Free songs
Home / विचार / स्कूलहरुलाई हेर्ने दृष्टि

स्कूलहरुलाई हेर्ने दृष्टि

युवराज शर्मा

नेपालमा दुईथरीका स्कूलहरु छन्– सामुदायिक र संस्थागत। सरकारी अनुदान, सहयोग र प्रेरणामा चल्ने सामुदायिक स्कूलहरु छन् भने निजी आर्थिक र शैक्षिक लगानीमा सञ्चालित स्कूलहरु संस्थागत हुन्। दुबै संस्थाका स्कूलहरुको सञ्चालन अनुमति दिने काम सरकारी निकायहरुबाट हुन्छ। तर पनि हेर्ने दृष्टि फरक किन ? यो विषय सम्बन्धमा कुनै पक्षबाट अध्ययन भएको पाइन्न। सबै क्षेत्रमा वाहवाह गर्ने काम संस्थागत स्कूलहरुको मात्र हुन्छ। सरकारी निकायहरुबाट पनि संस्थागत स्कूलहरुको तथ्यांक देखाएर शिक्षा क्षेत्रमा भएको प्रगति हेरिन्छ तापनि सरकारी अनुदान, सहयोग र प्रेरणामा चलेका स्कूलहरुको प्रगतिलाई वास्ता गरिदैन। आफूले पढाउने सामुदायिक स्कूलमा आफ्ना छोराछोरी नपढाउने शिक्षकको हैसियत शून्य छ। त्यस्ता शिक्षकहरुलाई आफ्नो पढाइ आफूलाई मान्य छैन। उनीहरु आर्थिक लाभका लागि सामुदायिक स्कूलमा पढाउ“छन्। शिक्षक बन्न प्रयत्नशील हुन्छन्। राजनीतिक र कूटनीतिक प्रयास गर्छन्। शिक्षक पद हात लागेपछि पढाइ गर्दैनन्। आफूलाई दक्ष राजनीतिज्ञ ठान्छन्। दलको अगुवाइ गर्छन्। दलगत राजनीतिमा लागेर आफूलाई कार्यकारिणी जिल्ला प्रदेश र संघीयस्तरमा अगुवा नेता बनेको दाबी गर्छन्। उनीहरुले राष्ट्रियताका सवालमा तुच्छ विचार राख्छन्। सामाजिक भावना भन्दा वर्गीय, आर्थिक र स्वार्थी सोचाइ राख्छन्। तुच्छ विचार, नीचता र विश्वासघाती व्यवहार गर्छन्। सामाजिक कार्यहरुको प्रायः बिरोध गर्छन्। सामुदायिक स्कूलहरुलाई हेर्ने दृष्टिकोण संकुचित देखिन्छ।

संस्थागत विद्यालयका शिक्षकहरु संस्थापकहरुस“ग डराउ“छन्। उनीहरुमा शैक्षिक योग्यता भए पनि सिकाइ कार्यमा कोरा ज्ञान र सीपका हुन्छन्। धेरैजसो सामुदायिक स्कूलहरुमा पढेका विद्यार्थीहरु हुन्। उनीहरुको शिक्षण अनुभव र शिक्षण सीप प्रायः हुदैन। आफूले पढेको आधारमा विषयवस्तुहरुको व्याख्या गर्छन्। शिक्षण कलाको अभावले गर्दा ज्ञान र सीपको विकास गर्न नसकेर राम्रो सिकाइ गर्न सकेको अवस्था देखिन्न। कोरा ज्ञानमा प्रश्नोत्तर विधि, रटन्ते र घोकन्ते तरिका अभ्यास प्रविधि अपनाएको हु“दा उनीहरुको पढाइ प्यारोटिङ सिष्टममा प्रश्नोत्तर विधिमा हुन्छ। निश्चित ज्ञान दिएर पढाउने हु“दा विद्यार्थीहरुमा एकहोरो प्रवृत्ति बढेको पाइन्छ। त्यस्ता विद्यार्थीहरुमा विषयगत ज्ञानको विश्लेषण, संश्लेषण र सारतत्व व्यक्त गर्न विद्यार्थीहरुले सक्दैनन्। प्रश्नको उत्तरमा सीमित भएपछि उनीहरुमा रचनात्मक र सिर्जनात्मक अभिव्यक्ति कलाको ज्ञान र सीप हुन्न। उनीहरु चतुर काममा तत्परता र नया– नया खोज अनुुसन्धानमा पछि हुन्छन्। तुलना र प्रतिस्पर्धामा पछि पर्छन्। कुनै–कुनै विद्यार्थीहरु आफ्नो पैतृक, वंशाणुगत र बौद्धिक क्षमता देखाएर अगाडि बढ्छन्। उनीहरु प्रतिभाशाली बन्छन्। तर उनीहरु आफूले पढेको संस्थागत स्कूलको पढाइबाट आफ्नो व्यक्तित्व प्रदर्शन गरेका हु“दैनन्। आफ्नै गुणहरु देखाउन सफल भएका हुन्छन्। त्यस्ता विद्यार्थीहरुले आफ्नो व्यक्तित्व आफै विकास गर्छन्।

