Free songs
Home / समाचार / संक्षिप्त समाचार / वर्ष उत्कृष्ट पुरस्कार फोटो पत्रकार न्यौपानेलाई

वर्ष उत्कृष्ट पुरस्कार फोटो पत्रकार न्यौपानेलाई

युगबोध समाचारदाता

घोराही,  त्रिभुवननगर जेसीज दाङले प्रत्येक वर्ष प्रदान गर्दै आएको यज्ञबहादुर बुढाथोकी स्मृति उत्कृष्ट पुरस्कार फोटो पत्रकार कुलदीप न्यौपानेलाई प्रदान गरेको छ। जेसीजले सोमवार एक कार्यक्रम आयोजना गरी यसवर्ष उक्त पुरस्कार नया“ युगबोध राष्ट्रिय दैनिक पत्रिकाका फोटो पत्रकार न्यौपानेलाई प्रदान गरेको हो।

जेसीजका अध्यक्ष वसन्तराज अधिकारीको अध्यक्षता एवं घोराही उप महानगरपालिकाका प्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम गरी पुरस्कार प्रदान गरिएको हो।

पुरस्कार प्रदानपछि कार्यक्रमलाई सम्बोधन गर्दैै नगर प्रमुख चौधरीले दाङसहित राप्तीलाई फोटोमार्फत देशविदेशमा चिनाउन पत्रकार न्यौपानेले ठूलो भूमिका खेलेको उल्लेख गर्नुभयो।

साथै युवाहरुको संस्था जेसीजले गर्दै आएको सामाजिक कामलाई थप प्रभावकारी बनाउन आग्रह गर्नुभयो। युवाहरुको सिर्जनशीलतालाई प्रोत्साहन गरी सामाजिक रुपान्तरणको हिस्सेदार बनेर अघि बढ्न जेसीजलाई आग्रह गर्नुभयो। कार्यक्रममा बोल्ने वक्ताहरुले जेसीज युवाहरुको क्षमता तथा नेतृत्व विकास गर्ने संस्था भएको भन्दै अब सामाजिक अभियानमा समेत थप क्रियाशील बन्न सुझाव दिएका थिए।
कार्यक्रममा नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्त, दाङ चेम्बरका उपाध्यक्ष बलदेव योगी, दाङ जिल्ला उद्योग वाणिज्य संघका सदस्य धनपति शर्मा, नेपाल जेसीजका उपाध्यक्ष लालमणि भण्डारी, जेसीजका पूर्व अध्यक्षहरु नारायण अधिकारी, मनोज बुढाथोकी, दाङ महिला जेसीजका अध्यक्ष रेखा शर्मा, गत वर्षका पुरस्कृत प्रदीप मजगैया“लगायतले आ–आफ्ना धारणा राख्नुभएको थियो।
पुरस्कार वितरण कार्यक्रमका संयोजक यज्ञबहादुर खड्काको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण महासचिब रोशन दाहालले गर्नुभएको थियो।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top