Free songs
Home / विचार / लोकस्वास्थ्यकर्मीहरु र राज्यको नीति

लोकस्वास्थ्यकर्मीहरु र राज्यको नीति

वामदेव सुवेदी

समुदायको सामाजिक–सांस्कृतिक पृष्ठभूमि, स्वास्थ्यसम्बन्धी परम्परागत ज्ञान, धारणा एवं जनविश्वासका आधारमा जडिबुटी तथा अन्य उपचार विधिहरुद्वारा शारीरिक तथा मनो–सामाजिक उपचारमा सहयोग पु¥याउदै आएका परम्परागत स्वास्थ्यकर्मीहरुलाई यहा लोकस्वास्थ्यकर्मी भनिएको छ। गाउ“घरमा रहेका परम्परागत वैद्य, लामा, गुभाजु, गुरु, गुरुवा, झारफुक गर्ने व्यक्ति, धामी, झा“क्री, बिजुवा, सुडेनीजस्ता विभिन्न नामले चिनिने लोकस्वास्थ्यकर्मीहरूको स्वास्थ्य प्रवद्र्धन, सुधार तथा रोकथामको क्षेत्रमा महत्वपूर्ण योगदान रही आएको छ। लोकस्वास्थ्यकर्मीहरु बाहिरबाट आएका नभएर समुदायमै बसेका, जुनसुकै बेलामा पनि सेवा दिन तत्पर रहने, जडिबुटी तथा परम्परागत उपचार विधिका बारेमा राम्रो ज्ञान भएका, समुदायस“ग राम्रो सम्बन्ध भएका, समुदायको विश्वास जितेका र प्रतिष्ठा कमाएका हुन्छन्। गाउ“घरमा स्वास्थ्य समस्या परेका बेला सबभन्दा पहिले यिनै स्वास्थ्यकर्मीहरूबाट सेवा लिने गरेको पाइन्छ। स्वास्थ्य सेवाको पहु“च नभएका कतिपय ठाउ“मा त यस्तै स्वास्थ्यकर्मीहरुमाथि निर्भर रहनुपर्ने बाध्यता छ।

सरकारी मान्यता तथा प्रत्यक्ष सहयोग नभए पनि दुःख विमारी पर्दा लोक स्वास्थ्यकर्मीहरुले आपूmले जाने अनुसार प्रायः निःशुल्क तथा निःस्वार्थ सेवा पु¥याइरहेका हुन्छन्। गाउ“ले गरीव, शैक्षिक तथा आर्थिक हिंसावले पछाडि परेका तथा आधुनिक स्वास्थ्य सेवाको पहु“च नभएकाले मात्र होइन कतिपय अवस्थामा शहरी, शैक्षिक तथा आर्थिक हैसियत राम्रै भएका र स्वास्थ्य संस्थाकै नजिक बस्नेहरुले पनि लोक स्वास्थ्यकर्मीहरुको सहयोग र सेवा लिने गरेको देखिएको छ। लोक स्वास्थ्यकर्मीहरुको सेवा चाहि अस्पताल जानु भन्दा पहिले मात्र होइन अस्पतालको औषधि खाइरहेको बेला तथा अस्पतालबाट फर्केपछि पनि लिने गरेको देखिन्छ।

हाल आएर लोकस्वास्थ्यकर्मीहरुको सक्रियता तथा लोकप्रियतामा कमी आएको छ। यसो हुनुको मुख्य कारण आधुनिक स्वास्थ्य सेवाको विस्तार हुनु, युवा पिढी लोकचिकित्सा पद्धतिप्रति निरुत्साहित हुनुु, कतिपय जडिबुटीहरु स्थानीय जंगलमा पाइन छोड्नु, कतिपय अवस्थामा वनमा जान र जडिबुटी संकलन गर्न नपाइनु, लोकस्वास्थ्यकर्मीहरुलाई हेर्ने राज्यको स्पष्ट नीति नहुनु, आधुनिक सबै कुरा तर्कसंगत, वैज्ञानिक र राम्रै हुन्छ अनि परम्परागत सबै कुरा तर्कहीन, अवैज्ञानिक र नराम्रै हुन्छ भन्ने धारणाको विकास हुनु तथा लोकस्वास्थ्यकर्मीहरुका समग्र उपचारविधिहरुलाई भूतप्रेत, बाइबोक्सी जस्ता अन्धविश्वास एवं सामाजिक कुरीतिको रुपमा हेरिनु हो।

