Free songs
Home / समाचार / संक्षिप्त समाचार / वडा कार्यालयद्वारा योजना सार्वजनिक

वडा कार्यालयद्वारा योजना सार्वजनिक

तुलसीपुर, (युस)– तुलसीपुर उमपहानगरपालिका ९ नं.  वडा कार्यालयले अन्य वडा भन्दा फरक काम गरेको दाबी गरेको छ । विगतमा सम्पन्न गरिएका काम, यस वर्ष गरिने काम र आगामी वर्षका योजनाका विषयमा जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा यस्तो दाबी गरिएको हो।

वडाध्यक्ष घनश्याम ढकालले सडक कालोपत्रे, पातुखोलामा आरसिसी, ट्रष्ट पुल, विद्युत विस्तार, योगा हल, अटोभिलेज, ग्रीन पार्कको गुरुयोजना, सिंचाई जस्ता महत्वपूर्ण कार्य गरेको बताउनुभयो। वडामा सबैभन्दा छिटो योजना सम्पन्न गर्ने र लागत सहभागितामा पनि धेरै काम गर्ने वडाका रुपमा अग्रपंक्तिमा रहेको भन्दै वडाध्यक्ष ढकालले सुशासनका क्षेत्रमा पनि १९ वटै वडामा पहिलो भएको दाबी गर्नुभयो।
त्यसैगरी यस आर्थिक वर्ष २०७६÷०७६ का लागि पूर्वाधार विकास, कृषि, सिंचाई, खानेपानी, सुशासन, दलित, महिला, बालबालिका, ज्येष्ठ नागरिक लक्षित कार्यक्रमलाई प्राथमिकतामा राखेको छ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top