Free songs
Home / फिचर समाचार / विपद्बाट साढे १७ करोडको क्षति

विपद्बाट साढे १७ करोडको क्षति

निमुसंगम घर्ती

घोराही, दाङमा बितेको १५ महिनामा विभिन्न विपतका कारण साढे १७ करोड बढीको भौतिक क्षति भएको छ। मानवीय क्षति बाहेक भौतिक क्षतितर्फ बितेको १५ महिनामा १७ करोड ६५ लाख पाच हजार नौ सय ५० रुपैया“ बराबरको क्षति भएको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ।

आगलागी, हावाहुरी, चट्याङ, वर्षा, डुबान, बाढी, पहिरो, असिनापानीका कारण २०७५ र २०७६ सालको बैशाख, जेठ र असारसम्म उक्त क्षति भएको केन्द्रका सूचना अधिकारी खिलानाथ दाहालले जानकारी दिनुभएको छ। २०७५ सालमा हावाहुरीका कारण एक सय २०, आगलागीका एक सय एक, चट्याङ छ, बाढी तीन, भारी वर्षाले ५५ वटा संरचनाहरुमा क्षति पुयाएको थियो। बितेको वर्षमा तीन सय २४ वटा विभिन्न प्राकृतिक विपतका घटना हुदा १२ करोड ८६ लाख ३२ हजार छ सय ५० रुपैयाको क्षति भएको देखिएको छ।

हावाहुरीबाट एक करोड ९१ लाख ७३ हजार सात सय रुपैया“, आगलागीबाट नौ करोड ३८ लाख सात हजार नौ सय ५० रुपैया“, चट्याङबाट साढे सात लाख रुपैया र वर्षाका कारण एक करोड ३९ लाख ३७ हजार सात सय रुपैया“ बराबरको क्षति भएको सूचना अधिकारी दाहालले जानकारी दिनुभयो।

यसैबीच २०७५ सालमा विभिन्न घटनामा परी ६३ जनाको मृत्यु भएको छ। १८ जनाको पानीमा डुबेर, सात जनाको आगोमा जलेर, सर्पको डसाइबाट सातजना, करेन्ट लागेर पाचजनाको र चट्याङ लागेर दुईजनाको मृत्युभएको छ। यसैगरी २०७६ सालको तीन महिनामा प्राकृतिक विपतबाट चार करोड २० लाख २३ हजार तीन सय रुपैया“को क्षति भएको केन्द्रको भनाइ छ।

बितेको तीन महिनामा पनि १८ जनाको विभिन्न घटनामा परी मृत्यु भएको छ। आगलागीमा परी दुई, पानीमा डुबेर पा“च, बाढीमा परी दुई, औद्योगिक दुर्घटनामा तीनजना र करेन्ट लागेर एकजनाको मृत्यु भएको छ। अन्य वर्षको तुलनामा बितेको वर्षमा बाढी, पहिरो तथा डुबानबाट भने क्षति घट्दै गएको केन्द्रको भनाइ छ। विपतकै कारण दर्जनांै घरहरु विस्थापित भएका छन्।
२०७५ सालमा एक हजार ५६ जना विस्थापित भएका थिए भने चालु वर्षमा दुई सय ७६ जना विस्थापित भएका छन्। यसरी हेर्दा १५ महिनामा विपतकै कारण १३ सय ३२ जना विस्थापित भएका छन्।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top