Free songs
Home / विचार / कमजोरीहरुको निर्मम समीक्षा गर्दै अघि बढ्नुपर्ने समय

कमजोरीहरुको निर्मम समीक्षा गर्दै अघि बढ्नुपर्ने समय

डा.अमर गिरी

केही महिना पहिले मैले यसै स्तम्भमा संवैधानिक राजतन्त्रको पुनः स्थापनाका प्रयासहरुबारे एउटा टिप्पणीमूलक लेख लेखेको थिए“। आज पुनः यस विषयमा थप टिप्पणी गर्न मन लागेको छ तर अलि भिन्न कोणबाट। राजतन्त्र नेपालमा लामो समय जीवित र सक्रिय रह्यो। लामो समय शासन गरेको राजतन्त्रको अन्त्य नेपालको राजनीतिक इतिहासको सर्वाधिक महत्वपूर्ण परिघटना थियो। यसलाई हामीले क्रान्तिका रुपमा परिभाषित ग¥यौं र नेपालमा पू“जीवादी जनवादी क्रान्ति आधारभूतरुपमा सम्पन्न भएको भन्यौं। राजतन्त्रको अन्त्य भएको एक दशकभन्दा बढी भएको छ तर विस्थापित राजतन्त्रमा अझै पनि पुनः स्थापनाको लालसा छ। यसलाई अनौठो मान्नु पनि हु“दैन। इतिहासमा पराजित शक्ति पुनः स्थापित हुन खोज्नु उदेक लाग्दो कुरा होइन। यस्तो प्रयास कमवेशी सबै ठाउमा भएको छ। हाम्रो मुलुक मात्र अपवाद हुने कुरा भएन।

राजा निकट वा राजसंस्थालाई पुनः स्थापित गर्न चाहने राजनीतिक दलहरुले कुरा नलुकाइकन आफ्ना गतिविधि गर्दै आएका छन्। राजालाई समर्थन गर्ने व्यक्ति वा गैर राजनीतिक संस्थाहरुले पनि राजतन्त्रको पुनः स्थापनाका निम्ति सक्दो गतिविधि गर्दै आएका छन्। बेलाबखत पूर्वराजाले पनि आफ्ना विचारहरु सार्वजनिकरुपमा राख्ने गरेका छन्। राजतन्त्र सकिए पनि उनको राजसी चालढालमा त्यति साह्रो कमी आएको देखिन्न। राजतन्त्रात्मक संस्कृतिलाई उनले जीवित मात्र राखेका छैनन्, त्यसको एक बलियो प्रतीकका रुपमा आफूलाई प्रस्तुत गर्ने प्रयत्न पनि गरेका छन्। वर्तमान समयमा उनको चासो र सक्रियता अलि बढेको छ। सामाजिक एवं राजनीतिक जीवनका विभिन्न व्यक्तित्वहरुस“गको संवाद बाक्लिएको छ। हिन्दूत्वको वकालत गर्ने विजेपीको निर्वाचनमा आश्चार्य लाग्दो सफलता र उसको बलियो सरकारका कारण मनोवल पनि उठेको छ। उनलाई हौस्याउने र धाप गर्ने काम भारतीय हिन्दूवादीहरुबाट मनग्गे हु“दै आएको छ। पूर्वराजाले आफूले पनि स्पेस खोजेको कुरा सोझो घुमाउरोरुपमा राख्दै आएका छन्। तर कुरा यतिमा मात्र सीमित देखिन्न। नेकपाका अध्यक्ष प्रचण्डको उनीप्रतिको आक्रोश अकारण व्यक्त भएको छैन। हावा नचले पात हल्लन्न।

