Free songs
Home / विचार / एक ध्र्रुवीय विश्व दुई ध्रुवीय एशिया

एक ध्र्रुवीय विश्व दुई ध्रुवीय एशिया

शशिधर भण्डारी

आजको भूमण्डलीय राजनीतिमा एशिया, अफ्रिका र अमेरिकाले उत्पीडित महादेशको प्रतिनिधित्व गर्दछन्। विशेषतः सन् १९९० मा शीतयुद्धको समाप्तिपश्चात बलियो भएको अमेरिका नेतृत्वको एक धु्रवीय साम्राज्यवादी ‘पिलर’ यी तीनवटै महादेशलाई दोहन गरेर नै बलियो भएको छ। अमेरिकी सामाज्यवादका बिरुद्धमा विश्व राजनीतिका मञ्चहरुमा ल्याटिन अमेरिकाका क्युवा, भेनेजुयला, ब्राजिल र बोलभियाजस्ता मुलुकहरुको गर्जन अर्थपूर्ण र महत्वपूर्ण रहे पनि अमेरिकाले कोलम्बियाजस्ता मुलुकहरुमा मल हालेर ल्याटिन अमेरिकाको अमेरिकी साम्राज्यवादविरोधी धु्रवलाई तोड्न सफल भएको छ। तसर्थ युगले एकलध्रुवीय अमेरिकी साम्राज्यवादका विरुद्धमा एकल ध्रुवीय ल्याटिन अमेरिकाको माग गरेको छ तर अमेरिकाको बहुध्रुव अमेरिकी साम्राज्यवादी नीतिका लागि अवसर भएको छ। यतिबेला बाह्य र प्रकटरुपमा अमेरिका विश्व राजनीतिको सशक्त शक्तिको रुपमा देखिए पनि अमेरिका भयानक हा“कको सामना गर्दै अगाडि बढ्न विवश छ। दुई–दुईवटा वैदेशिक युद्धमा संलग्नता र खस्कदो आर्थिक प्रभुत्वका कारणले ठूलो धनराशीको निरन्तर प्रवाह गरेर आफ्नो ‘पिलर’ लाई जोगाइरहन अमेरिकालाई यति सम्भव देखिदैन। त्यस कारण अमेरिकाले आफ्नो कूटनीतिक गोटी चीन–अमेरिका सम्बन्ध बिस्तारको दिशामा अगाडि बढाएको छ। उत्तर कोरिया वर्मादेखि पाकिस्तान र इरानसम्मका प्रश्नहरुमा अमेरिकालाई चीनको राजनीतिक समर्थन अनिवार्य बन्न गएको छ।

आज उत्पीडित राष्ट्र र साम्राज्यवादीबीचको अन्तरविरोध प्रधान बनिरहेको परिवेशमा एक ध्रुवीय ल्याटिन अमेरिका मात्र होइन, एक ध्रुवीय एशिया हु‘दै यो धु्रवलाई एक ध्रुवीय अफ्रिका सम्म बिस्तार गरेर एसिया, अफ्रिका, ल्याटिन अमेरिकाका उत्पीडित मुलुकहरुको एकताबद्ध कूटनीतिक मोर्चाको स्थापना नहु“दासम्म अमेरिकी ध्रुवीय विश्व राजनीतिका अगाडि चीन मात्र ठूलो हा“क बनिरहेको अवस्थामा अमेरिकी कूटनीति प्राचीन कूटनीतिमा बदलिन खोज्नु अस्वाभाविक होइन। तर पनि उत्पीडित राष्ट्रहरुको मूक्तिका निम्ति एक ध्रुवीय एशिया आजको एशियाई कूटनीतिको प्राथमिक र महत्वपूर्ण आयाम हो। घटनाक्रमहरु जसरी अगाडि बढे पनि चीनको एक धु्रवीय एशिया र बहुध्रुवीय विश्वको चाहना अन्तर्गतको कूटनीतिप्रतिको अडान एशियाका उत्पीडित देशका निम्ति पनि धेरै हितकर छ।

