोला। दुबै महिलाको गन्तब्य एकै थियो– कुवेत। तर उनीहरुले नेपालगञ्ज नाकामा भनिरहेका थिए– ‘सीमावर्ती भारतीय बजार रुपैडिहामा सामान किन्न जान थालेका हौं।’

एकजनाको साथमा पा“च सय रुपैया“ थियो। अर्कोको साथमा एक रुपैया पनि थिएन। तर पनि उनी भन्दै थिइन्– ‘रुपैडिहामा सामान किन्न जान थालेको हो।’ उनलाई रुपैडिहामा सित्तैमा सामान मिल्नेवाला त थिएन। जहा पैसाबिना बात मारिदैन, त्यहा“ सित्तैमा सामान मिल्ने कुरै हु“दैन। तर के गर्नु दलालले घोकाएकै यस्तै थियो सुगालाई ‘पट्टु’ भन्न सिकाए जसरी।

उनीहरु यस क्षेत्रका पनि थिएनन्। थिए त एकजना झापा र अर्की मोरङकी। झापा र मोरङबाट नेपालगञ्जको सीमावर्ती भारतीय बजार रुपैडिडामा सामान किन्न भन्दै बोरा बोकेर आएका थिए। त्यसमा पनि रित्तो गोजी।

हाउभाउ, बोलीचालीले गर्दा दुबै महिला शंकाको घेरामा परे। सोधपुछ हु“दै गयो। धेरै बेरपछि पोल खुल्यो। बोरा बोक्नु त नाका पार हुने बहाना थियो। भौतिक शरीर नेपालगञ्जको नाकामा रोकिए पनि मन त उनीहरुको दिल्ली हु“दै कुवेत पुगिसकेको थियो।

झापा र मोरङका उनीहरुले शुरुमा एक अर्कालाई चिन्दैनांै भन्दै थिए। पछि केही सीप नलाग्ने माने क्या हो, काठमाडौंमा आएपछि चिनजान भएको स्वीकार गरे। दलालले काठमाडौंमा राखेर नेपालगञ्ज ल्याउनुअघि उनीहरुको परिचय भएको थियो। जति नै बहाना गरे पनि नाकामा पक्राउ परेपछि अन्ततः उनीहरुलाई आफन्तको जिम्मा लगाइयो।

केही दिनअघि दुई युवती पनि सामान किन्न भन्दै नाका पार गर्दै गर्दा समातिए। चोरले केही न केही प्रमाण छोड्छ भनेझै उनीहरु ‘अभ्यस्त’ भएर सामान किन्न जाने भन्दै नाका पार गर्न लम्किरहदा शंकाको घेरामा परेका थिए। सोधपुछ चलिरह“दा पैसाको कुराले उनीहरु समातिए। एकजनाको साथमा तीन सय र अर्काको साथमा एक सय ७० रुपैया“ थियो। रुपैडिहा किनमेल गर्न हिड्ने, एक सय ७० रुपैया लिएर, त्यतिले के नै आउथ्यो र ?

यी दुई प्रतिनिधिमूलक घटना हुन्। खासमा एकदमै भीडभाड हुने भएकाले दलालले नेपालगञ्ज नाकालाई जोखिमपूर्ण यात्राको लागि सहज मान्ने गर्दछन्। सामान किन्न रुपैडिहा जानेको भीडमा छिराएर नाका पार गराउन सके दिल्ली हु“दै खाडीमुलुक पु¥याउन सकिन्थ्यो भन्ने दलालको एकसूत्रीय धारणा रहने गरेको पाइन्छ।

मानव बेचबिखन तथा ओसारपसारविरुद्धको १३ औं राष्ट्रिय दिवस चलिरह“दा नेपालगञ्ज नाकालाई अझ बढी निगरानी गर्नुपर्ने सुझावहरु आएका छन्। माइती नेपाल नेपालगञ्जले मात्रै प्रहरीस“ग मिलेर नेपालगञ्ज नाकाबाट साउन १५ देखि भदौ १५ गतेसम्म ८१ जना चेलीलाई घर फिर्ता पठाएको छ। नाकाबाट फिर्ता गरिएका उनीहरु कुनै न कुनै बहाना बनाएर नाका पार गर्दै थिए। माइती नेपाल नेपालगञ्जका प्रमुख केशव कोइरालाले भारत तथा खाडीमुलुक जान हि“डेका महिलाले नाकामा अनेक बहाना बनाउने गरेको बताउनुभयो।

‘कोही बोरा बोकेर हि“ड्छन्, कोही झोला बोकेर सामान लिन जान थालेको भन्छन्, कोही आफन्तीसग रुपैडिहा हेर्न जान थालेको बताउ“छन्, कोही दिल्लीमाआफ्नो मान्छे रहेकाले भेट्न जान थालेको भन्छन्’– माइती नेपाल नेपालगञ्जका प्रमुख कोइरालाले भन्नुभयो–
‘वास्तवमा उनीहरु किन भारत जान थालेका छन् भनेर पत्ता लगाउन साह्रै गाह्रो हुने गर्दछ। तर नाकामा तालिम प्राप्त कर्मचारी रहेकाले उनीहरुले कुनै न कुनै कुरा फुस्काएर वास्तविकता पत्ता लगाउछन्।’

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top