२००७ सालपछि राजतन्त्रले सचेततापूर्वक शक्तिको केन्द्रमा आउने प्रयत्न ग¥यो । राजा त्रिभुवन आफ्नो प्रतिबद्धताप्रति आफै इमानदार रहेनन्। लोकतन्त्रको स्थापनापछि उनले जे जस्तो रुपमा भूमिका सम्पादन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए, त्यसमा उनी अडिग रहेनन्। उनको प्रयास राजतन्त्रलाई पुनः बलियो बनाउने रह्यो। राजा महेन्द्रले निर्वाचित संसदलाई विघटन मात्र गरेनन्, लोकतन्त्रलाई नै समाप्त गरे। पार्टीहरु प्रतिबन्धित भए। जनताले तीस वर्ष पञ्चायती शासनको कहर खप्नु प¥यो। राजा ज्ञानेन्द्रले निर्ममतापूर्वक बाबुको पदचापलाई पछ्याए। राजतन्त्र सधै लोकतन्त्रको विरोधमा उभियो। लोकतान्त्रिक शक्तिहरु उनका निम्ति सधै बैरीका रुपमा रहे। राजनीतिक शक्तिहरु बलियो हु“दा झुक्ने र कमजोर हु“दा समाप्त गर्ने चरित्र नेपालको राजतन्त्रमा रह्यो। उसले आफूलाई कहिल्यै लोकतान्त्रिकरण गर्न सकेन। उसले अहिले पनि यस मुलुकलाई आफ्नो नासो सम्झन्छ र जनतालाई रैती। लोकतन्त्र उसका निम्ति सधै शाब्दिक विलास मात्र रह्यो। ऊ यसप्रति सा“चो मनले कहिल्यै प्रतिबद्ध रहेन। पटक–पटक लोकतन्त्रको अपहरण यसकै परिणाम थियो।

लोकतन्त्रको अपहरण राजतन्त्रको शक्तिको केन्द्रमा आउने र आफ्नो गुमेको अस्तित्वलाई पुनः प्राप्त गर्ने प्रयासको परिणाम त थियो नै, यो दलहरुमा विद्यमान गम्भीर कमजोरीको परिणाम पनि थियो। मूलतः सत्तारुढ दलमा विद्यमान गम्भीर कमजोरीहरुले इतिहासमा प्रतिगमनका निम्ति आधारहरु निर्माण गर्ने कार्य गरेका छन्। उपयुक्त आधारहरु निर्माण नभइकन समयको पाङ्ग्रालाई पछिल्तिर धकेल्न सकिन्न। इतिहासलाई उल्ट्याउन चाहने शक्तिहरुले पनि आधारको निर्माण गर्छन् तर त्यो भन्दा गतिलो आधारको निर्माण सत्तारुढ दल र अन्य राजनीतिक दलहरुमा भएका ठूला–ठूला कमजोरीहरुले गर्छन्। २००७ सालदेखि २०१७ सालसम्मको कालखण्डलाई सूक्ष्मतापूर्वक नियाल्यो भने यो कुरा स्पष्ट हुन्छ। गणेशमान सिंहले काठमाडौंका जनताप्रति कटाक्ष गर्दै हामी आउ“दा पनि दीपावली गर्ने जा“दा पनि दीपावली गर्ने भनेर जे जस्तो अर्थसहित भने पनि शक्तिको पछि लाग्ने मनोविज्ञानका कारणले मात्र जनताले राजा महेन्द्रले कु गर्दा दीपावली गरेका थिएनन्, यसमा तत्कालीन सत्तारुढ पार्टी र उसको व्यवहार, शासन सञ्चालनमा रहेका डरलाग्दा कमजोरी, झाङ्गिदा विकृति र विसंगति, दलीय द्वन्द्व, बढ्दो निराशा र आक्रोश पनि महत्वपूर्ण कारक थिए। राजा महेन्द्रले यसलाई आफ्नो पक्षमा उपयोग गरेका थिए।

