Free songs
Home / फिचर समाचार / चिनिया“ विदेशमन्त्री तीनदिने नेपाल भ्रमणमा

चिनिया“ विदेशमन्त्री तीनदिने नेपाल भ्रमणमा

युगबोध समाचारदाता

काठमाडौं,  चिनिया विदेशमन्त्री तथा राज्यपरिषद् सदस्य वाङ यी नेपाल आउनुभएको छ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव शंकरदास वैरागीले उहा“लाई स्वागत गर्नुभएको थियो। वाङ पाकिस्तानको राजधानी इस्लामावादबाट विशेष विमानमा भारतीय आकाश हुदै काठमाडौं आउनुभएको हो। मौसम खराब हुदा चिनिया विदेशमन्त्री वाङ यी चढेको विमान झण्डै पन्ध्र मिनेट आकाशमै होल्ड भएको थियो।

वाङको भ्रमणलाई कार्तिकमा हुने भनिएको राष्ट्रपति सी चिनफिङको भ्रमणको तयारीको रुपमा हेरिएको छ। त्यसैले यसलाई अर्थपूर्ण मानिएको छ र यो भ्रमणलाई सरकारले निकै महत्व दिएको छ।

केपी ओली नेतृत्वमा बलियो सरकार बनेपछि चीनको तर्फबाट भएको यो उपल्लो स्तरको औपचारिक राजनीतिक भ्रमण हो। यीले उच्चस्तरको राजनीतिक शिष्टाचार भेटवार्ता र दुईपक्षीय मन्त्रीस्तरीय औपचारिक छलफल गर्ने कार्यक्रम छ।

त्यसो त संविधान जारीपछि निर्वाचन भएर बलियो सरकार बनेपछि उत्तरतर्फबाट नेपालमा भएको उच्चस्तरको भ्रमण हो। दक्षिणी छिमेकी भारतका अधिकारीहरुको भ्रमण भइरहने भए पनि चिनिया“ उच्च अधिकारीहरु भने विरलै नेपाल भ्रमणमा आउने गरेका छन्। लामो समयदेखि चिनिया“ राष्ट्रपति नेपाल आउने भनिए पनि अहिलेसम्म आउन सकेका छैनन्। राज्यपरिषद् सदस्यसमेत रहेका यी भने यसअघि २०७२ को महाभूकम्पपछि आयोजित दाता सम्मेलनमा सहभागी हुन काठमाडौं आउनुभएको थियो।

विदेशमन्त्री वाङस“गै भ्रमणदलमा चीनको विदेश मन्त्रालयका उपविदेशमन्त्री लु झाओहुइ, चिनिया अन्तर्राष्ट्रिय विकास सहयोग नियोगका उपाध्यक्ष देङ बोकिङ, दक्षिण एशिया डेक्स हेर्ने अधिकारीसमेत सहभागी छन्। भ्रमणको सफलताका लागि चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल यअसघि नै काठमाडौं आइसक्नुभएको छ भने शनिवार मात्रै चिनिया“ दूताबासले ब्यापारिक बैठकसमेत आयोजना गरेर चिनिया“ लगानीलाई भेलागराइसकेको छ।

यी काठमाडौंमा रहदा राष्ट्रपति सीको सम्भावित नेपाल भ्रमण र त्यतिबेलाको एजेण्डालाई अन्तिम रुप दिने अनुमान गरिएको छ। नेपाल–चीनबीच भएका सम्झौता कार्यान्वयनमा समेत नेपाली पक्षस“ग छलफल गर्ने चिनिया“ दूतावासले जनाएको छ। नेपालले बेल्ट एण्ड रोड इनिसीएटीभ (बीआरआई) अन्तर्गत रहेको कार्यक्रमलाई उठाउने छ। नेपालको तर्फबाट पनि दिइएको परियोजना वा चयन भएका नौ परियोजनाको अवस्थाको बारेमा बैठकमा समीक्षा हुनेछ। उक्त बैठकमा केही सहायतासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुनेछ। राष्ट्रपति सीको नेपाल भ्रमण र सुरक्षा विषयमा पनि छलफल हुनेछ।

यस्तो छ कार्यतालिका

विदेशमन्त्री यी होटल द्वारिकामा बस्नुभएको छ। आइतवार सा“झ चिनिया“ दूतावासले आयोजना गरेको आन्तरिक ब्रिफिङमा सहभागी यी सोमवार बिहान पनि यही दिवा भोजमा केन्द्रित हुने कार्यक्रम छ। त्यसपछि उहा“ले नेपाली पक्षस“ग दुईपक्षीय औपचारिक वार्ता गरेर भेटघाटमा समय दिनुहुनेछ।

त्यस्तै सोमवार साढे तीनदेखि पौने पाचसम्म नेपाल र चीनबीच दुईपक्षीय मन्त्रीस्तरीय वार्ता हुनेछ। नेपाली प्रतिनिधिमण्डल र चिनिया“ प्रतिनिधि मण्डलबीच होटल याक एण्ड यतीमा वार्ताको तयारी छ। त्यसलगत्तै दुई पक्षीय प्रतिनिधि मण्डल बीचमा दुई सम्झौतामा हस्ताक्षर हुनेछ। लगत्तै विदेशी मन्त्री यी केपी ओलीलाई भेट्न बालुवाटार जाने र एक घण्टा एक्लाएक्लै भेट्ने कार्यक्रम छ। प्रधानमन्त्रीस“गको भेटपछि शीतलनिवासमा राष्ट्रपतिसग भेट हुनेछ भने समकक्षी प्रदीप ज्ञवालीले दिने रात्रिभोज याक एण्ड यति होटलमा तय भएको छ । राजनीतिक दलका प्रमुख नेताहरुलाई नक्सालको मेरियट होटलमा एक्लाएक्लै भेट्ने कार्यक्रम छ भने मधेशी नेताहरुस“ग भने सामूहिक भेट हुनेछ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top