Free songs
Home / विचार / शिक्षकमा हुनुपर्ने चार दियो– शान्ति, विश्वास, प्रेम र आशा

शिक्षकमा हुनुपर्ने चार दियो– शान्ति, विश्वास, प्रेम र आशा

नारायण्प्रसाद भण्डारी

शिक्षक पेशामा लागेको मात्रै ३९ वर्ष पुग्यो। शिक्षक बन्न सकियो सकिएन एकिन गर्न झन–झन कठिन पर्दै जान थाल्यो। वास्तवमा जुन कामको लागि जिम्मेवारी र अधिकार प्राप्त हुन्छ सोही कामको जिम्मेवारी पूर्ण गर्न सफलता हासिल गर्न सकियो भने मात्र दम्भका साथ बोल्न भन्न पाइन्छ। सायद आज हामी नेपालका सम्पूर्ण शैक्षिक क्षेत्रमा खट्ने सरकारको नियुक्ति प्राप्त सार्वजनिक विद्यालयमा पेशाको रुपमा खट्ने शैक्षिक मजदुरमाथि ठूलो चुनौती आइपरेको छ। हामी संकटको घडीमा छौं। हामीले प्राप्त गरेको अनुभव पनि ढुक्कग भन्न सक्ने अवस्थामा रहेनौं। कारण हाम्रा विद्यालयहरुमा विद्यार्थीविना कोठाहरु रित्तिएका छन्। हामीले दिएको शिक्षाप्रति समाज खुशी छैन। विद्यार्थीहरुलाई खुशी पार्न सकेका छैनौं। मिडियाले हामीलाई स्यावासी दिदैन। तलव सुविधा दिने निकाय खुशी छैन। हामीले दिएको ज्ञान शिक्षा पूरै अधुरो छ। शिक्षा हासिल गरेको जनशक्ति विदेश पलायनको तीब्रतामा छ। देशमै बस्नेहरु पनि हुक्क दिक्क छन्। राम्रो काममा युवा शक्ति देखिन्न। कोही जा“डमा लट्ठ छन्। कोही जुवामा मस्त छन्। कोही लागूऔषधमा फसेका छन्। कोही आपराधिक क्रियाकलापमा तल्लीन छन्। यस्तो हविगतको अवस्था आफ्नै नजरले देख्नु पर्दा ४०÷४५ वर्ष अगाडि म बाल्यावस्थामा छ“दा एउटा रमाइलो कविताको किताव पढ्थ्यौं। खुबै रमाइलो लाग्थ्यो। त्यसको अर्थ त्यतिबेला थाहा भएन अहिले मानसपटलमा झलझली आइरहन्छ। कविताको एउटा अंश यस्तो थियो।