पुस्तांैपुस्ताको अनुभवमा आधारित ज्ञान र अभ्यास गर्दागर्दै हासिल गरेको विशिष्टताले कानुनी मान्यता नपाउने स्थितिका कारण पनि लोकस्वास्थ्यकर्मीहरु पाखा लाग्नुपर्ने स्थिति आएको हो। एक अध्ययनले नेपालमा चारदेखि आठलाखसम्म यस्ता लोकस्वास्थ्यकर्मीहरु हुनसक्ने अनुमान गरेको थियो। हाल यो संख्यामा निकै कमी आएको हुनसक्छ।

लोकस्वास्थ्यकर्मीहरुमा जडिबुटीसम्बन्धी ज्ञान छ। जडिबुटी भन्नाले औषधिको गुण भएका बोटविरुवा, बोटविरुवाका विभिन्न भागहरु, खनिज तथा पशुपंक्षीजन्य पदार्र्थलाई समेत बुझिन्छ। उनीहरुले प्रयोग गर्दै आइरहेका कतिपय जडिबुटीहरु आयुर्वेद चिकित्सा विज्ञानले प्रयोग गर्ने जडिबुटीहरुस“ग मेल खान्छन्। आयुर्वेदले औषधिको रुपमा प्रयोग गर्ने जडिबुटीको संख्या भन्दा देशभरी छरिएर रहेका लोकस्वास्थ्यकर्मीहरुले प्रयोग गर्ने जडिबुटीको संख्या बढी हुन सक्ने सहज अनुमान गर्न सकिन्छ। त्यसैले आयुर्वेद चिकित्सा पद्धतिको बृद्धि, विकास र विस्तारमा लोकस्वास्थ्यकर्मीहरुको भूमिका सहयोगी बन्न सक्छ। आयुर्वेदको जरो यस्तै लोकस्वास्थ्यकर्मीहरुको जडिबुटी सम्बन्धी ज्ञान हो भन्ने कुरा चरकसंहितामा पनि उल्लेख छ। चरकले बाख्रा, भेडी गोठालाहरु, गाई ग्वालाहरु तथा जो वनजंगलको सामिप्यतामा बस्छन् उनीहरुस“ग औषधिजन्य बोटविरुवाको राम्रो ज्ञान हुने भएकोले उनीहरुबाट सिक्नु पर्ने सल्लाह दिन्छन्। आजको आयुर्वेदले भूत विद्या मान्दैन । तर भोलिको विज्ञानले यसको पनि महत्व छ भन्ने देखायो भने उनीहरुबाटै सिक्नुपर्ने हुनसक्छ।

आजभोलि जडिबुटीमा आधारित औषधिको महत्व बढ्दैछ। तर जति ध्यान जडिबुटीमा छ त्यति ध्यान परम्परागतरुपमै जडिबुटीको प्रयोग गर्दै आइरहेका लोकस्वास्थ्यकर्मीहरुतर्फ जान सकेको छैन। लोक स्वास्थ्यकर्मीहरुमा रहेको ज्ञानलाई पाखा लगाउने, बेवास्ता गर्ने तथा अन्धविश्वास, रुढीवादी र कुरीतिको ठप्पा लगाइदिनु बुद्धिमानी होइन। बरु उनीहरुको ज्ञानका सकारात्मक पक्षलाइ उजागर गर्ने, अद्यावधिक गर्ने, सुदृढ गर्नेे कुरा बुद्धिमानी हुन्छ। लोकस्वास्थ्यकर्मीहरुको ज्ञानलाई मान्यता दिनु भनेको स्वास्थ्य सेवालाई अन्धकारमा धकेल्नु, अन्धविश्वास र कुरीतिलाई प्रश्रय दिनु कदापि होइन। बरु उनीहरुलाई पनि स्वास्थ्य सेवा प्रवाहमा सहभागी गराउनुु हो। लोक स्वास्थ्यकर्मीको ज्ञान समुदायको सम्पत्ति हो। उनीहरुको ज्ञानलाई मान्यता दिनु भनेको समुदायको सशक्तिकरण हुनु पनि हो। त्यसैले लोकस्वास्थ्यकर्मीहरुको पहिचान गर्ने, उनीहरुको ज्ञानलाई लिपिबद्ध गर्ने तथा उनीहरुले प्रयोग गर्ने गरेका जडिबुटी एवं उनीहरुले अपनाएका उपचार विधिहरुको जा“‘च अनुसन्धान गर्ने र प्रमाणित भएमा आयुर्वेदमा समावेश गर्ने तर्फ जोड दिनुपर्ने देखिन्छ।

