Free songs
Home / विचार / सुन सुहाउनको लागि होइन नुहाउनको लागि हो

सुन सुहाउनको लागि होइन नुहाउनको लागि हो

मधुसुदन सुवेदी

सुन अत्यन्त शुद्धता र पवित्रताको प्रतीक हो। सुन धातुमा विषाक्त किटाणु नष्ट गर्ने क्षमता अत्यधिक मात्रामा हुन्छ। हाम्रो शरीरलाई शुद्धता र पवित्रतामा राख्नु सुनको स्पर्श र सुनपानीले सिंचित गर्नु अतिउत्तम मानिन्छ। शरीर शुद्ध भयो भने मन शुद्ध हुन्छ। मन शुद्ध भयो भने बचन शुद्ध हुन्छ। बचन शुद्ध भयो भने कर्म शुद्ध हुन्छ। मानव जीवनमा मन, बचन र कर्म यी तीनै कुरा शुद्ध भए भने जीवननै शुद्ध र पवित्र हुन्छ।

त्यसैले प्राचीनकालदेखि सुन नाक, कान, घा“टी, छाती, औंलामा लगाउने चलन वा प्रचलन चलि आएको हो। नाक, कान, घा“टी र छातीमा लगाएको सुनले स्नान गर्दा त्यो सुनबाट बगेको पानी सम्पूर्ण शरीरका अंगअंगमा पर्दछ। जसले गर्दा शरीर सुनपानीले सिंचित भइ शरीरमा भएका कुनै पनि दूषित किटाणु मर्दछन्। त्यस्तै हातका औंलामा लगाएको सुनले पनि हाम्रो स्थान दान पूजा आजा तर्पण हवन मार्जन कुनै पनि हस्तकर्म गर्दा पवित्र र शुद्धता बनाउने काम गर्दछ।

भनिन्छ हरेक दिन सुनपानीले स्नान गरिन्छ भने त्यो शरीर कदापि अशुद्ध मानिदैन। हिजोआज दैनिक स्नानलाई त्यति प्राथमिकता नदिए पनि मुख मात्र धु“दा वा पञ्चस्नान गर्दा समेत पनि सुनपानी हाम्रा शरीरका केही अंगहरुमा पर्ने हुनाले सुनको केही मात्रा भए पनि लगाउन अत्यन्त उत्तम मानिन्छ। ठूला ठूला धार्मिक यज्ञ अनुष्ठानमा सुनदानको महत्व त्यत्तिकै मात्रामा उल्लेख गरिएको पाइन्छ। जन्मदेखि मृत्यु संस्कारका यावत कर्महरुमा सुनदान र सुनपानको महत्व दर्शाइएको पाइन्छ। मानिसको जीवनमा नवग्रहले पारेका ठूला–ठूला असर तथा क्षतिलाई कम गर्न पनि सुनदानको महत्व लेखिएको छ। सुन दान गर्ने कुरा गर्दा क्षमता र हैसियतका कुरा पनि उठ्लान्। सुनदानका कुरा गर्दा मात्रा, परिमाण र तौलका पनि कुरा उठ्लान् तर वास्तविकता के हो भने सुनदान भन्दा पनि यसको प्रयोग र स्नान अपरिहार्य छ।
तपाइ“‘ हामीले हिजोदेखि सुनको देखेको र भोगेको सत्यतथ्य कुरा के हो भने कुनै पनि अशुद्धतालाई सुनपानीले शुद्ध पार्न सकिन्छ। त्यसैले कुनै भूमि चोखो पार्नलाई सुनपानी छिटौं। कुनै देह शुद्ध पार्नको लागि सुनपानी छिटौं। कुनै वस्तु वा पदार्थ शुद्ध पार्नको लागि सुनपानी छिटौं। यति मात्र होइन, हाम्रा वैदिक धर्म, संस्कार र कर्मकाण्डमा जहा“ जति गाईदानको कुरा छ त्यहा“ त्यति सुनदानको कुरा पनि छ। विशेष गरी हाम्रो जीवन र शरीरलाई अत्यन्त प्रभाव पार्ने नवग्रहका बारेमा चर्चा गर्दा के जानकारी गराउन चाहन्छांै भने यदि तपाइ“ मध्येको कसैको जन्मकुण्डलीमा सूर्य ग्रह खराव स्थान र अशुभ अवस्थामा रहेको छ भने तपाइले प्रत्येक हप्ताको आइतवारका दिन तामाको भा“डोमा जांै,  तील, रातो फूल, अलिकति सख्खर र सुनपानीले

