Free songs
Home / विचार / मान्छेको जात सबभन्दा अप्ठेरो

मान्छेको जात सबभन्दा अप्ठेरो

नारायण्प्रसाद शर्मा

सबैभन्दा अप्ठ्यारो जात मान्छेको हो कि हैन ? यस विषयमा बहसै भएको छैन अथवा एकदमै कम भएको छ। मान्छेले आकाश पाताल, ग्रह उपग्रह सबैको अध्ययन गरिसक्यो। गास जुटाउन, वास जुटाउन र अरु तमाम सुविधा लिन जान्यो। तर आफैलाई चिन्न नसकेर दुःख पाएको पायै छ। अन्य जनावर र पशुपन्छीहरु आफ्नै सहज चेतनामा चित्त बुझाएर बसेका छन्। तिनीहरुमा त्यति डरलाग्दो समस्या देखिन्न। तर मान्छेको चरित्र विचित्रको छ। विकास र विनाशको भासमा परेको प¥यै छ मान्छे। यो उन्नत प्राणी मान्छेले गर्नु न गर्नु सबै गर्दै आएको छ।

संसारमा जे जति भएको छ मान्छेबाटै भएको छ। ज्ञान–विज्ञानको महासागरमा गोता लगाउदा लगाउदै हामी एक्काइसौं शताब्दीसम्म आइपुगेका छौं। तर पहिलेको जंगली अवस्थामा जस्तै मान्छेमा भय र त्रास छ। एक अर्कामाथि शंका छ। मेरो आहारा खोसिने हो कि मेरो पद खोसिने हो कि, मेरो आर्जन लुटिने हो कि यस्तै नानाविधि चिन्ताले मान्छे व्याकुल छ। सबैभन्दा बढी छटपटी त सत्तामा बस्नेहरुलाई र सत्ता गुमाएकाहरुलाई हु“दोरहेछ। कांग्रेस र कम्युनिष्टहरु र कांग्रेस–कांग्रेस र कम्युनिष्ट–कम्युनिष्टबीचको छटपटी कसरी बुझ्ने ? तर इतिहासले टुंगाइदिसकेको राजतन्त्रको छटपटी कसरी बुझेन ? तर बुझ्नु पर्दा गम खानै पर्छ। झण्डै सय वर्ष लगाएर लडिभिडी ल्याएको लोकगणतन्त्रमाथि सामाजिक सञ्जालले प्रश्नको जालो थापेको थाप्यै छ। राजतन्त्र र विप्लवतन्त्र सत्तासीनहरुका लागि पनि बढी टाउको दुखाइको विषय बनेछ र नै आफ्नो शासनकालको १७ महिना पछि पहिलोपल्ट प्रधानमन्त्रीले संसदमा पुगेका राजनीतिक दलहरुको बैठक  आह्वान गर्नुभयो। यसले संविधानविरोधी गतिविधि बढेको नै संकेत गर्छ। आपसी छेडखानीका वावजुद पक्ष प्रतिपक्ष दुबैले संविधान रक्षाका लागि ऐक्यबद्धता जनाउनु सकारात्मक शुभसंकेत नै मानौं। वस्तुको सिर्जना गर्नेले त्यसको रक्षा पनि गर्न जान्नुपर्छ। तर हामी जनता यत्तिकैमा फुरु¨ भइहाल्नुपर्ने कुरा पनि छैन।

