Free songs
Home / समाचार / प्रमुख समाचार / लगानी बढाउन चिनियाँ लगानीकर्तालाई आह्वान

लगानी बढाउन चिनियाँ लगानीकर्तालाई आह्वान

 

 

 

युगबोध समाचारदाता

काठमाडौं। उपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पर्यटनमन्त्रीसहित प्रदेशका मुख्यमन्त्रीहरुले एउटै मञ्चबाट निर्धक्क भएर नेपालमा लगानी गर्न चिनिया लगानीकर्ताहरुलाई आह्वान गरेका छन्।

चिनिया दूतावासले शनिवार राजधानीमा आयोजना गरेको नेपाल–चीन व्यापारसम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्दै उनीहरुले यस्तो आह्वान गरेका हुन्।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको आर्थिक विकासमा लगानी गर्न चीन सरकार र चिनिया व्यापारी तथा लगानीकर्ताहरुलाई आह्वान गर्नुभयो। राजनीतिक स्थायित्व कायम भएस“गै लगानीमैत्री वातावरण पनि निर्माण भएकाले निर्धक्क भएर नेपालमा लगानी गर्न उहा“ले आह्वान गर्नुभयो। राजनीतिक स्थायित्वस“गै नेपाल सरकारले मुलुकको आर्थिक विकासलाई समृद्धिको नया“ यात्रामा रुपान्तरण गर्न चाहेको उल्लेख गर्दै उहा“ले चिनिया“ सरकार, जनता र लगानीकर्ताबाट नेपालको आर्थिक वृद्धिको लागि सहयोग हुने कुरामा सरकार र नेपाली जनताले ठूलो अपेक्षा राखेको अध्यक्ष प्रचण्डले बताउनुभयो।

उहा“ले नेपाल सधैं एक चीन नीतिमा दृढ रहेको र नेपाली भूमिलाई कुनै पनि अवस्थामा चिनिया विरुद्ध प्रयोग गर्न नदिने प्रतिबद्धता पनि दोहो¥याउनुभयो। नेपालका राष्ट्रप्रमुख र सरकार प्रमुखबाट भएको चीनको राजकीय भ्रमणको प्रतिफल नै दुई देशबीचको सहयोग आदान–प्रदानको आधारशीला भएको उहा“ले स्पष्ट पार्नुभयो।

उपराराष्ट्रपति नन्दबहादुर पुनले नेपालको पूर्वाधार विकासमा चीन र नेपाल सरकारको सहकार्यमा सार्वजनिक, निजी साझेदारी मोडलमा काम अघि बढाउनुपर्ने आवश्यकता आंैल्याउनुभयो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल लगानीका लागि प्रचुर सम्भावनाको मुलुक भएको बताउनुभयो। उहा“ले नेपालको राजनीतिक संक्रमण अन्त्य भई लगानीको वातावरण निर्माण हु“दै गएको बताउनुभयो। भट्टराईले सामाजिक पूर्वाधार तथा समृद्धिका विभिन्न क्षेत्रमा नेपाललाई चीनले पु¥याएको योगदानको उच्च प्रशंसा गर्दै सन् २०२० मा नेपालमा हुन गइरहेको भ्रमण वर्षमा चिनिया“ पर्यटकको उल्लेखनीय आगमन हुनेमा नेपाल सरकार विश्वस्त रहेको बताउनुभयो।

प्रदेश नं. ३ का मुख्यमन्त्री डोरमणि पौडेलले चीन र नेपाल सरकारका बीचमा आर्थिक, सामाजिक तथा सांस्कृतिक र जनस्तरमा न्यानो सम्बन्ध स्थापित भएको बताउनुभयो। प्रदेश नं. ५ का मुख्यमन्त्री शङ्कर पोख्रेलले चिनिया“ व्यापारी तथा उद्योगपतिलाई लगानी बोर्ड नेपालका कार्यकारी निर्देशकको परामर्शमा लगानी गर्न आग्रह गर्नुभयो।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले ऊर्जा उत्पादनका लागि गण्डकी क्षेत्र उर्बर रहेकाले चिनिया“ उद्योगपतिलाई लगानी गर्न आग्रह गर्नुभयो। उहाले गण्डकी प्रदेश सरकारले कावासोतीमा एक सय ६० हेक्टर जमिन औद्योगिक ग्रामका लागि छुट्याइएको जानकारी दिनुभयो। प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले चिया, रुद्राक्ष र अलैंची उत्पादनमा लगानी गर्न आग्रह गर्नुभयो। उहा“ले औद्योगिक क्षेत्रको विकासका लागि सात सय ८० रोपनी तथा आधुनिक कृषि क्षेत्रको विकासका लागि एक हजार ४० रोपनी जमिन प्रदेश सरकारले छुट्याएको बताउनुभयो।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जडीबुटी, औषधि, रत्न पत्थर, जैविक मल कारखाना, मार्वल कारखाना, सिमेन्ट उद्योग र कृषि क्षेत्रमा लगानी गर्न आह्वान गर्नुभयो। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कृषि, शिक्षा, स्वास्थ्य,  पूर्वाधार, ऊर्जा तथा जलस्रोतका क्षेत्रमा लगानी गर्न चिनिया“ लगानीकर्तालाई आग्रह गर्नुभयो।

आज विदेशमन्त्री आउने

चीनका विदेशमन्त्री एवं स्टेट काउन्सिलर वाङ यी तीनदिने औपचारिक भ्रमणका क्रममा आइतवार आउनुहुने भएको छ। चिनिया“ विदेश मन्त्रालयका प्रवक्ता कन सुहाङले नियमित पत्रकार सम्मेलनमा यीले पाकिस्तान र नेपाल भ्रमण गर्न लागेको घोषणा गर्नुभयो। शनिवार यी पाकिस्तान भ्रमणमा जानुभएको थियो भने आज काठमाडौं आउनुहुनेछ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top