नुहाउनोस् । यो जति लामो समयसम्म गर्न सक्नुहुन्छ गर्नोस् । तपाइ“ अवश्य पनि सूर्य ग्रहको अशुभ फलबाट बच्न सक्नुहुन्छ। यो प्रयोग शिद्ध कुरा हो। त्यस्तै गरेर यदि तपाइ“को जन्म कुण्डलीमा चन्द्रमा अशुभ स्थानमा छ र अशुभ फलकारक भएर बसेको छ भने प्रत्येक हप्ताको सोमवारका दिन गाईको दूध, जौं, तील र सुनपानीले स्नान गर्नुहोस्। यो क्रम पनि जति लामो समय गर्नुहुनेछ त्यति नै फाइदा हुनेछ। यस दिन स्नान गर्दा शरीरमा जल खन्याउने भा“डो सम्भव भएसम्म चा“दीको प्रयोग गर्नुहोस् यदि यो सम्भव छैन भने स्टीलको भए पनि हुन्छ। त्यसै गरी यदि तपाइको जन्म कुण्डलीमा भौमदशा वा मंगलग्रह अशुभ स्थान र स्थितिमा बसेको छ भने प्रत्येक हप्ताको मंगलवारका दिन जौ तील सुनपानी अलिकति माटो राखेर र माटोको भुर्कोले शरीरमा जल खन्याएर कैयौं हप्ता स्नान गर्नुहोस् तपाइ“को मंगल ग्रहले शुभफल अवश्य दिनेछन्। त्यसैगरी यदि तपाइ“को जन्म कुण्डलीमा बुध ग्रह ठीक स्थानमा छैन र अशुभकारक भएर बसेको छ भने प्रत्येक हप्ताको बुधवार दतिवनको जरा पात जौं, तील र सुनपानीले पितलको भा“डोबाट स्नान गर्नुहोस् र यो प्रक्रिया पनि कैयौं हप्ता जारी राख्नुहोस् । तपाइ“का अशुभ संकेत हट्दै जानेछन् र बुध ग्रहले शुभ फल दिन थाल्नेछ। यदि तपाइ‘को जन्म कुण्डलीमा बृहस्पति ग्रह उचित ठाउ“मा छैन र व्यय र हानिकारक भएर बसेको छ भने प्रत्येक हप्ताको बिहीवारको दिन अलिकति बेसार वा काचो हलेदो केराको पानी, सुनपानी र जौ तील मिसाएर का“सको भा“डोले स्नान गर्नुहोस्। यो स्नान पनि कैयौं हप्ताको बिहीवार जारी राख्नाले तपाइको बृहस्पति ग्रह शुभ बन्दै जानेछन् र बृहस्पतिको अशुभफलबाट बचिदै जानेछ। यदि तपाइँको जन्म कुण्डलीमा शुक्र ग्रह अशुभस्थानमा छ शुक्र भय र हानिकारकको स्थितिमा छ भने प्रत्येक हप्ताको शुक्रवारका दिन गाईको दही, गाईको दूध, गाईको घ्यू अलि–अलि मिसाएर त्यसमा सुनपानी राखेर सेतै भा“डोबाट स्नान गरियो भने पनि शुक्रको भय र हानीबाट बच्न सकिन्छ। त्यस्तै यदि तपाइ“को जन्म कुण्डलीमा शनि, राहू र केतु जस्ता पापी ग्रह पापी घरमै बसेका छन् र दण्डकारक भएर रहेका छन् भने पनि प्रत्येक हप्ताको शनिवारका दिन जौ, तील, कुश, सुनपानी सस्र्यूको तेल तीलको तेल गाईको गहूत मिसाएर स्नान गर्नुभयो भने यी दण्डकारक ग्रहको अनिष्ट फलबाट बच्न सकिन्छ।

यो स्नान गर्ने सबै विधि शास्त्रीय मान्यता र नित्य कर्मस“ग सम्बन्धित कुरा हुन्। हरेक ग्रहका लागि सुनपानी अत्यन्त महत्वको कुरा छ। दानका लागि सम्भव नभएको अवस्थामा स्नान त अवश्य पनि हुन्छ। सुनदान आफैमा कडा दान हो। यो दिनका लागि पनि सहज छैन र लिनका लागि पनि सम्भव छैन। सम्भव र सहज भय तापनि यो ज्यादै संवेदनशील कुरा हो। किनभने हामीले जीवनमा तीन प्रकारका दानमा अति विचार र ख्याल गर्नुपर्ने हुन्छ। त्यो के हो भने कन्यादान, मतदान र सुनदान। यी तीन दान लिने पात्र अति योग्य र अति सुकर्मकारक परेनन् भने हाम्रो दान अनर्थ हुन जान्छ। कन्यादान लिनेवाला आफ्नो छोरीको भविष्य बोक्ने,  थाम्ने र हा“क्नेवाला हो। यस्तो व्यक्ति अत्यन्त योग्य, दक्ष र शुद्धपवित्र भएन भने आफू जीवनभर छोरीको निम्ति तड्पिनु पर्ने हुन्छ। त्यस्तै मतदान लिनेवाला व्यक्ति पनि भोलिका दिनमा देश र जनता सञ्चालन गर्ने देश र जनता हा“क्ने र देश र जनताको भविष्य रेखा कोर्ने व्यक्ति भएकोले यस्तो व्यक्ति असल र लोकप्रिय भएन भने आफ्नै विकास र निकाशमा पछुताउनु पर्नेछ। त्यस्तै सुनदान लिनेवाला व्यक्ति हाम्रो प्रारब्ध, पाप, दूषित, अशुद्धता, कलंक, व्यभिचार,  दूष्कर्मलाई पवित्र पार्दै हामीलाई मोक्ष र मुक्त पार्ने धार्मिक र आध्यात्मिक व्यक्ति हो र हुनुपर्दछ। यदि हामीले दिएको सुनदान लिनेवाला नखाने कुरा खाने, नजाने ठाउ“ जाने, नबोल्ने कुरा बोल्ने पापी, दुराचारी, व्यभिचारी र दुव्र्यसनी भयो भने हाम्रो दान खाडलमा प¥यो र हाम्रो मोक्ष र मुक्ति पनि कदापि भएन। त्यसैले सुनको कुरा गर्दा अघि नै बताइसकियो। यो नितान्त स्नानमा योग्य र पवित्र छ। हाम्रा शास्त्र र पुराणहरुमा सुनधातुलाई दान, पान र स्नानका रुपमा व्याख्या र चर्चा गरे पनि आजको यो पछिल्लो समयमा सुनमा आएको महंगीले गर्दा दानका कुरालाई प्राथमिकतामा राख्यौं भने ब्राह्मणले आफूमाथि चढ्ने भ¥याङ बनाएको आरोप लाग्ला । तसर्थ सुनलाई दानका रुपमा भन्दा पनि स्नानका रुपमा मान्ने गरौं।