यो संविधान निर्माण गर्नका लागि दुईपटक संविधानसभाकै चुनाव गराउनुप¥यो। नेपाली जनताले कांग्रेस र कम्युनिष्टलाई ठूला पार्टी बनाइदिए। तेस्रो चौथो पार्टी राजपा र उपेन्द्र यादव र बाबुरामको समाजवादी पार्टी रहे। कांग्रेस र कम्युनिष्टबीचको प्रतिस्पर्धा सजिलरी बुझ्न सकिन्छ। संविधान जलाउने र संविधान संशोधनको मुख्य माग राख्नेहरुले पनि जनतालाई पहिले जसरी आन्दोलित गर्न सकेका छैनन्। मुख्य समस्या संविधान निर्माताहरुबीचकै अन्तर्विरोध हो। यसलाई अस्वाभाविक नमाने पनि प्रतिगामी र अतिवादी शक्तिले खेल्ने मौका पाएकै हुन्। यी शक्तिले सामाजिक सञ्जालको निकृष्ट दुरुपयोग गरेको पनि देखिन्छ। केही प्रबुद्ध व्यक्तिहरुमध्येकै प्राध्यापक कृष्ण खनालको राजनीतिको बजार हल्ला पढेपछि स्पष्ट हुन्छ–कवि भूपि शेरचनले यो हल्लै हल्लाको देश त्यसै भनेका रहेनछन्। प्राध्यापक खनालले बडो सन्तुलितढंगले हल्लाबाजको पछि नलाग्न आग्रह गर्नुभएको छ। वस्तुतः जुन दिन दरबार हत्याकाण्ड भयो त्यसै दिन राजतन्त्रको अस्तको संकेत थियो। ज्ञानेन्द्रले महेन्द्रकै शैलीमा राज गर्न नखोजेका भए राजतन्त्रको आयु लम्बिन सक्थ्यो। तर अब यस्तो परिकल्पनाको पनि कुनै अर्थ छैन। इतिहासले नया बाटो कोरी सक्यो। बाटो बिराउने उत्तानो पर्छन्। बाटाका का“डा पन्छाउ“दै अघि बढ्नेहरु गन्तव्यमा पुग्छन्। यो ऐतिहासिक सत्य हो।

तर पनि अगाडि भनिए झैं सबभन्दा अप्ठ्यारो जात मान्छे कै रहेछ। युरोपतिरको गोरा र कालाबीचको लडाइ“ के हो र ? मध्यकालीन धार्मिक नेताहरुको धार्मिक युद्ध के हो र ? इतिहासको त्यो कालो युग वा अन्धकार युगको पटाक्षेप भइसक्यो। हाम्रो यहा“ त अझै पनि जातभातको नाममा बाहुन, कामी, दमाई, सार्की, महिला, पुरुष, आदिवासी अनादिवासी, दलित थरीथरीका नाममा बहिष्कार तिरस्कार छ। कैयौंको जीवन व्यर्थैमा बरवाद भइरहेछ। यसैलाई भजाएर हिन्दू र अहिन्दूको कुरा गरिन्छ। गरिवको पैसाको प्रलोभनमा धर्म परिवर्तन गराइन्छ।

पक्कै मान्छे अप्ठ्यारो छ। उसको मस्तिष्कको विकास अत्यन्त जटिल छ। भौगोलिक जटिलताले यसमा अझ जटिलता थपिदियो। हिममानव र समुद्री मानवको फरक हेरौं। अफ्रिकी आदिवासी र युरोपेली सभ्यतालाई हेरौं। कति ठूलो फरक छ ? कति ठूलो विभेद छ ? हाम्रै देशका राजा महाराजाहरुको शान सौकत र छाप्रोमा बस्नेहरुको जीवनशैली हेरौं, कत्रो फरक छ। यसरी हेर्दा त मान्छे नै मान्छेको शत्रु जस्तो लाग्ने ? चाहे प्राचीन कालखण्डको देवदानवको युद्ध होस्, चाहे विश्वयुद्ध होस्, चाहे स्वतन्त्रता संग्राम नै किन नहोस् किन मान्छे युद्धको प्यासी बन्यो ? शायद जीवन र जगतलाई बुझ्ने सवालमा मान्छे ठूलो भ्रममा प¥यो।

जीवन र जगत अलग्याउनै सकिन्न। यो विश्व ब्रह्माण्ड सहअस्तित्वमा अडेको छ। यसैलाई हाम्रो गाउ“ले भाषामा माटाभर ढुंगो र ढुंगाभर माटो भनेर बुझ्ने गरिन्छ। एक्लै कसैको अस्तित्व छैन। पञ्चतत्वले यो शरीर बनेको छ। कृष्णले आफ्नो शरीरभित्र विश्वदर्शन गराए अर्जुनलाई। बुद्धले पिपलको पातमा विश्व दर्शन गरे। पञ्चतत्व विना न जीवन छ न पिपलको पात । एउटा कागज बन्न, मान्छे बन्न, पात बन्न अनेकौं वस्तुको खा“चो पर्छ। यही त सहजीवन हो। यसैबाट सहवर्धन सम्भव छ। सबै शक्ति मिलेर लोकतन्त्र आयो छ भने सबै मिलेरै यसको रक्षागर्ने हो। यसैमा सबको हित। यही न बुझ्दा मान्छे भ्रममा बाचेको हुन्छ।

