Free songs
Home / फिचर समाचार / पुख्र्यौली कला झल्काउन निगालोको प्रयोग

पुख्र्यौली कला झल्काउन निगालोको प्रयोग

जयमान बुढा मगर

रुकुमपूर्व,  पुर्खादेखि ग्रामीण भेगमा बहुउपयोगी हुदै आएको निगालो जन्मदेखि मरनसम्म आवश्यक पर्दछ। निगालोबाट निर्माण गरिएका कलात्मक सामग्री ग्रामीण वस्तीहरुमा बहुप्रयोग गर्दै आएको पाइन्छ। पुख्र्याैलीबाट कलात्मक रुपमा प्रयोग गर्दै क्रमशः पुस्तान्तरण गरी अहिलेसम्ममा प्रयोगमा रहेका छन्। पहिलेको भन्दा अहिले निगालोका विरुवा धेरै नै कम भएको स्थानीयले बताएका छन्। विरुवाको कमी स“गस“गै यसबाट सामग्री निर्माण गर्ने सीप पनि हराउदै गएको छ।

जब मान्छेको जन्म हुन्छ त्यही दिनदेखि नै उसलाई बोक्ने डोको र सुताउने कोक्रो बनाइन्छ। ग्रामीणका बेत भनेको नै कोक्रो हो। डोको र कोक्रोबाट नै एक व्यक्तिले जीवनमा प्रयोगको शुरुवात हुन्छ निगालो। त्यसपछि मान्छेको शारीरिक बृद्धि विकास हु“दै जान्छ त्यसै अनुसार नै निगालोको प्रयोग तथा आवश्यकता पर्दै जान्छ र प्रयोग हुन्छ। सानो मान्छे (बालक) ले निगालोबाट ससाना सामग्री निर्माण गर्दै प्रयोग गर्दछ। डोकोको सानो रुप जसलाई स्थानीयले (लाम्झा) भन्ने गर्दछन्।

लाम्झा निर्माण गरेर त्यसमा सिस्नु, आलु, सागपात टिप्न प्रयोग गरिन्छ। बालकबाट वयस्क हु“दै जान्छ त्यसपछि निगालोको बहुप्रयोग गर्ने आवश्यकता पर्दै जान्छ। त्ससपछि प्रत्येक जन्मेको अवश्य पनि उसको परिवार हुन्छ। परिवार भइसकेपछि उसलाई वासस्थानको लागि घर निर्माण गर्नुपर्दछ। गाउ“मा घर दुई किसिमका हुन्छन् खरको र ढुङ्गाको तर अहिले सडक पुगेको हुनाले टिन (जस्तापाता) ले पनि छाउने गरेका छन्। जस्तापाताका घर छाउनुको लागि त्यति आवश्यक पर्दैन तर खर र ढुङ्गाले छाउनेमा निगालोको अधिक प्रयोग हुन्छ। विभिन्न काठलाई बा“ध्ने गरिन्छ। पानीमा परेन भने लामो समय सम्म केही हुदैन।

त्यसैगरी पशुचौपाया पालन, जग्गा घेरबार जस्ता दैनिक कामकाजमा अधिक प्रयोग हुन्छ। पशुपालनका लागि गोठ निर्माण, पशुचौपायबाट अन्नबाली सुरक्षा गर्नका लागि छेकबारमा निगालोले बा“ध्ने गरिन्छ। घा“सदाउरा, स्याउलासोत्तरका लागि साना देखि ठूला डोको, कुखुरा राख्ने निर्माण गरिएको चिंग्रा, अन्न सुकाउने मान्द्रोबाट गोठ, ओछ्याउने, प्रत्येकको घरमा चुलो माथि राख्ने निगालोबाट नै बनाइएको हुन्छ जसलाई बार भन्ने गर्दछन्। यी हुन् एक घरमा नभई नहुने सामग्री। त्यसैगरी संस्कार÷संस्कृतिस“ग पनि जोडिएको छ। हरेक काममा निगालोको प्रयोग हु“दै आएको छ।

विभिन्न पाठपूजा गर्दा धजो बा“ध्ने, पशुचौपायलाई गोठभित्र राख्दाको दिन र बाहिर निकाल्दाको दिनमा अनिवार्यरुपमा निगालोको दाम्लोले बा“ध्नु पर्ने परम्परागत मान्यता रहेको भूमे– २ गाबाङका कर्मजीत बुढाले बताउनुभयो। ‘दैनिक आवश्यक पर्ने नून, खुर्सानी, पिठोदेखि लिएर अरु साना–साना चिज राख्न र सुरक्षित गर्न विभिन्नखाले निगालोबाट सामग्री निर्माण गरेर प्रयोग गरिन्थ्यो’– उहा“ले भन्नुभयो– ‘तर,अहिले बजारबाट विभिन्न सामग्री भित्रिएका कारण यसको निर्माण कार्य कम भएको छ।’ अहिले नया“ आकृतिका भने पाउने कम भएको छ पहिलेका निर्माण गरिएका आकृतिका सामग्री पाइन्छ। निगालो किसानी जीवनका लागि बहुउपयोगी र आवश्यक भएकोले भूमे–१ लुकुम र २ का“क्रीले सामुदायिक वन समितिले संरक्षण गरेको छ। यहा मात्र होइन अरु गाउ“काले पनि यसको संरक्षणमा गरेका छन्। बन्द गरिएको क्षेत्रमा वर्षको एक पटक फुकुवा गर्ने गरिएको बताइएको छ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top