आजको पछिल्लो समयमा मानिसले आफ्नो हैसियत, औकात र आडम्बरीलाई प्रस्तुत गर्न र प्रदर्शन गर्न सुनलाई गहना तथा देह सिंगार्न र सुहाउनको लागि प्रयोग गरिरह“दा प्रयोगकर्ताको ज्यान नै जोखिममा परिरहेको अवस्था छ। त्यसैले सुन लगाउने सुहाउनको लागि भन्दा पनि नुहाउनको लागि रहेछ भनेर बुझ्न र बुझाउनु जरुरी छ।

हाम्रा अत्यन्त महत्वपूर्ण र ठूला चाडपर्व नजिकिदै गरेको अवस्थामा र चाडपर्वमा अत्यधिक सुनका गरगहना प्रदर्शन हुने गरिरहेको अवस्था सबैमा सचेत रहन, सबै संयम रहन र सुनको दुरुपयोगले आफ्नो ज्यान नै असुरक्षामा पार्ने खतराले पनि यसलाई समय सापेक्षढंगले प्रयोग गर्न नितान्त जरुरी छ। सुनको गर्भबाट वा सुनको डल्लोभित्रबाट भगवान विष्णुको प्रादुर्भाव भएको कारणले पनि यसलाई विष्णु र लक्ष्मीको प्रतिमाको रुपमा मान्ने र पूजा गर्ने चलन पनि छ। यसलाई नाक, कान, घा“टी, शिर, छाती, हात बाहेकका अन्य कुनै पनि स्थान र अंगमा लगाउन उपयुक्त र शुभ मानिदैन। व्यावहारिक ज्ञान र ध्यानको हिसावले सुनको संग्रह गरे पनि लगाउनको लागि भने विचार गर्नैपर्ने हुन्छ। यतिबेला सुनको भाउ समेत प्रत्येक दिन बढेको र महंगो भएको तथ्यांक बाहिरिदा उपभोक्ता यसप्रति सजगता र सचेतनाका साथ जाग्नु र लाग्नु नितान्त जरुरी छ। आफ्नो जीउ धनको सुरक्षाको लागि चनाखो बन्ने नै आफै हो। सुनले सजिने भन्दा पनि सुनले माझिने कुराको बोध गरौं। जोस“ग सुन छ सुनले नुहाउने वा स्नान गर्ने गरौं। जोस“ग सुन छैन आफू र आफ्नो भाग्यलाई नसरापौं र सुन प्राप्तिको लागि ऋण र घिनबाट पनि टाढै बसौं। सुन केवल शुद्धता, पवित्रता र स्वच्छताको प्रतीक हो। यसले हाम्रो देह शुद्धि, आसन शुद्धि, भूमि शुद्धि र कर्म शुद्धि बनाउ“छ। यो शुद्धिका लागि बुद्धि बिगारेर जसरी भए पनि सुन लगाउनुपर्छ देखाउनुपर्छ, सजाउनुपर्छ र सुनकै गरगहनामा सजिनुपर्छ भन्ने मानसिकतालाई त्यागेर सुन सुहाउनको लागि होइन। सुन नुहाउनको लागि हो भन्ने ठानेर, मानेर र जानेर सुनप्रतिको मोह र आकर्षणलाई कम गरौं। अर्थशास्त्रको नियमअनुसार जति माग बढ्यो उति मूल्य बढ्ने भएकोले यसको मागमा कमी ल्याउन यसप्रतिको मोह र आकर्षणलाई त्यागौं।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top