जन्म दिने मातापिता, पालन गर्ने उ म
शिक्षा देऊ गुरु मलाई सारै अज्ञान छु म।

यो कविता गजल जेहोस् यसको भाव यसले भन्न खोजेको मर्म धेरै गहिरो छ। यो अंशले गुरुलाई जन्म दिने माता पिता, रक्षा गर्ने प्रकृति अर्थात अध्यात्मवादीहरुले मान्ने ईश्वर, परमेश्वर, भगवान, देवी देवतास“ग तुलना गरेको छ। गुरुको स्थान उच्च छ। यति ठूलो ओहोदामा बस्ने शिक्षक आज किन अपमानित हु“दैछन् ? किन तड्पिरहनुपर्ने अवस्थामा हामी र हाम्रो पेशा पुग्दैछ ? किन समाजले विश्वास गर्दैन ? किन हामी आफैमा विश्वास छैन ? हामी किन जलनमा छौं ? जति सुविधा राज्यले दिए पनि हामीलाई थोरै नपुगेको महसुुस हुन्छ ? किन हामी साना बालबालिकालाई पढेन, राम्रो काम गरेन, समयको पालना गरेन भनेर ती अबोध, अज्ञान, अन्जान बालबालिका माथि आक्रमण गरेर भौतिक वस्तु ध्वस्त पार्ने उदण्ड राक्षसी मतिमा लाग्दैछौं ? किन हामीमा माया, दया, प्रेम, स्नेह हराउ“दै जान थाल्यो ? हामीमा आफैमा रत्तिभर आशा पनि छैन। हामी जहिले पनि निराशा र कुण्ठामा मात्र बा“चिरहेका छौं ? यसको जवाफ हामी शिक्षक हुनेहरुलाई कस्तो दिने ? हामी स्वयं नबुझ्नेलाई बुझाउनेहरु, हामी नजानेकाहरुलाई जान्ने बनाउने बुद्धि, विवेक, ज्ञान र सीपका खानी भएका हामी शिक्षक, शिक्षकबिना न त नेता जन्मन्छन्। न त राजकाज चलाउने राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीलगायतका व्यक्तित्व जन्मन्छन्। यति महत्व बोक्ने शिक्षक आज दिनानुदिन शिक्षा क्षेत्र बिगार्ने विचाण्रकको रुपमा भजन गाउनेहरुलई भजन मण्डलीहरुलाई भजनका रसिला टुक्का मिलेका छन्। हामी शिक्षकमा हुनुपर्ने के थियो ? के भएन ? के पुगेन ? के चिजको कमी भयो ? समीक्षा गरौं।

शिक्षक स्वयं प्रकाश हो। शिक्षकले समाजलाई उज्यालो दिन्छ। शिक्षकले अन्धकारलाई उज्यालो पार्छ। त्यसैले शिक्षक आफैमा दियो हो। बत्ती हो। सूर्य हो। तारा हो। चन्द्रमा हो। आफू जलेर भए पनि संसार उज्यालो पार्ने एउटा चमकदार वस्तु हो। शिक्षक भनेर मात्र हु“दैन। शिक्षकको नियुक्ति लिदैमा, विद्यार्थीको अगाडि उभिदैमा, कक्षाकोठाहरुमा पस्दैमा, चक डस्टर छोप्दैमा शिक्षक बन्न सक्दैन। शिक्षक हुन शिक्षकमा हुनुपर्ने गुणहरु प्रमुख चार प्रकारका गुणहरु हुनैपर्छ। जस्तै– शान्तिको दियो ः विद्यार्थी विद्यालय शिक्षालयहरु जहा अबोध बालबालिका हुन्छन् त्यहा“ विद्या, बुद्धि, विवेकको खानी भण्डार हुन्छ। त्यस्तो प्रकारको खेतीबाली उब्जाउने भण्डारण गर्ने जिम्मा शिक्षकको हुन्छ। विद्या विवेक, बुद्धि जहा“ शान्तमय वातावरण हुन्छ। साना बालबालिकाहरु शान्तिका दूत हुन्। शान्तिका प्रतीक हुन्।

शान्तिका पुजारी हुन्। शिक्षक शान्तिका भण्डार हुन्। यदि शिक्षकमा शान्ति हु“दैन, जुन शिक्षक सधै आक्रोशित, सधै रिसाहा, सधै असन्तुष्ट, सधै लोभ, इष्र्या, डाहामा लिप्त हुन्छन् त्यस्ता मान्छे शिक्षक बन्न सक्दैनन्। त्यस्तैहरुले अबोध बालबालिकालाई भौतिक क्षति हुने गरी सजाय दिने अपराध गर्ने बेइमान हुन्छन्। यसका तमाम उदाहरण छन्। त्यस्ता मान्छेकै कारण आज शिक्षा जगतमा शिक्षकहरुको मान मर्यादामा आ“च पुगेको छ, बदनाम भएको छ। अशान्तिका खानी भएकाहरु आफैमा शान्त हु“दैनन्। सहनशीलता हु“दैन। शिक्षकको नियुक्ति लिए पनि तिनी अपराधी हुन्। जसले कृटपिट गरेर अंगभंग बनाएको, पिट्दापिट्दै मृत्यु भएको, पिटेरै दिमाग खलबलाइदिएको घटना आउने गर्छन्। त्यस्ताले शान्तिको दियो सधै निभाउछन्।