संस्थागत स्कूलको तुलनामा सामुदायिक स्कूलमा पढ्ने विद्यार्थीहरु गरिव र विपन्न वर्गका सन्तान हुन्छन्। उनीहरुको पढाइ लेखाइ सम्बन्धमा सरकारी चासो हुन्न। शिक्षकहरुले मासिकरुपमा तलब खान पाएका छन् वा बजेट निकासा भएको छ वा छैन। यसको चिन्ता शिक्षा प्रशासकहरुलाई हुन्छ। उनीहरु दलगत राजनीतिका अगुवा बनेको देख्ने शिक्षा प्रशासक भए पछि शिक्षकहरुलाई पढाउने झञ्झट हट्छ। विद्यार्थीहरु स्कूल ग्राउण्डमा खेलेर घर फर्कन्छन्। पढाइ शून्य हुन्छ। त्यस्तो शिक्षकलाई पुरस्कृत गर्ने काम शिक्षामन्त्रीबाट हुन्छ र उनलाई दिइने प्रशंसापत्रमा शिक्षण कार्यमा प्रशंसनीय शिक्षक भएको व्यहोरा लेख्छन्। विद्यार्थीहरु पढाइ छोडेर भारतीय होटलहरुमा भा“डा माझ्न जान्छन्। सामुदायिक स्कूलका विद्यार्थीहरु भारतीय होटलका मजदुर हुन् भन्छन् गाउ“ले वासिन्दाहरु। उनीहरुले आफ्नो सन्तानको पढाइ लेखाइ उपलब्धिहीन भएको अनुभव छ। त्यस्ता वर्गका छोराछोरीहरु दासत्व स्वीकार्न आर्थिक रुपले बाध्य छन्। सामुदायिक स्कूलको पढाइ लेखाइ ज्ञानका लागि हुनुपर्ने थियो तर शिक्षकको लापरवाहीका कारण विद्यार्थीहरु दासत्व बहन गर्न बाध्य छन्। तैपनि शिक्षकहरुमा हिनताबोध हुन्न। भएको पनि छैन।

सामुदायिक स्कूलहरुमा पढ्ने विद्यार्थीहरु खेतीपाती गर्ने परिवारका हुन्छन्। खेतीको समयमा स्कूलमा संख्या घट्छ। खेतीको काम सकियो भने स्कूलमा विद्यार्थीहरु खचाखच हुन्छन्। परीक्षा सकिएपछि भारततर्फ लाग्छन् र होटलमा भा“डा माझ्न जान्छन्। सामुदायिक स्कूलहरुमा पढ्ने विद्यार्थीहरु पढेपछि पनि पढ्दापढ्दै पनि भारतीय होटलहरुमा भा“डा मिस्ने जनशक्ति बनेका छन्। उनीहरुलाई कृषि कार्यहरुमा अग्रसर बनाउन स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकार अग्रसर बन्न सकेन। यी तीनै तहका सरकार चलाउनेहरुमा कृषि व्यवसायप्रति सकारात्मक बन्न सकेको पाइन्न। गरिव र विपन्नहरुको अत्यधिक मत पाएको सरकार दुई तिहाईको बन्यो। तर उनीहरुलाई हर्ष न विस्मात भयो। गाउ“घरमा बुढापाकाहरु भन्छन्– कौवालाई बेल पाकेर के भयो ? त्यस्तै बन्यो वर्तमान समयको गरिवको सरकार। धनीमानीको ठूलो स्वरुप भएको छ। शिक्षामा सुधार गर्न गराउन पछि परेको छ।

ग्रामीण भेगका विद्यालयहरुमा विद्यार्थीहरु घटेका छैनन्। स्कूलहरुमा पढाइ नभएपछि स्कूल पढ्न जानुभन्दा भारतीय होटलमा धन कमाउन जानु उत्तम भयो। यसबाट शिक्षकहरुलाई घरपायक सरुवा गराउन सजिलो बाटो खुल्यो। सामुदायिक स्कूलका शिक्षकहरुलाई सस्तो सुविधाहरु दिलाउन शिक्षा प्रशासकहरु आतुर हुन्छन्। ग्रामीण बालबालिकालाई पठनपाठनको वातावरण बनाउन नेपालमा कुनै पनि सरकार अग्रसर भएको पाइन्न। यसले के देखाउछ भने सरकारले सामुदायिक स्कूलहरुको पठनपाठनमा सुधारका सैद्धान्तिक र प्रयोगात्मक शिक्षाको पठनपाठनमा सुधार शिक्षकहरुको आचारसंहिता विद्यार्थीहरुको अनुशासन, उनीहरुको पठनपाठनमा तत्परता जस्ता विषयहरुमा सामुदायिक शिक्षण संस्थाहरुमा सुधार भएन। त्यस्ता स्कूलहरु राजनीतिका अखाडाहरु भए। त्यसको असर विद्यार्थीहरुमा लागूऔषधि सेवन गर्ने वातावरण भयो।

