Free songs
Home / समाचार / प्रमुख समाचार / संविधान जारी भएको चार वर्षपछि कांग्रेसमा नयाँ संरचना

संविधान जारी भएको चार वर्षपछि कांग्रेसमा नयाँ संरचना

युगबोध समाचारदाता

काठमाडौं, संविधान जारी भएको चार वर्षपछि नेपाली कांग्रेसले स्थानीय तहमा नया“ संरचना बनाउने भएको छ।
नेपाली कांग्रेस स्थानीय तह संगठन पुनर्संरचनाको अन्तरिम व्यवस्था निर्देशिका २०७६ केन्द्रीय कार्यसमितिबाट पारित भएसगै नया संरचना बनाउने बाटो खुलेको हो। यद्यपि यसबीचमा महाधिवेशन नहुने भएकाले यो संरचना पनि अन्तरिम नै रहनेछ। २०७२ असोज ३ गते संविधान जारी भएस“गै अन्य दलले स्थानीय तह पुनर्संरचनाअनुसार संगठन बनाए पनि कांग्रेस भने पुरानै संरचनामा चलेको थियो।
महासमिति बैठकबाट पारित भएर गत फागुन १२ गते केन्द्रीय कार्यसमितिले अनुमोदन गरेको कांग्रेसको विधानमा टोल, वडा, गाउ“ र नगर, प्रदेश निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र, जिल्ला, प्रदेश र केन्द्र गरी आठ तहमा पार्टी संरचनाको व्यवस्था गरिएको छ।

साउन १८ गते बसेको बैठकले अन्तरिम संरचना गठनका लागि निर्देशिका तयार गरेर अगाडि बढ्ने सहमति गरेको थियो। सोही सहमतिअनुसार महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा गठित तीन सदस्यीय समितिले निर्देशिका मस्यौदा तयार पारेको थियो। नया“ निर्देशिकाअनुसार कांग्रेसले नेपालको संविधान बमोजिम स्थानीय तह तथा संसदीय निर्वाचन क्षेत्र निर्धारण भएपछि सीमांकन हेरफेर नभएका वडा–गाउ–नगर–उपमहानगर–महानगरपालिका र प्रतिनिधिसभा क्षेत्रमा अहिलेकै कार्यसमितिलाई यथावत राख्ने भएको छ। साविक गाउ“पालिका पूरै गाउ अथवा नगरपालिकाको वडामा रुपान्तरण भएको भए साविककै कार्यसमितिलाई वडा कार्यसमितिमा रुपान्तरण गरिनेछ।

संविधानबमोजिम स्थानीय तह तथा संसदीय निर्वाचन क्षेत्र निर्धारण भएपछि साविकका वडा–गाउ“–नगर–उपमहानगर–महानगरपालिका वा तत्कालीन व्यवस्थापिका संसद निर्वाचन क्षेत्रको सीमाबाट पूरै वा आंशिक भू–भाग अन्य वडा–गाउ“–नगर–उपमहानगर–महानगरपालिका वा प्रतिनिधिसभा निर्वाचन क्षेत्रको भूगोलमा समायोजन हु“दा सीमांकन हेरफेर भएर नया“ कायम भएका वडा–गाउ“–नगर–उपमहानगर–महानगरपालिका वा प्रतिनिधिसभा निर्वाचन क्षेत्रभित्र बस्ने साविकका कार्यसमितिका सबै पदाधिकारी र सदस्यहरु आफ्नो पदमा कायम रहने बताइएको छ।

सीमांकन हेरफेर भएर नया“ कायम भएका क्षेत्रभित्र दुई वा दुईभन्दा बढी सभापतिहरु भए उनीहरुले आफूमध्येबाट एकजनालाई सभापतिमा सहमति गरेर लिखित सहमतिपत्र हस्ताक्षरसहित पार्टीको माथिल्लो निकायमा पठाउनुपर्ने व्यवस्था कांग्रेसले गरेको छ। सीमांकन हेरफेर भएर नया“ कायम भएका क्षेत्रभित्र रहेका सभापतिहरुबीच सहमति नजुटे साविकको वडा–गाउ“–नगर–तत्कालीन व्यवस्थापिका संसद जुन क्षेत्रमा बढी संख्यामा पार्टीका क्षेत्रीय अधिवेशनका प्रतिनिधि भएको क्षेत्रको सभापतिलाई कार्यसमितिको सभापति बनाइने भएको छ।
सहमति नजुटेका क्षेत्रमा क्षेत्रीय अधिवेशनका प्रतिनिधिहरुको संख्या बराबर भए क्रियाशील सदस्यता संख्या बढी भएको क्षेत्रको सभापति कार्यसमिति सभापति हुनेछ। क्रियाशील सदस्यताको संख्या पनि बराबर भए सम्बन्धित सभापतिहरुबीच गोलाप्रथाद्वारा सभापति चयन गरिनेछ। दुई वा दुईभन्दा बढी सभापति रहेको क्षेत्रमा सभापतिहरुबीच सहमति नजुटेको अवस्थामा हाल तोकिएको केन्द्रमा रहेको सभापतिलाई कार्यसमितिको सभापति बनाइने भएको छ। प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिको हकमा सभापति पदका लागि सहमति नजुटे साविकका सभापतिमध्येबाट क्षेत्रीय कार्यसमितिको सभापति पदमा बढी कार्यकाल काम गरेको व्यक्तिलाई कार्यसमितिको सभापति बनाइने छ।

जुन जिल्लामा साविकमा दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र भई हाल एक कायम भएको छ, त्यहा“ साविकको प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिको सभापतिसहित सम्पूर्ण कार्यसमिति प्रदेशसभा क्षेत्रीय कार्यसमितिमा रुपान्तरण हुनेछन्। साविकमा एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको जिल्लामा प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र १ वा २ को भूगोलमा रहेका जिल्ला सभापतिबाहेकका जिल्ला कार्यसमितिका पदाधिकारी र सदस्यहरु सोही प्रदेशसभा क्षेत्रीय कार्यसमितिको पदाधिकारी र सदस्य हुनेछन्। प्रदेशसभा क्षेत्रीय कार्यसमितिको सभापतिको हकमा सम्बन्धित क्षेत्रको ज्येष्ठ पदाधिकारी र पदाधिकारी नभए कार्यसमितिको ज्येष्ठ सदस्य सो प्रदेशसभा क्षेत्रीय कार्यसमितिको सभापति हुनेछ।

पुनर्संरचनापछि दुई वा दुईभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र कायम रहेको जिल्लामा प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र १ वा २ को भूगोलमा रहेका प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरु सोही प्रदेशमा क्षेत्रीय कार्यसमितिको सभापतिको हकमा प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिको सभापति हुन नसकेका सभापति उक्त प्रदेशसभा निर्वाचन क्षेत्रमा भए निज नै प्रदेशसभा क्षेत्रीय कार्यसमितिको सभापति हुनेछ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top