Free songs
Home / फिचर समाचार / अन्तर्राष्ट्रिय युवा दिवस:सीपमूलक शिक्षा नीति ल्याउन सुझाव

अन्तर्राष्ट्रिय युवा दिवस:सीपमूलक शिक्षा नीति ल्याउन सुझाव

युगबोध समाचारदाता

घोराही,  वर्तमान शिक्षा प्रणालीलाई सुधार गरी व्यवहारिक र उद्यमशीलतास“ग जोड्ने बनाउन आवश्यक रहेको एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन्। अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा घोराहीमा आयोजना गरिएको अन्तत्र्रिया कार्यक्रमका वक्ताहरुले उद्यममार्फत नै देशको विकास हुने भन्दै वर्तमान शिक्षा प्रणालीमा सुधार ल्याउनुपर्नेमा जोड दिएका हुन्।

घोराही उपमहानगरपालिका र नेपाल परिवार नियोजन संघ दाङको आयोजना तथा ओरेक, सिसा नेपाल, बास, सुआहारा, बेस, लायन्स क्लव अफ घोराही, अपांग मानवअधिकार एवं सरोकार मञ्च, नेपाल महिला सामुदायिक सेवा केन्द्र र जिल्ला युवा समिति दाङको सहआयोजनामा कार्यक्रम गरिएको हो।

परिवार नियोजन संघका प्रबन्धक बसन्त खनालको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै नगर प्रमुख नरुलाल चौधरीले अबको शिक्षालाई सीपयुक्त बनाउन विभिन्न विद्यालयमा प्राविधिक धारको पढाइ शुरु भएको उल्लेख गर्नुभयो।

अहिलेको पढाइ घोकन्ते जस्तो देखिएको भन्दै उहा“ले अब पढेर सक्दा कुनै पनि सीप लिएर कार्यक्षेत्रमा जाने गरी सरकारले नीति ल्याएको बताउनुभयो। त्यसैको निरन्तरता अहिले दाङका विभिन्न विद्यालयहरुमा प्राविधिक धारको पढाइ शुरु भएको जानकारी दिनुभयो।
युवाहरुमा बढी निराशा र विदेश मोह देखिएको भन्दै उहाले उद्यमका सम्भावनाहरु यहीं प्रशस्त भएको धारणा राख्नुभयो। ती सम्भावनाहरुको पहिचान गरेर अघि बढ्न युवाहरुलाई आग्रह गर्दै नगर प्रमुख चौधरीले स्थानीय सरकारले पनि त्यसमा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो।

कार्यक्रममा घोराही उपमहानगरपालिकाका प्रवक्ता भरत अर्याल, संस्कृतिविद् डा. गोविन्द आचार्य, उद्यमी भरतराज देवकोटा, पत्रकार दुर्गालाल केसी, सिसा संस्थाकी अध्यक्ष साजिदा सिद्धिकीलगायतले शिक्षाको रुपान्तरणबाटै उद्यमशीलतालाई स्थापित गर्न सकिने बताउनुभयो।

देश विकास नै उद्यमशीलता स“ग जोडिएको भन्दै वक्ताहरुले गरिखाने शिक्षा अबको मुख्य आवश्यकता भएको बताए। कितावी ज्ञानले मात्रै अब विकास सम्भव नभएको भन्दै सरकारले शिक्षा नीतिलाई व्यवहारिक बनाउनुपर्नेमा वक्ताहरुको जोड थियो। सीपमूलक शिक्षाले व्यक्ति, परिवार, समाज र देशको विकास हुने भएकाले श्रमलाई सम्मान गर्ने संस्कारको विकास हुन आवश्यक रहेको वक्ताहरुले औंल्याएका छन्। कार्यक्रमको सहजीकरण पत्रकार नवीन अभिलाषीले गर्नुभएको थियो।

वक्तृत्वकलामा गोर्खाकी लक्ष्मी प्रथम

अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा घोराहीमा विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता गरिएको छ। ‘शिक्षामा रुपान्तरणः उद्यमशीलता र नवप्रबर्तन’ विषयमा बक्तृत्वकला प्रतियोगिता गरिएको हो।

प्रतियोगितामा गोर्खा माविकी लक्ष्मी भुसाल प्रथम, पुलिस स्कुलकी भावना खड्का द्वितीय, सिद्धार्थ एकेडेमीका प्रष्टवी विसी तृतीय र विद्यानीलकण्ठका रोशन शर्मा सान्त्वना हुनुभएको छ।

प्रतियोगिताको निर्णायकमा घोराही उपमहानगर शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख विनोद गौतम, महेन्द्र बहुमुखी क्याम्पसका उपप्राध्यापक सुदीप गौतम र ओरेकका जिल्ला संयोजक ईश्वरी थापा रहनुभएको थियो।प्रतियोगितामा नौवटा विद्यालयका छात्रछात्राहरुले सहभागिता जनाएका थिए। प्रतियोगितामा सहभागीहरुले सरकारले अहिले पनि उद्यमस“ग जोड्ने गरी शिक्षा नीति ल्याउन नसकेको बताए।

घोकन्ते शिक्षालाई रुपान्तरण गर्दै अब व्यवहारीक र सीपयुक्त शिक्षा लागु गर्नुपर्नेमा उनीहरुले जोड दिए। उद्यमशीलताबाटै देशको विकास हुने भन्दै त्यसका लागि शिक्षामा रुपान्तरण आवश्यक रहेको विद्यार्थीहरुको भनाइ थियो। व्यवहारिक शिक्षामा अनिवार्य सीप, ज्ञान जोडिने र त्यसले कुनै पनि व्यवसाय सञ्चालनमा सहयोग पु¥याउने भन्दै अब शिक्षामा आमूल परिवर्तन आवश्यक रहेको विद्यार्थीहरुको धारणा थियो।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top