विश्वासको दियोः मानिसमा हुनुपर्ने र नभई नहुने गुण विश्वास हो। जसस“ग विश्वास हु“दैन, जसले अर्कालाई विश्वासघात गर्दछ। उनीहरु आफैलाई थाहा छैन कि मैले स्वयंलाई घात गर्दैछु। विश्वासघातको सजाय मैले भोग्नुपर्छ भन्ने भूलक्डहरुकै कारण हामी । शैक्षिक मजदुरमाथि समाजले विश्वास गर्न छोडे। शिक्षकले म मा विश्वास छैन भनेर स्वयंले समाजलाई प्रमाणित गरे। ती तथ्य के–के हुन् ? आफू एउटा विद्यालयमा कार्यरत प्रमुख विषयको शिक्षक हो। अरु परिवारका सदस्य पनि त्यहीं छन्। उनीहरु आफूले पढाउने विषयप्रति ढुक्क छैनन्। विश्वास आफैलाई गर्दैनन्। आफ्ना सन्तान अरुलाई, अर्काको भरमा जिम्मा लगाउ“छन्। तिनै आफ्नो जागिर बचाउन अरुका छोराछोरी ल्याऊ भन्दै घरदैलो गर्दछन्। समाजले गर्ने प्रश्नको जवाफ छैन । त्यसैको परिणाम हो आफ्नो कार्यक्षेत्र मर्ज हु“दैछ। त्यो समाजले दिएको सजाय हो।

अर्को प्रमुख विषय शिक्षकको नियुक्ति छ। योग्यता छ। भाषणको शैली छ । तर विद्यार्थी एउटा पनि विषयमा सफल हु“दैन, त्यो अर्को अघोषित सजाय हो भने त्यस्ता शिक्षकहरुस“ग विश्वासको दियो छैन। त्यस्तैहरुको अविश्वासी समूहकै कारण समस्त शैक्षिक मजदुर अपमानित र दोषी भइ बाच्नुपरेको।

प्रेमको दियो ः मानव भइ जन्मेपछि मानवताको नाता हुनुपर्छ। मानवताको नाता प्रेमसग गासिएको हुन्छ। प्रेमका रुप माया, स्नेह, मोह, दया, अनुशासन हुन्। जसस“ग प्रेमको नाता हु“दैन,  त्यस्ता मान्छे प्रायः जहिले पनि रिसाहा, पाखण्डी, घमण्डी टर्रा, बेइमानी, अपराधै अपराधले भरिएका घातकी, इष्र्यालु डाहाडे, लोभी, स्वभावका हुन्छन्। मान्छेलाई सधै त्रसित भएको अवस्थामा राख्न, जहिले पनि आक्रमण शैलीमा उत्रने, अर्काप्रति मानवताको भाव प्रकट नगर्ने हुन्छन्। त्यस्तो स्वभाव भएको शिक्षकका विद्यार्थी प्रायः विचमै छोड्ने (ड्रपआउट) कक्षाभित्र प्रवेश गर्न नमान्ने । जहिले पनि त्रसित नजिक भन्दा टाढा बस्न मन पराउने (विषय शिक्षक) भन्नै नहुने थर थर काप्ने जति घोकाए पनि नबुझ्ने हुन्छन्। त्यस्ता शिक्षकले आफ्नो विषय किन छोडे ? कारण पत्ता लजाउने अनुुुसन्धान गर्नुको सट्टा लठ्ठी लगाउन थाल्दछन्। मान्छे लठ्ठीले तह लाग्दैन मान्छे पशु होइन। जंगली जनावर होइन । त्यसको परिणाम ती बच्चाहरुले त्यस्ता प्रेमको अर्थ थाहा नपाउनेहरुलाई कक्षा बाहिर स्कूल ड्रप, विषय ड्रप र घण्टी ड्रप गराएर अघोषित सजाय दिएका हुन्छन्। मानवले मात्र अनुुसन्धान गर्छ । मुर्ख दानवले अनुसन्धानको बाटो भन्दा कारवाही साजयको बाटो अपनाउ“छ। अन्तिममा मूर्खमा सावित हुन्छ। त्यस्ता मूर्खहरुले शिक्षको नियुक्ति लिएर प्रेमको दियो निभाएकै कारण शैक्षिक मजदुर बदनाम हुन पुग्यो।

