Free songs
Home / फिचर समाचार / बोक्सी आरोपमा यातना आत्महत्याको प्रयास

बोक्सी आरोपमा यातना आत्महत्याको प्रयास

 राधेश्याम गुप्ता

लमही,  गढवा गाउपालिका–६ थान देउखरकी एक महिलाले बोक्सीको आरोपमा चर्को तनाव झेल्दै आएकी छन्।
बोक्सीको आरोपमा पटक–पटक कुटपिट, गालीगलोजबाट पीडित भएपछि उनले पटक–पटक आत्महत्याको प्रयास गरेको उनका पतिले बताएका छन्।

यही साउन २२ गतेका दिन स्थानीय रामगोपाल यादवकी छोरी अन्दाजी वर्ष १५ की सीता यादव विरामी भएपछि रामगोपाल यादवका पूरै परिवार कुटपिट गर्ने उद्देश्यले रामकली यादव (नाम परिवर्तन) का घरमा पुगी गाली गलोज गरे। आक्रमणको त्रासले घरबाट ननिस्केपछि उनीहरु गालीगलौज गर्दै फर्केका थिए।

पीडित यादवले गढवा गाउपालिकाको न्यायिक समितिमा निवेदन दिए पनि उनले न्याय पाउन नसकेकोे परिवारले जनाएको छ। दुई वर्ष अघि सोही गाउ“का हुर्मत यादवकी छोरी बविता यादव विरामी भएपछि हुर्मत यादवका परिवारले रामकली यादवलाई बोक्सी भन्दै भुइमा पछारेर कुटपिट गरेका थिए। त्यतिबेला पीडितका पक्षमा बोल्ने श्रीमानलाई समेत कुटपिट गरिएको थियो।

हुर्मत यादवको कुटाइबाट अझै पनि शरीर दुखिरहेको यादवको दु खेसो छ। यस विषयमा इलाका प्रहरी कार्यालय गढवामा निवेदन परेपछि तीन दिनसम्म छलफल चलेको थियो। समाजसेवी अनुराग यादवबाहेक अरु कसैले न्यायोचित कुरा बोल्न सकेनन्। नेपाली कांग्रेसका प्रतिनिधि अनुराग यादवले विनाप्रमाण बोक्सीको आरोप लगाउन पाइ“दैन भनेपछि अब आइन्द बोक्सीको आरोप नलगाउने शर्तमा दुबै पक्षबीच मिलापत्र भएको थियो।

यसभन्दा अघि सोही गाउका सतनाम यादवका बुहारी विरामी परेपछि सतनाम यादवका परिवारले मेरो बुहारीलाई किन बोक्सी लगाइस्, ठीक गर भन्दै यादवमाथि कुटपिट गरेका थिए। त्यसो त पहिलोपटक श्रीमतीमाथि बोक्सी आरोप लागेपछि स्वयं श्रीमानले पनि पिटेका थिए। पटक–पटकको यातनाबाट पीडित महिलाले आत्महत्याको प्रयास गर्ने गरेको भन्दै श्रीमानले न्यायका लागि सबैस“ग अनुरोध गरेका छन्।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top