इतिहासमा एसियाको भविष्य चीन, भारत र जापानद्वारा निर्माण गरिएका त्रिकोणात्मक कूटनीतिक रणनीतिमा निर्भर रहने गरेको छ। इतिहासको लामो कालखण्डदेखि चीन–जापान बीचको कूटनीतिका आर्थिक, सामाजिक र राजनीतिक सम्बन्ध शत्रुतापूर्ण रहिरहनु र दोस्रो विश्व युद्धमा अमेरिकाले खसालेको अणुबमबाट ािरोसिमा र नागासागी खरानी भएको इतिहास बिर्सेर जापानले अमेरिकी सेनालाई जापानको भूमिमा परेड खेल्न अनुमति दिएरै भए पनि चीनलाई रातो आ“खाले हेरिरहनु एक ध्र्रुवीय एशियाको कूटनीतिको लागि दुःखद पक्ष हो। अहिले अमेरिकाले चीन केन्द्रीय एसिया नीतिको नया“ कूटनीति अगाडि सारेपछि जापान आफू अमेरिकी नीतिको सदा समर्थक रहन नसक्ने प्रतिक्रिया दिएको छ। प्रधानमन्त्री युकिरो यामाले सरकारले जापानको विदेश नीति परिमार्जन गरेर ओकिनावास्थित अमेरिकी सैनिक केन्द्र सम्बन्धी २००६ को सम्झौतामा पुनः विचार गर्न खोजेको छ। जापान सरकारले अमेरिकी नेतृत्वको अफगान युद्धमा हिन्द महासागरमा तेल भर्ने आठ वर्ष पुरानो सहयोगसमेत बन्द गरेको छ। कम्तिमा पनि एक ध्रुवीय एशियाको कूटनीतिको अभ्यासका दौरान जापानले ओकिनावा क्षेत्रबाट अमेरिकी सेना फर्काउन जापानलाई अमेरिकामुक्त मुलुकका रुपमा उभ्याउन सक्ने पहलको सहयोग हुन्थ्यो तर जापानले अन्तर्राष्ट्रिय राजनीतिमा एशियाई देश चीन एक महाशक्तिको दिशामा उन्मुख भइरहेको र त्यो मुलुकस“ग आजको महाशक्ति अमेरिकाले चीन केन्द्रित एशियाई कूटनीतिको आयाम अगाडि बढाउन थालेको कदमका बिरुद्धमा जापानको यो आक्रोशले निश्चय नै बहुध्रुवीय एसियाको अमेरिकी स्वार्थमा नै मल हालेको देखिन्छ।

उन्नाइसौं शताब्दीको मध्य कालमा मेइजीको शासनकालका बेलामा एशिया जसरी विश्व राजनीतिको रंगमञ्चमा अगाडि आयो, यो गतिमा आज चीन अगाडि आएको छ, अन्यथा कुनै पनि एशियाई मुलुकले यो भूमिका निर्वाह गर्न सकेको छैन। अहिले विश्वको भू–राजनीतिमा प्रभाव पार्ने मनोवैज्ञानिक मात्र होइन, वास्तविक शक्ति अमेरिकाबाहेक अर्काे कुनै मुलुक छ भने त्यो चीन हो। १९४९ मा चीनमा जनवादी क्रान्ति भएपछि अमेरिकाले चीनलाई १९७० सम्म एउटा देश ठानेर च्याङकाइसेकको फर्माेसा (आजको ताइवान) लाई चीन ठानेर कूटनीतिक सम्बन्ध कायम ग¥यो। यस्तो उदेक लाग्दो अमेरिकी कूटनीतिले १९७१ मा तत्कालीन अमेरिकी राष्ट्रपति निक्सनको चीन भ्रमण पश्चात पल्टा खायो। चीन संयुक्त राष्ट्र संघका सदस्य र भिटो शक्तिका रुपमा विश्व राजनीतिमा अगाडि आएपछि चीनमा प्रतिक्रान्ति भयो तर पनि विश्व राजनीतिमा अमेरिकाको एउटा ‘काउन्टर पार्टस’ का रुपमा चीन रही नै रहेको अवस्थामा विश्व राजनीतिको कूटनीतिक आयाममा एक ध्रुवीय एशियाको बिडा उठ्ने हो भने मात्र एशियाको पुरानो सभ्यताको का“‘चुली फेर्न सक्ने देखिन्छ। तर त्यसका पछाडिका सम्भावना वा आधारभूमिहरु भने सिमसारको दलदले भन्दा कमजोर छन्। यो दलदल भावी महाशक्तिका रुपमा उठाउ“दै गरेको चीनका लागि पनि सानो हा“क होइन। युरोप र अमेरिकाका बीचमा अन्तरविरोधहरु छन् तर अमेरिकाले एकल ध्रुवीय साम्राज्यवादी ‘पिलर’ खडा भइरहन सक्नुमा उत्तरी अमेरिकी मुलुक मात्र होइन, युरोपको पू“जीवादी साम्रँज्यवादको टेकेको पनि कम्ति शक्तिशाली आड रहेको छैन।

