Free songs
Home / फिचर समाचार / समिति गठन आदेश स्वीकृत

समिति गठन आदेश स्वीकृत

युगबोध समाचारदाता

बुटवल,  प्रदेश नं. पा“च सरकारले लुम्बिनी प्रादेशिक अस्पताल र राप्ती प्रादेशिक अस्पतालको विकास समिति गठन आदेश–२०७६ स्वीकृत गरेको छ।

त्यसैगरी प्रदेश लोकसेवा आयोगको कार्यालयका लागि कर्मचारीको दरबन्दी स्वीकृत गरेको छ। मंगलवार बसेको मन्त्रिपरिषद् बैठकले आयोगका लागि १३ जना कर्मचारीको दरबन्दी स्वीकृत गरेको हो। कार्यालयमा ११ तहदेखि कार्यालय सहयोगीसम्मका १३ जना कर्मचारीको दरबन्दी स्वीकृत गरिएको सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधारमन्त्री बैजनाथ चौधरीले पत्रकार सम्मेलन गरी जानकारी दिनुभयो।

प्रदेश पा“चको लोकसेवा आयोग अध्यक्षमा प्राध्यापक डिलाराम भट्टराईले पदभार ग्रहण गरिसक्नुभएको छ। लोकसेवा आयोगको कार्यालय पनि मन्त्रिपरिषद् बैठकले बुटवलमा तोकेको छ। हाटबजारस्थित भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयकै नजिकै रहेको भवनमा लोकसेवा आयोगको कार्यालय तोकेको हो। कर्मचारीको दरबन्दी स्वीकृत भएसगै अब प्रदेश लोक सेवा आयोगले कर्मचारी भर्ना लिने बाटो खुलेको छ।

 

यसैगरी प्रदेश वन निर्देशनालयको निर्देशकमा जगदीशचन्द्र गुप्तालाई नियुक्त गरिएको छ। प्रदेश पा“चमा समायोजन भएका नेपाल वन सेवा जनरल फरेस्टी समूह अधिकृत एघारौं तहका गुप्तालाई नियुक्त गरेको चौधरीले जानकारी दिनुभयो। त्यस्तै बैठकले प्रदेश नम्बर ५ संघसंस्था दर्ता नियमावली–२०७६ पनि स्वीकृत गरेको छ।

त्यस्तै प्रदेशमा समायोजन भएका कर्मचारीहरुका लागि तलबमान निर्धारण गरी प्रदेश अन्तर्गतका सबै मन्त्रालय र निकायहरुमा परिपत्र गर्न स्वीकृति प्रदान गरिएको छ। सार्वजनिक खरीदसम्बन्धी प्रदेश नियमावली स्वीकृत पनि गरेको छ। त्यस्तै माडी लुंग्री करिडोर सिंचाई आयोजना तथा अन्य विभिन्न कार्यालयका लागि आवश्यक अस्थायी दरबन्दी स्वीकृति प्रदान गरिएको छ। ती कार्यालयका लागि १० जना हलुका सवारी चालक र छ जना कार्यालय सहयोगी रहनेछन्।

त्यस्तै खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको अस्थायी कार्यालय बा“केमा स्थापना तथा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय प्युठान र दाङको कार्य क्षेत्र परिर्वतन गर्न स्वीकृति प्रदान गरिएको छ। प्रदेश मातहतका अस्पतालहरूमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको करार नियुक्ति तथा म्याद थप गर्न सरकारले स्वीकृति दिएको छ। यसैगरी प्रदेशस्तरीय मदरसा शिक्षा व्यवस्थापन, कार्यविधि स्वीकृत गरेको छ। प्रदेशमा मुस्लिम समुदायहरु धेरै छन्।

सेवा केन्द्र तथा पुनस्र्थापना केन्द्रको स्थापना र सञ्चालन तथा सेवा तथा पुनस्थापना कोष सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभासमक्ष पेश गर्न स्वीकृति प्रदान गरेको छ। त्यस्तै लुम्बिनी प्रादेशिक अस्पताल र राप्ती प्रादेशिक अस्पतालको विकास समिति गठन आदेश–२०७६ स्वीकृत गरेको छ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top