Free songs
Home / समाचार / संक्षिप्त समाचार / व्यापक गुनासोपछि तुलसीपुरको बसपार्कमा सरसफाइ

व्यापक गुनासोपछि तुलसीपुरको बसपार्कमा सरसफाइ

युगबोध समाचारदाता

तुलसीपुर,  तुलसीपुरको बसपार्कमा सरसफाइ गरिएको छ। बसपार्कको टिकट काउन्टर वरपर फोहर थुप्रिएका कारण वातावरण नै प्रदूषित बनेको व्यापक जनगुनासो आएपछि तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेको नेतृत्वमा सरसफाइ गरिएको हो।
१५५औं सरसफाइ अभियानअन्तर्गत बसपार्कलाई केन्द्र बनाएको सरसफाइ टोलीले करिब चार क्वीन्टल फोहोर व्यवस्थापन गरेको तुलसीपुर उपमहागनरपालिकाका सूचना अधिकारी झरेन्द्र खरेलले जानकारी दिनुभयो। टिकट काउन्टर वरपर रहेका नाला सरसफाइ गर्नुका साथै बिस्कुट, चाउचाउ, गुटखा, सुर्तीजन्य वस्तुका खोल र सडेगलेका फोहोर वस्तुहरु हटाएको सूचना अधिकारी खरेलले बताउनुभयो।

तुलसीपुर उप–महानगरपालिकाले पहिलो पटक भन्दै त्यहा“को टोल विकास संस्था, विभिन्न बस समितिका टिकट काउन्टर, पसलधनी र स्थानीयलाई आगामी दिनमा फोहोर नगर्न सचेत गराएको छ। क्लीन तुलसीपुर ग्रीन तुलसीपुर अभियानअन्तर्गत १५५ औं हप्तामा आइपुग्दासम्म सरसफाइको प्रभावकारिता नहुनु आफैमा आश्चर्यको विषय भएको भन्दै कतिपयले मान्छेले जिम्मेवारीबोध नगरेकै कारण प्रत्येक हप्ता गरिने सरसफाइ अभियानलाई समेत चुनौती थपिएको बताएका थिए ।

सरसफाइ अभियानमा तुलसीपुर उद्योग वाणिज्य संघ, तुलसीपुर नगर जेसीज, रोटरी क्लव, रोट्रयाक्ट क्लव, लायन्स क्लव, भूतपूर्व प्रहरी संगठन, पतञ्जलि योग समिति, १९ नं. बाहिनी अड्डा तुलसीपुर, ओमशान्ति, ज्येष्ठ नागरिकलगायतको सहभागिता थियो।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top