Free songs
Home / समाचार / संक्षिप्त समाचार / घटनाको सत्यतथ्य छानबिन गर्न माग

घटनाको सत्यतथ्य छानबिन गर्न माग

घोराही, (युस)– तत्कालिन वेष्टर्न डेभलमेन्ट बैंक शाखा कार्यालय नारायणपुुरका प्रबन्धक समिर बुढाथोकीले करिब १८ करोड रुपैया अपचलन गरेकोप्रति नारायणपुुर उद्योग वाणिज्य संघले घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कडा कारवाही गर्न  माग गरेको छ।

आइतवार संघले जिल्ला प्रशासन कार्यालय दाङमा ज्ञापनपत्र बुुझाउ“दै यस्तो माग गरेको हो। प्रबन्धक बुढाथोकीले सर्वसाधारणको नाममा किर्ते गरी रकम हिनामिना गरेको भन्ने बुुझिए पनि प्रहरी प्रशासनले अनुुसन्धानका लागि भन्दै खातावालाहरुलाई कानुुनी दायरामा उभ्याइ रहेकाले घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारवाही र निर्दाेषलाई उन्मुुक्ति दिलाइदिन आग्रह गरेको छ। प्रबन्धक बुुढाथोकीले नियतवश नारायणपुुर क्षेत्रका व्यापारी, बुद्धिजीवी, एकल महिला, विपन्न, दीर्घरोगी, ज्येष्ठ नागरिकहरुका नाममा बिनाप्रमाण ऋण स्वीकृत गरी निर्दोषलाई फसाउन खोजेकाले घटनाको गहिरो अनुुसन्धान गर्न माग गरिएको छ।

ज्ञापनपत्र बुझ्दै प्रमुुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले दोषीलाई कारवाही र निर्दाेषलाई सफाइ मिल्ने बताउनुुभयो। कतिपयलाई फसाएको, कतिपय आफै फसेको भन्ने कुुरा बाहिर बुझिए पनि त्यो अन्तिम नतिजा अनुुसन्धानले देखाउने उहा“को भनाइ थियो।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top