लोकस्वास्थ्यकर्मीहरु आयुर्वेद चिकित्सा प्रणालीस“ग जोडिंदा आयुर्वेदलाई समुदायस“ग अझ बलियोस“ग जोड्न सकिन्छ। जसरी आज महिला स्वास्थ्य स्वयंसेविका कार्यव्रmम एउटा उत्कृष्ट कार्यव्रmमको रूपमा स्थापित भएको छ त्यसरी नै स्वास्थ्य उपचारमा नाम कमाएका लोकस्वास्थ्यकर्मीहरुमा आयुर्वेद सम्बन्धी क्षमता अभिबृद्धि गरी आयुर्वेद स्वास्थ्य सेवा प्रवाहमा आयुर्वेद स्वास्थ्य स्वयंसेवककारुपमा परिचालन गर्न सकेमा यो पनि एउटा उत्कृष्ट कार्यक्रम बन्न सक्ने सम्भावना छ। यसो गर्दा आयुर्वेदलाई समुदायमा बलियोस“ग जोड्न, प्राथमिक स्वास्थ्य सेवाको सुदृढिकरण गर्न रसमुदायको स्वास्थ्य स्थितिमा सुधार ल्याउन सहयोग पुग्न सक्छ। यसका साथै जडिबुटीहरुको दिगो व्यवस्थापन तथा समुचित उपयोगमा समेत लोक स्वास्थ्यकर्मीहरुको भूमिका सहयोगी हुन सक्ने देखिन्छ।

छिमेकी देश भारतमा पनि लोकस्वास्थ्य परम्परालाई पुनर्जीवन दिने र अन्य परम्परागत चिकित्सा पद्धतिलाई मूलप्रवाहीकरण गर्ने नीति रहेको छ। अरुणाचल, आसाम, मणिपुर, मेघालय, मिजोरम, नागाल्याण्ड, सिक्किम, त्रिपुरा जस्ता उत्तरपूर्वी राज्यहरुमा प्रचलित लोकस्वास्थ्य परम्पराको पुनरुत्थान, प्रवद्र्धन र उपयोग गर्ने मनसायले लोकउपचार विधिहरुका बारेमा सर्वेक्षण, अभिलेखीकरण, प्रमाणित गर्ने उद्देश्यका साथ अरुणाचल प्रदेशमानर्थ इस्टर्न इनिस्टिच्यूट अफ फोक मेडिसिन’ नामक संस्था स्थापना गरिएको छ। भारतमा आयुर्वेद, योगा तथा प्राकृतिक चिकित्सा, युनानी, सिद्धा, शोवा रिग्पा, र होमियोप्याथी जस्ता परम्परागत चिकित्सा पद्धतिहरुका लागि एउटा छुट्टै मन्त्रालय नै खडा छ जसलाई संक्षेपमा आयुष मन्त्रालय भन्ने गरिन्छ। आयुष मन्त्रालयअन्तर्गत स्थापित उक्त संस्थाले आयुर्वेदिक चिकित्सक र लोकस्वास्थ्यकर्मीहरुबाट दैनिक ओपिडि सेवा सञ्चालन, स्थानीय जडीबुटीहरुको संग्रहालय एवं जडिबुटीको बगैंचा व्यवस्थापन गर्दै आएको छ। उक्त संस्थाले लोकस्वास्थ्यकर्मीहरुको ज्ञान अद्यावधिक गर्ने र क्षमता बढाउने, उनीहरुको बौद्धिक ज्ञानसम्बन्धी अधिकारको संरक्षण गर्न मद्दत गर्ने, उनीहरुको उपचार विधिका बारेमा अध्ययन अनुसन्धान गर्ने संघसंस्थाहरुबीच एउटा कडीको काम गर्ने र उनीहरुका प्रभावकारी तथा प्रमाणित उपचार विधिलाई स्वास्थ्य सेवामा मूलप्रवाहीकरण गर्ने लक्षका साथ काम गर्दैछ।

त्यस्तै आयुष मन्त्रालयको सहयोग र समर्थनमा इन्दिरा गान्धी खुला विश्वविद्यालयद्वारा क्वालिटी काउन्सिल अफ इण्डिया एवं फाउण्डेशन फर रिभाइटलाइजेशन अफ लोकल हेल्थ ट्राडिशन जस्ता अनुमोदित संस्थाको तत्वावधानमा परम्परागत वैद्यहरुको ज्ञानसीपलाई जा“च्ने र योग्य देखिएमा सामुदायिक स्वास्थ्य सेवा प्रदायकका रुपमा प्रमाणित गर्ने गरिएको छ।

