Free songs
Home / विचार / देशका युवाको विदेश मोह किन ?

देशका युवाको विदेश मोह किन ?

मेघराज भट्राई

दश पास गरेको भोलिपल्ट राहदानी बनाउन परराष्ट्र मन्त्रालय जान्छन्। आज १०० मा एकजना युवाले पनि राष्ट्र मेरो हो म यहीं बसेर यो आफ्नो जीवन सहज बनाएर बस्छु भन्ने धारणा राखेको देखिदैन। अली धनी ब्यक्तिको छोराछोरी जाने देश अमेरिका युके हुन्छ भने मध्यम वर्गको अस्ट्रेलिया जापान इन्डिया आदि देशतिर। यो देशको बिडम्बना नै भन्नुपर्छ कि प्राकृतिक साधन स्रोतको धनी हु“दाहु“दै पनि भिख मागेर राष्ट्र चलाउनु परेको छ सरकारलाई। राष्ट्रप्रतिको जिम्मेवारी कर्तब्य स्वतन्त्रताको अनुभूति नै नभएपछि हामी जन्मियौं हुर्कियांै अनि अरुको देशमा मर्न जान तयार भयौं। नौ महिनासम्म लगाएर ६० लाख नेपालीसम्म खर्चेर अमेरिका क्यानाडामा गुलाम हुन जान तयार हुन्छांै तर त्यो ६० लाख लगाएर मेरो देशभित्रको मालिक हुन्छु भन्ने सोच हामीभित्र छैन। यो आजको मुख्य समस्या हो।

आज विश्वका अधिकांश देशमा झन्डै ८० लाख नेपाली श्रमिक छन्। उनीहरुले पठाएको पैसाले देशको अर्थतन्त्रमा ठूलो काम गरिरहेको छ। तर साथ साथै दुःखको कुरा अर्को पनि के छ भन्दा देशभित्र नेपाली मजदुर नपाएर भौतिक निर्माणका ठूला साना आयोजना पूरा हुन सकिरहेका छैनन्। घर बनाउने, बाटो बनाउनेदेखि कपाल काट्ने, पानीपुरी, चट्पटे, तरकारी बेच्ने अधिकांश ब्यक्ति भारतीयहरु छन्। भारतबाट बेरोकटोक आउने भारतीय नागरिकबाट थुप्रै अनपराधिक क्रियाकलाप हु“दै आएका छन्। तर आफ्नै देशभित्र भारतीय नागरिकको अर्काे बहुमत हुन लाग्दा पनि नेपाली नागरिक, राजनीतिक पार्टी, नागरिक अगुवा, एनजिओ, आइएनजिओ, सरकारी संघ संस्थान, गैरसरकारी संस्थान कोही एक रत्ति चिन्तित छैन। यो देशभित्र यति बेथिति, अराजकता, अनियमितता, अत्याचार, हत्या, बलात्कार भ्रष्टाचार हु“दा पनि नागरिकको धैर्यता, नेपाली युवा जसले आफ्नो रगत पसिनाबाट कमाएर देश भिœयाएको धनराशीको हिसाबकिताब गर्दैनन् किन ?

देशका राजनीतिक पार्टीका नेताहरु जो सरकारमा बसेका छन्, उनीहरुको दिनचर्या हेरांै। उनीहरुको राष्ट्रको होइन, कुर्सीको मोह हेरौं । मुलुक आज कुन अवस्थामा पुग्यो ? किन नेपाली जनतालाई राष्ट्रप्रर्ति माया मोह भङ्ग हुन लाग्यो ? यो देशभित्र आफ्नो भविष्य देख्न नसक्ने भए ? देशको प्रमुख पदमा बसेका राष्ट्रसेवक कर्मचारीले ठूला–ठूला भ्रष्टाचार गर्न लिप्त भएका छन्। उनीहरुका छोराछोरीको खर्च पठाउन विदेशी पिआर ग्रीनकार्ड ल्याउनकै लागि खरबौ रकम विदेशियो। कुन कारण हो त यस्तो सुन्दर देश बाट विदेश पलायन हुन मन लाग्नु ? आज हामीले यही कारण खोज्नुपर्ने बेला आएन र ?