कांग्रेसले यस परिघटनाका पछि कारकका रुपमा रहेका आफ्ना कमजोरीहरुको कहिल्यै गम्भीर मूल्यांकन गरेन। उल्टै उसले कमजोरीलाई ढाकछोप गर्ने र तथ्यहरुलाई बङ्ग्याउने कार्य ग¥यो। उसले यसको एक्लो दोषी प्रतिगमनकारी शक्तिलाई देख्यो र त्यसै अनुसार राजनीतिक भाष्य तयार ग¥यो। वास्तवमा भन्ने हो भने कांग्रेसले बनाइदिएको जमिनमा राजा महेन्द्र उभिएका थिए। अन्यथा उनलाई त्यस्तो गर्न गाह्रो थियो। इतिहासमा प्रायः प्रतिगमन शासकहरुका गम्भीर कमजोरीहरुमाथि टेकेर भएका छन्। राजनीतिक शक्तिहरुमा आफ्ना कमजोरीहरुलाई निर्मतापूर्वक नकेलाउने कमजोरी लुकेको हुन्छ र त्यसबाट उनीहरुले ठूलो मूल्य चुकाउनुपर्छ भन्ने उदाहरण संसारको इतिहासमा जति पनि पाइन्छन। नेपाल पनि यसको अपवाद छैन। कमजोरीहरुबाट पाठ नसिक्ने प्रवृत्ति नेपालको लोकतान्त्रिक आन्दोलनमा गहिरो गरी जरा गाडेर बसेको छ। प्रगतिगमनकारी शक्तिको जुन मनोवैज्ञानिक त्रास नेपालको राजनीतिमा देखिन्छ, यो यही प्रवृत्तिस“ग जोडिएको छ। लोकप्रिय सरकार र राजनीतिक शक्ति पनि अपदस्त भएका घटनाहरु इतिहासमा छन् तर यस्ता घटनाहरु निकै कम छन् र यसका निम्ति राष्ट्रिय, अन्तर्राष्ट्रिय प्रतिक्रियावादी शक्तिहरु एकताबद्ध भएर लागेका छन्। संसारका कतिपय मुलुकका वामपन्थी सरकारहरुलाई यसैगरी समाप्त गरिएको छ। हाम्रो लोकतान्त्रिक आन्दोलनको इतिहासले भन्छ– प्रतिगमनका निम्ति स्पेश बनाउने काम हामीमा रहेका कमजोरीहरुले पनि गरेका छन्।

यतिबेला मुलुकमा कम्युनिष्टहरुको पूर्णबहुमतको सरकार छ। जनताका अपेक्षा बढेका छन्। यो स्वाभाविक पनि छ। महत्वपूर्ण परिवर्तनपछि यस्तो अपेक्षा गरिन्छ। तर अपेक्षाहरु पूरा हुन सकेका छैनन्। मुलुकको हिंजोको तस्विरमा खासै परिवर्तन आएको छैन। भ्रष्टाचार उस्तै छ। सुशासनको अनुभूति कम छ। आर्थिक, सामाजिक, सांस्कृतिक रुपान्तरणको चित्र सन्तोषजनक छैन। राजनीतिक नेतृत्वमा आफ्ना कमजोरीहरुप्रति अपेक्षित गम्भीरता पाइन्न। दलहरु चरम गुटबन्दीका शिकार छन्। दलीय द्वन्द्व छ। अवसरवाद, व्यक्तिवाद, उपयोगितावाद र उपभोक्तावाद डरलाग्दो गरी फस्टाएको छ। मूल्यमा आएको विघटन र असाध्यै स्वार्थी बन्दै गएको राजनीतिका कारण जनतामा निराशा छ। यस निराशामा खेतीपाती गर्न राजावादीहरु सक्रिय भएका छन्। सक्रियता अन्य लोकतन्त्र विरोधी शक्तिहरुको पनि छ। यस स्थितिका विषयमा मूलतः सत्तारुढ पार्टी गम्भीर बन्न जरुरी छ। हामीले परिवर्तनको अनुभूति गराउन सकेनौं र आफ्ना कमजोरीहरुका विरुद्ध निर्मम हु“दै एकताबद्धरुपमा अघि बढ्न सकेनौं भने यसबाट बढ्ने निराशा र आक्रोशले प्रतिगमनका निम्ति आधार निर्माण गर्नेछ। प्रतिगमनको नेतृत्व राजा र राजावादीहरुले नै गर्नेछन्, यसो पनि भन्न सकिन्न। परिदृश्यमा अरु नै शक्ति पनि आउन सक्नेछन्। आन्दोलनबाट प्राप्त उपलब्धिलाई जोगाउने दायित्व सत्तारुढ कम्युनिष्ट पार्टी र सरकारको मात्र पनि होइन, अन्य लोकतान्त्रिक एवं वामपन्थी शक्तिहरुको पनि हो। अझै धेरै विग्रिएको छैन। प्रतिगमनकारी शक्तिहरुस“ग आन्दोलनबाट प्राप्त उपलब्धिलाई उल्ट्याउने सामर्थ छैन। तर कमजोरीहरुलाई सच्चाएर अघि बढ्न नसके प्राप्त उपलब्धिहरु गुम्ने दिन नआउला भन्न सकिन्न। यो समय आफ्ना कमजोरीहरु प्रति निर्मम र लोकतान्त्रिक मूल्यहरुप्रति दृढ भइकन अघि बढ्ने समय हो।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top