एशियामा अंग्रेजी साम्राज्यवाद विस्तार भइरह“दा भीमसेन थापाले अंग्रेजी साम्राज्यवादका विरुद्ध एशियाई एकताको आवाज उठाएका थिए। नेपालको इतिहासको यो ऐतिहासिक सन्दर्भ वा भीमसेन थापाको त्यो उद्घोषणको महत्व आज पनि अमेरिकी साम्राज्यवादले एशिया थर्काएको सन्दर्भमा थप सान्दर्भिक भएको छ। दोस्रो विश्व युद्धमा जापानले पनि एशियाई एकताको नारा लगाएको थियो, तर जापानको गा“ठो जर्मनीका नाजी र इटलीका फासीवादीहरुस“ग जोडिएको सन्दर्भमा यो नाराको उपादेयता हुन सकेन। आज एशिया बहुध्रुवीय, बहुजातीय, बहुधार्मिक हु‘“दै बहुवंशीय युद्धको क्रीडास्थल बन्दै गइरहेको छ। अमेरिका अन्तरजातीय विवाह, अन्तरजातीय समाज हु“दै एउटा ‘कम्प्लेक्स सोसाइटी’ को अवधारणा विकसित हु“दैछ। युरोपले एउटा देशको एकता मात्र होइन ‘युरोपेली युनियन’ मार्फत युरोप एकताको अवधारणा अगाडि सारिरहेको छ। अमेरिकाको ‘कम्प्लेक्स सोसाइटी’ र युरोपको युरोपेली युनियन जस्ता राष्ट्रिय तथा महादेशीय एकताका औजार यति बलिया बनेका छन् कि ती औजारहरुलाई बहुध्रुव, बहुराष्ट्र मात्र होइन, बहुजात, बहुक्षेत्र हु“दै बहुवंशमा समेत बा“डिदै गएको विशेषतः अफ्रिका र एशियाको पिछडिएको राजनीतिले ती औजारलाई तत्काल हल्लाउन सक्ने देखिदैन। ‘आफैमा विभाजन’ अफ्रिका र एशियाको बदलिदो शक्ति सन्तुलन विश्व राजनीतिको भयानक दुःख बनेको छ।

