Free songs
Home / समाचार / संक्षिप्त समाचार / प्रदेश लोक सेवा आयोगका अध्यक्षद्वारा पद बहाली

प्रदेश लोक सेवा आयोगका अध्यक्षद्वारा पद बहाली

बुटवल, (युस)– प्रदेश ५ को लोक सेवा आयोगका नवनियुक्त अध्यक्ष प्रा. डिलाराम भट्टराईले मंगलवार पद तथा गोपनीयताको शपथ लिनुभएको छ। प्रदेश लोक सेवा आयोग ऐन २०७६ को दफा ३ को उपदफा ७ बमोजिम प्रदेश ५ का प्रदेश प्रमुख उमाकान्त झाको उपस्थितिमा उहा“कै कार्यालयमा आयोजित कार्यक्रममा उच्च अदालत तुल्सीपुरका मुख्यन्यायाधीश रमेश पोख्रेलले आयोगका अध्यक्ष भट्टराईलाई शपथ गराउनुभएको हो।

 

शपथग्रहण समारोहमा प्रदेश प्रमुख झा, मुख्यमन्त्री शंकर पोख्रेल, प्रदेश सभाका सभामुख पूर्णबहादुर घर्तीसहित प्रदेशका सबै मन्त्री, प्रदेशका प्रमुख सचिव, योजना आयोगका पदाधिकारीहरु, प्रदेश मन्त्रालयका सचिवहरुसहित उच्च अधिकारी तथा जनप्रतिनिधिहरुको उपस्थिति थियो। प्रदेश सरकारको सिफारिसमा यही साउन २३ गते प्रदेश प्रमुख झाले भट्टराईलाई प्रदेश लोक सेवा आयोगको अध्यक्षमा नियुक्त गर्नुभएको थियो।

अर्घाखाची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नं. १० का स्थायी बासिन्दा भट्टराई प्रदेश लोकसेवा आयोगको अध्यक्ष बन्नु अघिसम्म महेन्द्र बहुमुखी क्याम्पस दाङका गणित विभागका प्रमुख हुनुहुन्थ्यो।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top