अहिले पनि कतिपय शिक्षकहरुले विद्यार्थीहरुस“ग सूर्ती मागेर खाने, खैनी मागेर खाने गरेका दृश्यहरु देखिन्छन्। उनीहरु भन्छन्– समय बितायो पेन्सन पकायो। स्कूल छोड्दा हा“सेर छोड्यो। त्यस्ता स्कूललाई किन सम्झने ? उमेरले नेटो काट्यो। समय पनि ओरालो लाग्यो। निवृत्त शिक्षक भएपछि दलको नेताको पछि लाग्यो। फेरि मनोनीत बन्यो। मोटर चढ्यो। मस्ती ग¥यो। समय बितायो। यस्ता प्रवृत्तिका शिक्षकहरुको बाहुल्यता भएपछि सामुदायिक विद्यालयहरुमा गुणात्मक शिक्षाको विकास गर्ने विषय विद्यार्थीहरुका लागि आकाशको चन्द्रमा भएको छ। कसरी पढाइबाट गुणवान बन्न सक्ने आधार स्कूलमा विद्यार्थीहरुले कसरी पाउलान् ? सोचनीय छ। ऐन नियम कागजमा हुन्छ। व्यवहारमा देखिन्न। त्यसैले होला सामुदायिक स्कूलका शिक्षकहरुले राज्यकोषबाट तलब खाने भए पछि दलको कार्यसमितिको सदस्य वा पदाधिकारी भएर पार्टी चलाउ“छन्। शिक्षा मन्त्रीस“ग बसेर गफगाफ गर्छन्। उनीहरुलाई ऐन नियम लागु हुन्न। सबै छुट हुन्छ। त्यसैले स्कूलमा पढाउन नगए पनि हाजिर गर्छन्। तलब कट्टा पनि गर्न शिक्षा प्रशासकले गर्दैनन्। सबै भन्दा ठूलो समस्या शिक्षक ठूलो कि शिक्षा प्रशासक भन्ने विषयलाई शिक्षामन्त्रीबाट एकिन हुन सक्ला ? यो गम्भीर विषय भएको छ। त्यसैले होला शिक्षकहरुलाई निर्देशन गर्ने निकाय छैन। सामुदायिक विद्यालयहरुका शिक्षकहरु बेलगाम बन्न सफल छन्।

तीनै तहका सरकारले सामुदायिक स्कूललाई व्यवस्थितरुपले पठनपाठन गराउन सकिन्न भने बन्द गर्नुपर्छ। स्कूल बन्द भएपछि त्यहा“ भएका शिक्षकहरु स्वतः खारेजको व्यवस्था गर्नुपर्छ। त्यस्तो निर्णय गर्नुभन्दा अगावै स्थानीय व्यक्तिहरु अभिभावकहरु विद्यार्थीहरुका बाबुआमाहरु र स्थानीय शिक्षाप्रेमीहरुस“ग राय परामर्श गर्नुपर्छ। एकाएक बन्द गरेर विद्यार्थीहरुलाई विचलित पार्नुहु“दैन। भौगोलिक अवस्था स्थानीय नागरिकहरुको चेतनास्तरलाई पनि ध्यान दिनुपर्छ। सामुदायिक शिक्षण संस्थाहरु स्थानीय नागरिकहरुका लागि ज्ञानको विकास गरेर सीपको विकास गरी बुद्धि विकास गर्ने एकाई हो। त्यस्ता विद्यालयको माध्यमबाट राजनीतिक विकास गर्ने होइन। पिछडिएका ठाउ“मा जन्मेका बालबालिकामा प्रतिभा लुकेको हुन्छ। उनीहरुले आफ्नो प्रतिभाको उजागर गर्ने स्थान नै स्कूल हो। चेतना जगाउने माध्यम पनि हो। सामुदायिक र संस्थागत विद्यालयहरुका बीचमा तुलनात्मक र प्रतिस्पर्धात्मक जाच हुनु पर्दथ्यो। तर तुलनाविनाको प्रतिस्पर्धामा सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई संस्थागतस“ग प्रतिस्पर्धा गराउनु सरकारको गलत प्रवृत्ति हो। यसमा सुधार गर्नुपर्छ। शैक्षिक विकास गर्ने दृष्टिकोण सरकारको फराकिलो हुनुुपर्छ। दुबै तहका स्कूलहरुलाई हेर्ने दृष्टि फरक गर्नुहुदैन।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top