Free songs
Home / समाचार / संक्षिप्त समाचार / सरयु रात्रि प्राविमा पढाइ मेला

सरयु रात्रि प्राविमा पढाइ मेला

घोराही,  (युस)– घोराही उपमहागनरपालिका– २ सुर्केडागीस्थित सरयु रात्रि प्राथमिक विद्यालायमा राष्ट्रिय प्रारम्भिक पढाइ मेला सम्पन्न भएको छ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशवराज आचार्यको अध्यक्षता एवं घोराही उप–महानगरपालिकाका उपमेयर सीता सिग्देल न्यौपानेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कक्षा एक, दुई र तीनका छात्रछात्राहरुले चित्रकलाजस्ता शैक्षिक प्रदर्शनी गरेका थिए।
सो अवसरमा गरिएको पठनसीप र श्रृतिलेखन प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय भएका छात्रछात्राहरुलाई पुरस्कृत गरिएको थियो भने पाच सय बराबरको शैक्षिक सामग्री हस्तान्तरण गरिएको थियो।

विद्यालयका शिक्षक सरिता नेपालीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक केशवराज पोख्रेल, इजिआरपी दाङका प्रमुख हल्लुप्रसाद चौधरी, महेन्द्र खराललगायतले बोल्नुभएको थियो। कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी र अभिभावहरुको सहभागिता थियो।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top