चीन–जापानको परम्परागत शत्रुता उत्तर पूर्वी भारतीय राज्यमा भारत–चीन सीमा विवाद, भुटानको आकाशमा भारतीय अम्रेला, समुद्रको पानी बा“डफा“डलगायतका प्रश्नमा भारत र बंगलादेशका बीचको मतभेद, श्रीलंकालाई उचाल्ने र पछार्ने भारतको नीति, नेपालमाथि भारतले कसिलो बनाउ“दै लगेको अंग्रेजी साम्राज्यवादी अनुहारको अर्धऔपनिवेशिक नीति, भाल्दीभ्समा भारतको उपस्थिति, पाकिस्तान–भारत बीचको शत्रुता र पाकिस्तानको साम्प्रदायिक घाउ, अफगानिस्तानको गृहयुद्धको खटिरो, भारत अमेरिका आणविक ‘डिल’ दक्षिण एशियामा भारतको विस्तारवादी नीति एक ध्रुवीय एशियाको आवश्यकताविरुद्धको अगाडि उभिएका डरलाग्दा कहानीहरु हुन्। मेरो धर्म, मेरो वंश, मेरो जाति, मेरो गाउ“, मेरो खलक श्रेष्ठ छ भन्ने मध्य युगीन मानसिक संस्कारले इथोपिया, नाइजेरिया, सुडानलगायत दर्जनांै अफ्रीकी मुलुक मात्र तबाह भएका छैनन्, अफगानिस्तान, पाकिस्तान र इराकलाई पनि गा“जेको छ। हाम्रँे मुलुकमा जनआन्दोलनको तागतमा धर्मनिरपेक्ष राज्य र गणतन्त्र स्थापना भएको छ, यो बिन्दुबाट हामी राष्ट्रिय एकता र सद्भावलाई मजबुत बनाएर प्रजातान्त्रिक, विकेन्द्रीकरण, स्थानीय स्वशासनसहितको एकात्मक राज्य प्रणालीमार्फत अग्रगामी अगाडि जानेबेलामा पछाडि फर्केर जात र वंशको राज्य खोजेर मुलुकलाई) बहुजातीय ध्रुवमा विखण्डन गराउने अभ्यासहरु भइरहेका छन्। यसबाट हामी मुक्त हुने होइन, अरु पराधीनता र भयावहको अवस्थामा वेग हान्दैछौं भन्ने कुरामा विमति राख्ने ठाउ छैन।

अमेरिका र युरोपियन साम्राज्यवाद आज एउटा ध्रुवमा एक ढिक्का भएका छन्। राष्ट्रिय एकता भन्दा माथि उठेर महादेशीय एकता, भूमध्य सागरीय एकता तिनीहरुको आदर्श बनेको छ। यही आदर्शबाट आर्जन भएको आर्थिक, सामाजिक तथा राजनीतिक शक्तिका बलमा एक ध्रुवीय विश्व साम्राज्यवादले तेस्रो संसारका मुलुकहरुमाथि आर्थिक, सामाजिक, राजनीतिक प्रभुत्व कायम गरिरहेको छ। अफगानिस्तानमा सोभियत कम्युनिस्ट सेनाहरुका विरुद्ध तालिवानलाई मल हालेको अमेरिकाले आज आफ्नो एकल धु्रवीय साम्राज्यवादी अधिनायकत्व जारी राख्न र तेस्रो संसारमा ब्रह्मलुट मच्चाउन अमेरिकाले जातीय, क्षेत्रीय उन्मादपूर्ण र असभ्य राजनीतिलाई मल हालिरहेको छ। हाम्रो मुलुक त्यसैको शिकार भइरहेको छ। ‘विश्व शान्ति’ कायम गर्ने अभियानमा लाग्ने घोषणा बोकेको संयुक्त राष्ट्रसंघले अमेरिकी साम्राज्यवादको तालमा ताल मिलाउ“दै आएको छ। उत्पीडितवर्गको मुक्ति होइन जाति, लिंग र क्षेत्रका मुद्दाहरुलाई बढ्ता उछालेर अमेरिकाको नेतृत्वको एकल ध्ुवीय विश्व साम्राज्यवादले ल्याटिन अमेरिका, अफ्रिका र एशियाका प्रत्येक देश, राज्य, धर्म, जात–जाति भाषा, संस्कृति र वंशहरुलाई समेत धु्रवीकृत बनाउन जाल फ्या“केको छ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top