Free songs
Home / फिचर समाचार / प्रदेश ५ को मन्त्रिपरिषद् बैठक:सीप विकासका कर्मचारीलाई अवकाश

प्रदेश ५ को मन्त्रिपरिषद् बैठक:सीप विकासका कर्मचारीलाई अवकाश

 यमलाल भुसाल

बुटवल, प्रदेश ५ को सरकारले स्थानीय तहका जनप्रतिनिधिलाई दोहोरो सुविधा लिन पाउनेदेखि सीप विकास तालिम केन्द्रका कर्मचारीलाई अवकाश दिनेसम्मका निर्णय गरेको छ। प्रदेश ५ को मन्त्रिपरिषदको मंगलवार बसेको बैठकले सो निर्णय गरेको हो।
बैठकले आठवटा विषयमा निर्णय गरेको पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले बताउनुभयो। मन्त्रिपरिषद बैठकले पेन्सन प्राप्त स्थानीय तहका जनप्रतिनिधिले दोहोरो सुविधा पाउने गरी स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुको सुविधासम्बन्धी ऐन, २०७५ संशोधन गर्ने विधेयकलाई सैद्धान्तिक स्वीकृति दिएको छ।

बैठकले सीप विकास तथा व्यावसायिक तालिम केन्द्रमा कार्यरत अस्थायी तथा करार कर्मचारीलाई भदौ १ गतेदेखि अवकाश दिने दिने निर्णय गरेको छ। प्रदेश ५ अन्तर्गत बुटवल, दाङ र नेपालगञ्जमा सीप विकास तथा व्यावसायिक तालिम केन्द्रका कार्यालय रहेका छन।
केन्द्रका अस्थायी तथा करार सबै कर्मचारीलाई नेपाल सरकारको नियम अनुसार सुविधा दिई अवकाश दिने निर्णय गरेको मन्त्री चौधरीले बताउनुभयो। त्यस्तै प्रदेश सरकारले कपिलवस्तु जिल्लाको शुद्धोधन गाउपालिकाको केन्द्र हालको वडा नं. ३ लवनबाट परिवर्तन गरी वडा नम्बर २ को ठूलोनन्दनगर तोक्न केन्द्रीय सरकारलाईसिफारिस गर्ने निर्णय गरेको छ।

प्रदेश लोक सेवा आयोगका कार्यालय बुटवलमा राख्ने निर्णय पनि गरेको पत्रकार सम्मेलनमा मन्त्री चौधरीले बताउनुभयो। त्यसैगरी सडक दुर्घटनामा ज्यान गुमाएका प्रदेशसभाका सदस्य उत्तरकुमार ओलीको वीमावापतको १० लाख रकम पत्नीलाई प्रदेशसभा सचिवालयमार्फत प्रदान गर्ने, बजार अनुगमन तथा प्रतिस्पर्धा प्रवद्र्धन गर्नका लागि विधेयक वनाउन स्वीकृति प्रदान गर्ने निर्णय पनि मन्त्रि परिषद बैठकले गरेको छ।

बैठकले सामाजिक विकास मन्त्रालयले प्रदेश विश्वविद्यालय स्थापना र प्रदेशअन्तर्गत सञ्चालन हुने उच्च शिक्षासम्बन्धी शैक्षिक संस्थाहरुको नियमन गर्न उच्च शिक्षा नीति सम्बन्धमा बनाउन लागेको विधेयकबारे पनि स्वीकृति प्रदान गर्ने निर्णय गरेको मन्त्री चौधरीले पत्रकार सम्मेलनमा बताउनुभयो।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top