Free songs
Home / फिचर समाचार / तुलसीपुरमा प्रअ र शिक्षकसँग करार सम्झौता गरिने

तुलसीपुरमा प्रअ र शिक्षकसँग करार सम्झौता गरिने

तुलसीपुर, (युस)– तुलसीपुर उपमहानगरपालिकाले विद्यालय समयमा विभिन्न काम लिएर आउने शिक्षकलाई भेट नदिने बताउनुभएको छ। उहा“ले काजको बहानामा कतिपय शिक्षकहरु स्कुलको समयमा पनि स्कुलमा नबस्ने भएकाले यस्तो प्रवृत्तिको अन्त्यका लागि आपूmले यस्तो कदम उठाउनुपरेको बताउनुभयो।

तुलसीपुर उपमहानगरपालिकाले शिक्षाको अवस्था सुधारका लागि शिक्षक मूल्यांकन प्रक्रिया अगाडि बढाउने भएको छ। उपमहानगरपालिकाले प्रधानाध्यापक र प्रधानाध्यापकले शिक्षकहरुस“ग कामको करार सम्झौता गर्ने भएको हो। कामको लक्ष निर्धारण नगर्दा पनि उपलब्धि सहीढ“गले आउन नसकिरहेको बताउदै प्रमुख पाण्डेले भन्नुभयो– ‘काम गर्ने जा“गर नहुनेलाई तलव पकाउनका लागि मात्रै शिक्षक बन्ने अधिकार छैन।’

तुलसीपुर उपमहानगरपालिकाका ८३ सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई अभिमुखीकरण गर्दै नगरप्रमुख पाण्डेले शिक्षा क्षेत्रमा अहिले पनि केही कानुनी जटिलता भएको भन्दै शिक्षा सुधारको सबै जिम्मेवारी स्थानीय तहमै हुने बताउनुभयो। पछिल्लो समय सामुदायिक विद्यालयमा केही परिवर्तन आएको भए पनि लगानीका हिसावले आशातित परिवर्तन आउन नसकेको उहा“को भनाइ थियो।
तुलसीपुरलाई प्राविधिक शिक्षाको केन्द्रका रुपमा विकास गर्न उपमहानगरपालिकाले सामुदायिक विद्यालयलाई अनुदान दिएको भए पनि काम सही ढंगले अगाडि बढ्न नसकेको उहा“को भनाइ थियो। प्रधानाध्यापकको हातमा विद्यालयको भविष्य हुने भएकाले विशेष गरेर प्रधानाध्यापकहरु यसतर्फ केन्द्रित हुनुपर्ने नगरप्रमुख पाण्डेको भनाइ थियो। उहाले राम्रो गर्छु भन्ने प्रधानाध्यापकलाई सम्मान र राम्रो गर्न नसक्नेलाई विदाइ दिने गरी उपमहानगरपालिकाले योजना बनाएको बताउनुभयो।

शिक्षा समिति संयोजक देवराज विकले शिक्षा पूर्वाधारको पनि पूर्वाधार भएको बताउदै शिक्षा सुधारका लागि प्रधानाध्यापकको भूमिका महत्वपूर्ण हुने बताउनुभयो। पाठ्यभारअनुसार विद्यालयमा पढाइ नभएको उल्लेख गर्दै उहा“ले शिक्षक दायित्वबाट पन्छिन नहुने बताउनुभयो।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top