Free songs
Home / समाचार / प्रमुख समाचार / स्वर्गद्वारीमा एकै दिन पन्ध्र हजार तीर्थालु

स्वर्गद्वारीमा एकै दिन पन्ध्र हजार तीर्थालु

 सागर रिजाल

प्युठान,  साउनको अन्तिम सोमवार नेपालको सात धाम मध्येको एक प्रसिद्ध धार्मिकस्थल स्वर्गद्वारी नगरपालिका वडा नं.  २ मा अवस्थित स्वर्गद्वारी मन्दिरमा तीर्थयात्रीहरूको संख्या विगतको तुलनामा तेब्बर भएको छ। विशेष गरेर साउन महिनाका सोमवारहरूमा तीर्थायात्रीहरूको घुइचो स्वर्गद्वारी मन्दिरमा हुने गर्छ। जेठ, माघ तथा साउन महिनामा नेपालको मधेश तथा भारतका विभिन्न ठाउबाट यस मन्दिरमा तीर्थालुहरूको घुइचो बढ्छ। साउनको अन्तिम सोमवार दाङको बाटो भएर आउने र आधार शिविर भिंग्री प्युठानको बाटो भएर मन्दिर पुग्ने भक्तजनको संख्या पन्ध्र हजार नाघेको जनाइएको छ। साउन महिनामा स्वर्गद्वारी महाप्रभुको दर्शन गरे घर तथा परिवारमा दरिद्रता हट्ने वर्षभरि सुख शान्ति हुने, रोग व्यथा नलाग्ने भक्तजनहरूको विश्वास छ।

अहिलेसम्म ११ औं पटक स्वर्गद्वारी महाप्रभुको दर्शन गरेका बिहार भारतका ५४ वर्षीय सेहमाद सार्पुलले महाप्रभुले आफ्नो परिवारमा सुख शान्ति ल्याइदिएको बताउनुभयो। उहा जस्तै धेरै तीर्थयात्रीहरुको भनाइ एउटै हुन्छ।

बजार व्यवस्थापनमा चुनौती

स्वर्गद्वारी आधारशिविर भिंग्री बजारमा भने व्यवस्थापनमा चुनौती देखिएको छ। उपयुक्त बसपार्कको व्यवस्था नभएकोले सयौं बसहरू सडकको छेउमै पार्क गर्नुपर्ने बाध्यता छ। मौसमको बेला भक्तजनलाई लिएर यहा“ एकदिनमा करीब तीन सयवटा ठूला बसहरू आउ“छन्। स्वर्गद्वारी गेट नजिकै भएको एउटा बसपार्क पनि व्यवस्थित हुने क्रममा छ। यहा“ शहरी विकास कार्यक्रम अन्तर्गत भवन डिभिजन कार्यालयको मातहतमा पार्क व्यवस्थापन हु“दैछ तर यसमा पनि बढीमा ३० वटासम्म ठूला बसहरूमात्र अट्न सक्ने भएकोले मौसमी यस्ता धेरै बसहरूलाई व्यवस्थापन गर्न निकै कठिन रहेको स्वर्गद्वारी नमूना बसपार्क व्यवस्थापन समितिका अध्यक्ष गणेशमान कालाथोकीले बताउनुभयो ।

बसपार्क व्यवस्थापन नहु“दा वैकल्पिक उपायको लागि निकै गम्भीर भएर लागेको बताउदै नगरप्रमुख नेत्रबहादुर रोका क्षेत्रीले यसको व्यवस्थापनमा नगरपालिका अगाडि बढेर उपयुक्त विकल्प खोज्दै गरेको बताउनुभयो। बन्दै गरेको आधुनिक प्रविधियुक्त पार्क जिमुरपाटा दमारको चौर तथा जलुके नजिकैको लामाचौरलाई व्यवस्थापन गर्न सके यस्तो मौसमी यातायातलाई व्यवस्थापन गर्न सकिने उहा“ले बताउनुभयो।

शौचालय नहुदा समस्या

शौचालय नह“ुदा भक्तजनहरूले सडक किनार, सार्वजनिक स्थल, खुला ठाउ“ जहा“तहीं दिसापिसाब गर्दा नगरपालिका कार्यालय तथा बजार वरिपरिको वातावरण धेरै दुर्गन्धित बनेर बसिसक्नु छैन। यसले महामारी फैलने त्रासमा छन् स्थानीय बासिन्दाहरू। यसरी फोहोरको व्यवस्थापनमा लाग्दा लाग्दै पनि व्यवस्थापन गर्न निकै कठिन भएको बताउदै नगरप्रमुख रोकायले यसले आफूलाई निकै चिन्तित तुल्याएको बताउनुभयो। यस ठाउ“मा उपयुक्त सार्वजनिक शौचालयको निर्माण गर्नु अत्यावश्यक भएको तर उपयुक्त ठाउ“मा जग्गा नभएका कारण गाह्रो भएको उहा“को भनाइ छ।

यही वरिपरि कुनै व्यक्ति वा संघ संस्थाले आवश्यक जग्गा उपलब्ध गराए तत्कालै व्यवस्थित तथा उपयुक्त शौचालय निर्माण गरिने प्रमुखको भनाइ छ। यसरी फोहोर व्यवस्थापन, बसपार्किङको व्यवस्थापन गरी स्वर्गद्वारीमा पर्यटकलाई व्यवस्थापन गरी यसको गरिमा उच्च राख्न आफू दत्तचित्त भएर लागेको र योजनाबद्ध तरीकाबाट काम अगाडि बढेको नगरप्रमुख रोकायले बताउनुभयो ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top