आशाको दियो ः मानिस जहिले पनि आशावादी हुनुपर्छ। जहिले पनि यो हुन्न त्यो हुन्न । हुनै सक्दैन बन्दैन । जति दुःख मेहतन गरे पनि औचित्य हु“दैन भन्ने निराशै निराशाको भारी मात्र बोक्छन्। वास्तवमा उनीहरु आफै असफल भइ राखेका हुन्छन्। त्यसको उदाहरण ः
जहिले अधैर्य हुनेः हतासमा हुने। हतारमा देखिने। सहनशीलता नहुने। जहिले पनि छिट्टै तातै खाम जल्दै मरमको आतुरमा हुने। पालो पर्खन नसक्ने। आफ्नो गल्ती नदेख्ने। सधै अर्कालाई दोषी देख्ने। जिम्मेवारी लिन नचाहने। सानो रुपलाई पहाड बनाइदिने। त्यस्ता गुरुका चेला प्रायः आत्महत्या गर्ने हुन्छन्। कारण गुरुले आफ्ना शिष्यलाई निराश हुन नहुने, सधै आशाको दियो बचाइराख्नुपर्छ। भनेर नसिकाउने ।

आज भएन भोलि होला । आशा गरौं निराश नबनौं। गुरुबाट चेलाले सिक्ने मौका पाएन । असफलता नै सफलताको प्रतीक हो भन्ने सिक्ने मौका दिइएन। सिकाइएन। स्वयं आफैले जानेन। अर्काको भनाइ पनि मानेन । सायद त्यस्ता आशाको दियो बचाउन नसक्ने मूर्खहरु आत्महत्या गर्छन्। दोष अरुलाई दिन्छन्। सजाय अरुलाई भोगाउ“‘छन्। दुःख अरुलाई दिलाउ“छन्। आत्महत्याको बाटोबाहेक विकल्प देख्दैनन्। त्यसैले तिनीहरु जस्ता राम्रो मनस्थिति नभएकास“ग आशाको दियो हु‘दैन। त्यस्तै निराशावादी बेइमानीका कारण सबै शैक्षिक मजदुर अपमानित हुनुपर्छ। अहिले नेपालमा शैक्षिक क्षेत्रमा देखिएका ठूला समस्याका प्रकृति यस्तै छन्। त्यसैले संस्कृतमा भनिएको छ– इदम् भ्रष्ट उदम भ्रष्ट। समस्यासग जुध्न नजान्नेले खाली बहानाबाजी गरेर आफू जहिले पनि निर्दोष सावित हुन खोज्नेहरुकै जमातले सिंगो शिक्षा क्षेत्र धमिलो, भ्रष्ट र ध्वस्त बनाए। निर्दोष शैक्षिक मजदुरले पनि आरोप खेप्न बाध्य हुनुप¥यो। वर्तमान शिक्षा एवं शैक्षिक जगतले चारवटा दियोयुक्त पूर्ण दक्ष जनशक्ति पैदा गर्न सकेन। त्यस्तै अदक्ष जनशक्तिको बीचबाट आउने जत्थाले शिक्षा क्षेत्र अस्तव्यस्त बनाए। इमानदार, कर्तव्यनिष्ठ, सीपयुक्त जनशक्ति पनि लट्टेमा खुदो मोले सरी बने। काग कुहिरोमा हराए सरी इमानदार, शान्ति, विश्वास, प्रेम र आशाका दियोले पूर्ण जनशक्ति बेइमानीको जत्थामा विलीन हुनुकै परिणाम शिक्षा क्षेत्र ध्वस्त हुनपुग्यो। सबैमा चेतना भया।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top