हाम्रो विगत इतिहास स्वाभिमान इमान आज कहा छ ? हामीले खोतल्नु पर्ने कि नपर्ने ? म एकजना ब्यक्तिको कुरा गरिरहेको छैन। प्रविधिको विकासमा हामी कहा“ चुक्यौ ? संस्कार संस्कृति विकास एकाएक हु“दैन। तर भएका धरोहर किन भत्काइयो ? अनि भत्काइयो त भत्काइयो किन बनाइएन ? यो कुरा हामीले खोज्ने कि नखोज्ने ? कि हामी मानसिक गुलाम अरुको आदेश मात्र पालना गर्न सिकेका छांै स्वविवेक गुमाइ सक्यांै भनेर आत्मरतिमा लीन हुने ?

मैले एकजना सम्मानानीय मित्रको विचार पढ्ने मौका पाए । म निकै खुशी भए“। लामो समय त नभनांै पा“च वर्ष जत्ति भए होला उहा“बाट लेखिने विचार विभिन्न माध्यमबाट मैले हेर्ने गर्छु। मलाई असाध्यै खुशी लाग्छ। यसको कारण हो भारतीय सेनाबाट अवकाश प्राप्त भएर अफगानिस्तानको युद्ध भूमिमा आफ्नो दैनिकी बिताउ“दा पनि उहा“ले राष्ट्रको माया आफ्नो जिम्मेवारी कर्तब्य भुल्नु भएको छैन। यो नै उहा“प्रति मेरो पोइन्ट हो। हामी अलग–अलग शरीर भएर यो धर्तीमा जन्मिएका छौं । त्यो कारणले पनि हाम्रा अस्तित्व पहिचान फरक हुन्छन्। स्वभाबिकै हो। तर राष्ट्रिय जिम्मेवारी सबैको एक हुनुपर्छ हुन्छ। त्यसको बोध हामीले गर्नैपर्छ। उहा“ले लेखेको विचार अब देशको जिम्मेवारी युवालाई दिनुपर्छ भन्ने शीर्षकको लेखको भित्री कुराको चुरो अब नया“ ढंगबाट निस्कन्छ । निष्पक्ष राष्ट्र निर्माणको जिम्मेवारी युवामा दिनु प¥यो भन्नु हुन्छ उहा“। तर यहा“का युवा कहिले बिदेश पुगु“ला र मनग्य पैसा कमाउ“ला भन्छन् यही कुरा मिलेको छैन। युवालाई देशभित्र रोक्ने सूत्र के हो ? हाम्रो देशमा इतिहास पढाउन छोडियो, कृषि पढाउन छोडियो। संस्कृति, नैतिक शिक्षा, सामाजिक मूल्य मान्यता भावना कसरी अरु राष्ट्रले आफ्नो राष्ट्रप्रति गरेको त्याग बलिदान कुनै कुराको बोध नभएपछि मामीले कसरी यो देश निर्माण गर्न सक्छौं ? जहा“ इमान हु“दैन त्यहा“ विश्वाश हु“दैन, पलाउ“दैन। इमान कसैले जेबबाट दिने वस्तु पनि होइन। इमान भएका नागरिक उत्पादन गर्ने भनेकै शिक्षाले हो, जहा“ नियम कानुनको पालना गर्न कलिलै उमेरदेखि बानी पारिन्छ सिकाइन्छ त्यो देश बनाउन कसैले छेक्न सक्दैन। त्यसैले हामीले सबैभन्दा पहिले यी विदेशीका दलाल राजनीतिक पार्टी फालौं राष्ट्रिय सरकार निर्माण गरौं । यहा“का खिया लागेका कर्मचारीतन्त्रको अन्त्य गरौं र नया“ शिक्षा प्रणाली लागु गरांै जसले देशको प्रगतिको मार्ग प्रशान्त गर्नको लागि सहयोगी भूमिका खेलोस्।

 

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top