Free songs
Home / फिचर समाचार / कांग्रेस कार्यकर्ताको प्रश्न–‘बुथबाट चुनाव लड्न किन खुट्टा कमाउनुभयो ?’

कांग्रेस कार्यकर्ताको प्रश्न–‘बुथबाट चुनाव लड्न किन खुट्टा कमाउनुभयो ?’

 दशरथ घिमिरे

देउखुरी,  पार्टीभित्रको गुटबन्दीले नेपाली कांग्रेस बलियो हुन नसकेको भन्दै कार्यकर्ताहरुले केन्द्रीय नेतृत्वको ध्यानाकर्षण गराएका छन्। कांग्रेसभित्र व्यक्तिपिच्छे गुटबन्दी रहेको भन्दै गुटबन्दी अन्त्य गर्न केन्द्रीय नेताहरुले  नै ध्यान दिनुपर्ने बताए। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसहित केन्द्रीय सदस्यहरुको उपस्थितिमा आयोजना गरिएको कार्यकर्ता भेटघाट कार्यक्रममा कार्यकर्ताहरुले नेतृत्वप्रति असन्तुष्टि व्यक्त गरेका छन्। ‘कांग्रेसभित्र गुटबन्दीले आफ्नै कार्यकर्तालाई हराउने प्रवृत्ति छ’– तिलक न्यौपानेले भन्नुभयो– ‘आउ“दो चुनावमा यस्तो नहोस्।’

तीन तहकै निर्वाचनमा कांग्रेसको सरकार छैन। सरकारमा नरहदा संगठन निर्माणमा समेत कांग्रेस पछाडि परेको गुनासो कार्यकर्ताले गरेका छन्। नेपाली कांग्रेसका जिल्ला सदस्य रामप्रताप यादवले सरकारमा नरहे पनि पार्टी गतिविधिमा समेत पछाडि पर्नु दुःखद रहेको टिप्पणी गर्नुभयो।

‘गएको चुनावमा कांग्रेस हार्नुमा कांग्रेसले कांग्रेसलाई नस्वीकार्ने प्रवृत्तिले हो’– उहाले भन्नुभयो– ‘सत्तामा नभएको बेला संगठन विस्तारलाई अघि बढाउनु पर्ने हो। तर त्यता नेतृत्वको ध्यान छैन।’ पार्टीको तर्फबाट चुनाव जितेकाहरुले समेत पार्टीको हितमा काम गर्न नसकेको गुनासो गरिएको छ। ‘कांग्रेसको तर्फबाट चुनाव त जिते। ती जनप्रतिनिधि कहिले कांग्रेस बन्ने हुन्’– तरुणदल दाङ क्षेत्र नं. १ का सभापति किरण पौडेलले भन्नुभयो–‘अनि कांग्रेसले कहिले चुनाव जित्ने हो ?’

यति मात्रै होइन, पार्टीको केन्द्रीय नेतृत्वमा रहेकाहरुले चुनाव हार्ने डरले बुथबाटै चुनाव जितेर प्रतिनिधि बन्ने प्रावधान हटाएको जिल्ला तहका अगुवा बासुदेव जंगलीले बताउनुभयो। ‘बुथबाट चुनाव लड्न किन खुट्टा कमाउनुभयो’– जंगलीले भन्नुभयो– ‘यसरी पार्टीलाई प्यारालाइस गराउन पाइदैन। जहिल्यै पानि तपाइ“हरु जिम्मेवारीमा रहिरहने ?’

पार्टीभित्र हार्दिकता चाहियोः वरिष्ठ नेता पौडेलनेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्रपौडेलले पार्टीको जिम्मेवारीमा आउन तल्लो तहबाट निर्वाचित हुनैपर्ने धारणा आफ्नो रहेको बताउनुभएको छ। केन्द्रीय कार्यसमितिको बैठकमा आफूले लिखित असहमति राखेको उल्लेख गर्दै उहा“ले बुथ कमिटीबाटै निर्वाचित हुनुपर्ने प्रस्ताव बहुमतले खारेज गर्नेहरुबाट जवाफ माग्न कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो।

लमहीमा नेपाली कांग्रेस क्षेत्रीय समितिले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उहा“ले पार्टीभित्र सभापति शेरबहादुर देउवा हाबी भएकाले कार्यकर्ताको पक्षमा निर्णय हुन नसकेको दाबी गर्नुभयो।

केन्द्रीय सदस्यसमेत बुथ कमिटीबाट निर्वाचित हुनुपर्ने प्रावधान थियो। यो प्रावधान महासमिति बैठकले पास गरे पनि केन्द्रीय समितिको बैठकमा बहुमतले अस्वीकृत गरेपछि पौडेलले महासमिति सदस्यहरुको बीचमा छलफल चलाउन प्रदेशस्तरमा पुग्नु भएको छ। ‘पार्टीमा गुट कहिल्यै नछुट्ने रहेछ। गुटलाई व्यवस्थापन गरेर लैजान सक्नुपर्ने जिम्मेवारी पार्टी नेतृत्वको हो’– उहा“ले भन्नुभयो– ‘मिल्न सकिने जति मिलिएको छ। अन्याय भयो भने त के गर्ने ? इसुमा मिल्ने हो, हात मिलाएर मिल्ने होइन। हात मात्रै मिलाएर पार्टीभित्र एकता हु“दैन।’

उहाले पार्टीभित्र आफूले असहमति राखेको कार्यकर्तामाझ उल्लेख गर्नुभएको छ। ‘तलैबाट चुनिएर आउनुपर्छ। बहुमत नभएपछि असहमति छ भनेर लेखें। जवाफ बहुमतवालाले दिनुपर्छ’– उहा“ले भन्नुभयो– ‘केन्द्रीय समिति भन्दा महासमिति ठूलो हो भन्ने मान्यता छ।’ कांग्रेस कार्यकर्ताबीच हार्दिकतापूर्वक एकताको खा“चो रहेको बताउनुभयो। ‘कांग्रेसले कांग्रेसलाई हराउने दुर्भाग्य हो। बैरभाव कसरी घटाउने भन्नेमा मेरो ध्यान छ। हार्दिकता नभएर एकता ह“ुदैन’– उहा“ले भन्नुभयो– ‘कांग्रेसभित्र हार्दिकताको एकता आवश्यक छ।’ नेपाली कांग्रेसका क्षेत्रीय सभापति भेषराज पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य दीपक गिरी, पार्वती डिसी चौधरी, रामकृष्ण यादव, जिल्ला सभापति कीर्तिबहादुर खड्का लगायतले मन्तब्य ब्यक्त गर्नुभएको थियो। कार्यक्रमको सहजीकरण क्षेत्रीय सचिव हरिहर शर्माले गर्नुभएको थियो।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top