Free songs
Home / फिचर समाचार / मैदान बनेपछि डेरा गरेर क्रिकेट सिक्दै

मैदान बनेपछि डेरा गरेर क्रिकेट सिक्दै

 दशरथ घिमिरे

देउखुरी, राहुल सिंहको घर भारत उत्तर प्रदेश हो। तर उहा विगत तीन वर्षदेखि लमहीमा क्रिकेट अभ्यासको लागि यहा बस्दै आउनु भएको छ। लमहीमा क्रिकेट खेलको पूर्वाधार थपिदै जादा स्वदेशी खेलाडी मात्रै होइन, विदेशी खेलाडी अभ्यासको लागि डेरा लिएर बस्न थालेका छन्। ‘यहा राम्रो मैदान छ। त्यही भएर सिक्न आएको हु’– उहाले भन्नुभयो– ‘डेरा लिएर क्रिकेट सिक्दैछु। म सहित चार÷पा“चजना साथीहरु छौं।’

देउखुरी स्थानीय खेलाडीहरुका लागि मात्रै हैन, बाह्य जिल्ला हु“दै भारतबाट समेत यो खेल मैदानमा खेलाडीहरुले अभ्यास गरिरहेका छन्। सचिव रिजालका अनुसार भारतका केही खेलाडीहरु लमहीमै बसेर यही खेलमैदानमा अभ्यास गरिरहेका छन्।

‘यो खेल मैदान तयार भएपछि लमही क्षेत्रका खेलाडीहरुका लागि मात्रै हैन, बाहिरी जिल्ला तथा भारतीय खेलाडीहरुका लागि अभ्यास गर्ने उचित थलो बनेको छ’– उहा“ले भन्नुभयो– ‘भारतीय केही खेलाडीहरु पनि लमहीमै बसेर यही खेलमैदानमा नियमित अभ्यास गरिरहनुभएको छ।’

स्थानीयस्तरमा पनि खेलाडीहरु उत्पादन हुन थालेका छन्। लमहीमा अन्तर्राष्ट्रिय मापदण्ड पुगेको मैदान निर्माण भएपछि खेलाडीहरु आकर्षित भएका छन्। ‘खेतको गरा, बाटोमा खेल खेल्दै आयौं। अहिले मैदान बनेर धेरै सजिलो भयो’– क्रिकेट खेलाडी तामबहादुर बुढाले भन्नुभयो– ‘यो मैदानमा अब राष्ट्रियस्तरका प्रतियोगिता नियमित गराउन ध्यान दिनुपर्छ।’

कुनै समय ढुंगै ढुंगाको मैदान थियो। संरक्षण थिएन। गाईचरन गर्ने थलो बनेको थियो। संरक्षणमा चासो थिएन। तर अहिले त्यही ढुंगैढुंगाको मैदानले रुप फेरेको छ। अहिले यो मैदानको राष्ट्रियस्तरमा चर्चा शुरु भएको छ। केही समयअघि मात्रै आठौं राष्ट्रिय खेलकुदअन्तर्गत राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता सम्पन्न भएको थियो। यति मात्रै हैन, स्थानीयस्तरमा पनि अब्बल खेलाडी उत्पादन गर्ने गतिलो थलो समेत यो मैदान बनेको छ।

‘यति ठूलो खेल मैदानको सदुपयोग हुन नसक्दा यहा“का खेलाडीहरुलाई खेल सिक्ने अवसर पनि मिलेको थिएन’ देउखुरी क्रिकेट संघका सचिव पवन– रिजालले भन्नुभयो– ‘अहिले बिहान र बेलुकाको समयमा देउखुरीका खेलाडी साथीहरुले यही खेलमैदानमा खेल्ने अवसर प्राप्त गर्नुभएको छ।’

उचित खेल मैदान नहु“दा स्थानीय खेलाडीहरु ढुंगैढुंगा भएको डा“डामा खेल अभ्यास गर्दै आएका थिए। ‘दुई वर्ष यता यो खेल मैदान निर्माणले राम्रोस“ग गति लिन पायो, अब यो खेलमैदान अन्तर्राष्ट्रिय खेल सम्पन्न गर्नका लागि अन्तिम अवस्थामा पुगेको छ’– सचिव रिजालले भन्नुभयो– ‘महिला राष्ट्रिय प्रतियोगिता पनि भर्खरै मात्रै यही मैदानमा सम्पन्न भइसकेको छ।’

३५ हजार दर्शकले अवलोक गर्न सक्ने क्षमता रहेको यो खेल मैदानको सबै काम पूरा भइसकेको छ। मैदानमा पा“चवटा पिच तयार भएका छन्। यस अलावा खेल अभ्यास गर्नका लागि छुट्टै पीचसमेत निर्माण गरिएको छ। ‘खेल मैदानभित्रको काम सबै सकिइसकेको छ’– सचिव रिजालले भन्नुभयो– ‘बाउन्ड्रीलगायत बाहिरी भौतिक संरचना निर्माणको काम मात्रै अब बा“की छ, यी काम पनि भरहेका छन्।’यो खेलमैदानको निर्माण लमही नगरविकास समितिको अगुवाइमा भइरहेको छ। नगर विकास समितिले शुरुमा यो खेल मैदान निर्माणका लागि दुई करोड बढी रकम विनियोजन गरेको थियो। यसैगरी संघीय सरकारले ७५ लाख रुपैया“ विनियोजन गरेको थियो। अहिले नगर विकास समितिले खेल मैदानको भौतिक संरचना निर्माणका लागि साढे तीन करोढ बजेट विनियोजन गरेको छ।

यसैगरि संघीय सरकारले एक करोड रकम विनियोजन गरेको छ। यो खेलमैदानका लागि यो वर्ष बजेट विनियोजन नगरेको प्रदेश सरकारले गत आर्थिक वर्षमा भने ७५ लाख रकम विनियोजन गरेको थियो। उक्त बजेटमध्ये २५ लाख रुपैया“ लमही नगरपालिकाले समयमा काम गराउन नसक्दा फ्रिज भएको थियो।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top