म त भन्छु हिजोको शास्त्रको भरमा आज हामी बा“च्न सक्दैनौं। आज बा“च्न आजकै शास्त्र चाहिन्छ। हो, पुरानोबाट धेरै सिक्न सकिन्छ। फेरि पनि बा“च्ने कला त आजैको चाहिन्छ। विप्लवले हिजोकै जस्तो गरेर सत्ता उल्टाउन सक्दैनन्। दुःख दिने र दुःख पाउने मात्रै हो। न त मधेश र पहाडकै भेद रचेर मधेश र पहाडको समस्या समाधान हुनेछ। मधेशबिनाको पहाड र पहाडबिनाको मधेशको अस्तित्व छैन। दुबै मिलेरै दुबैको अस्तित्व बच्छ। पक्कै स्वार्थहरु टकराउ“छन्। अन्तर्विरोध चर्कन्छन्। समाधान त्यहींबाट निस्कन्छ। त्यसैलाई हाम्रा पुर्खाले भने– ‘वादे वादे जायते तत्वबोधः’संवाद नै लोकतन्त्रको कुञ्जी हो। रहस्यको पेटारो त्यसैबाट खुल्छ। कसैले आफ्नो विनाश चाहन्न। बा“च्न चाहनेले अन्ततः सहमतिमा आउनैपर्छ। सहमतिमै लोकतन्त्र आएको हो। सहमतिबाटै यसको संरक्षण हुन्छ। अन्यथा टिक्दैन। एमाले र माओवादी नमिलेको भए वर्तमान सरकार बन्ने थिएन। देउवा कांग्रेस र कोइराला कांग्रेस नमिलेको भए कांग्रेसको आजको जत्तिको हैसियत पनि हुने थिएन। भविष्यको ठेक्का भविष्यकै गर्भमा छ। आजका नेताहरुले आजको दायित्व पूरा गर्ने हो। हल्लै हल्लाको मुलुकमा हल्लाबाट जोगिन पनि संविधान निर्माण गर्ने शक्ति जुट्नु सकारात्मक पक्ष हो।

यस्तो जुटान हुदैमा  सबै कुरा झिलीमिली हुन्छ भन्ने भ्रममा पनि नपरौं। विचारमा अस्पष्टता नेपाली नेताहरुको चरित्रगत दोष हो। जस्तो समाजवाद उन्मुख समाज भनेको के हो ? संविधानमा त लेखियो। तर बुझाइमा एकरुपता त छैन। एक जमानामा समाजवादको डंका बजेको थियो। त्यति बेला पनि विपिको समाजवादको व्याख्या र पुष्पलालको समाजवादमा आनको तान फरक थियो। सोभियत संघको विघटनपछि समाजवाद–साम्यवाद मर्यो भनियो। विश्वपू“जीवादको एकछत्र घोषणा गरियो। यसका धुरन्धर व्याख्याता निस्के। आज विश्व बहुध्रुवीय बन्दैछ। उत्तर आधुनिकतावादी पूजीवाद हल्लिएको छ। कुनै न कुनै प्रकारको समाजमुखी अर्थ व्यवस्था अपरिहार्य भएको छ।

नेपालको संविधानमा उल्लेख गरिएका ३२ वटा मौलिक अधिकारहरुमाथि मनन गर्दै तदनुरुप कार्यक्रम लिएर अगाडि बढ्ने हो भने सकारात्मक सोचको विकास हुन्छ र मुलुक पनि अगाडि बढ्छ। असन्तुष्ट पक्षले आजका विकृति र विसंगतिलाई पहाड बनाएर जनतालाई तर्साउने हैन। त्यस्तै सत्ता पक्षले आफ्नो दुनो सोझाउने मात्र हैन। बरु सबै मिलेर मुलुकको हितमा लाग्नुपर्छ। अतः मान्छेको जात अप्ठ्यारो भए पनि यही अप्ठ्यारोको समाधानमा विश्वको निकास पनि छ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top