हाम्रो राष्ट्रिय आयुर्वेद स्वास्थ्य नीति २०५२ ले पनि लोकस्वास्थ्यकर्मीहरुलाई जडिबुटी उत्पादन, सम्बद्र्धन, संकलन, संरक्षण र प्रयोगको तालिम दिई आयुर्वेद चिकित्सा सेवामा परिचालन गर्नेे, उनीहरुको ज्ञानको संरक्षण एवं सान्दर्भिकतालाई अक्षुण्ण राख्ने अभियान चलाउने तथा विभिन्न तालिम तथा गोष्ठीद्वारा उनीहरुको ज्ञान, सीप, क्षमता अभिबृद्धि गर्ने नीति लिएको थियो।

आठौं योजनामा यस्ता परम्परागत स्वास्थ्यकर्मी (धामी, झँ“क्रीहरु) एवं स्थानीयस्तरका सुडेनीहरुलाई तालिम दिएर परिचालन गर्ने, नवौं योजनामा धामी, झँ“क्री, लामा, वैद्यलाई स्वास्थ्य सेवा दिन प्रोत्साहित गर्ने, दशौं योजनामा नवजात शिशुसम्बन्धी स्वास्थ्य सेवा र शिक्षा दिन सुडेनीहरुलाई परिचालन गर्ने, तेह्रौं योजनामा स्वास्थ्य सम्बन्धी प्रवद्र्धनात्मक र प्रतिरोधात्मक कार्यक्रमहरूलाई समुदायसम्म विस्तार गर्न एवं स्वास्थ्य सूचना प्रवाह गर्न र स्वास्थ्य सेवामा प्रभावकारिता ल्याउन धामी, झा“क्री, पण्डित समेतको सहकार्यलाई प्रभावकारी गराउने कुरा उल्लेख थियो। स्वास्थ्य क्षेत्रको रणनीति (२०१५– २०२०) ले पनि हिमालमा आम्ची र तराईमा गुराउ पद्धति प्रचलनमा रहेको तथा नेपालका विभिन्न समुदायमा धामी झा“क्री, गुभाजु तथा झारफुके जस्ता लोकस्वास्थ्यकर्मीहरुस“ग स्वास्थ्य सेवा लिने प्रचलन रहेकाले यस्ता लोक उपचार विधिको प्रभावकारिता बुझ्न मूलधारमा ल्याएर अध्ययन गर्नुपर्ने तर्फ औंल्याएको छ। तर नया“ राष्ट्रिय स्वास्थ्य नीति २०७४ को मस्यौदामा भने यो विषयले स्थान पाउन सकेको छैन।

आयुर्वेद चिकित्सा परिषद ऐन २०४५ को संशोधनले कम्तिमा तीन पुस्तादेखि आयुर्वेद सम्बन्धी सेवा दिंदै आएका ५० वर्ष कटेका यस्ता स्वास्थ्यकर्मीहरुलाई जिल्ला कार्यालयको सिफारिसका आधारमा ऐन लागु भएको एक वर्ष भित्र परिषदले तोके अनुसार स्वीकृति लिएमा आयुर्वेद चिकित्सा पेशाका लागि योग्य हुन पाउने व्यवस्था गरेपछि अधिकांश लोक स्वास्थ्यकर्मीहरु अनधिकृत बन्न पुगे। यसले १८ महिने तालिम लिएकै भरमा जो कोही योग्य हुने तर वर्षौंदेखि अभ्यास गर्दै आएका लोकस्वास्थ्यकर्मीहरु लाइसेन्सको अभावमा अयोग्य हुने स्थिति ल्यायो। तथापि लोकस्वास्थ्यकर्मीहरुको महत्वलाई अस्वीकार गर्न सकिने स्थिति नरहेको चाहिं बेला–बेलामा आयुर्वेद विभागबाट लोकस्वास्थ्यकर्मीहरुलाई तालिमको व्यवस्था गरिनु, उनीहरुको परम्परागत स्वास्थ्य उपचार सेवा जारी रहन दिइनु, स्वास्थ्य सेवा प्रवाहमा उनीहरुको सहभागिताको खा“चो अभिव्यक्त हुनुबाट बुझ्न सकिन्छ। कसको ज्ञानलाई मान्यता दिने र कसको ज्ञानलाई पाखा लगाउने भन्ने कुरा राज्यले लिने नीतिमा भर पर्दछ। लोकस्वास्थ्यकर्मीहरुको ज्ञानलाई पाखा लगाउने मनसाय होइन र स्वास्थ्य सेवामा उनीहरुको पनि सहभागिता खोजिएको हो भने नीतिगत सम्बोधन गर्नु आवश्यक छ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top