Free songs
Home / समाचार / संक्षिप्त समाचार / राष्ट्रिय प्रारम्भिक पढाइ मेला

राष्ट्रिय प्रारम्भिक पढाइ मेला

 महेश रिजाल

भालुवाङ,  गढवा–१ कालाकाटेस्थित जनता माध्यमिक विद्यालयको आयोजनामा एकदिने राष्ट्रिय प्रारम्भिक पढाइ मेला सम्पन्न भएको छ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं शीतगंगा नगरपालिका–९ अर्घाखाचीका वडाध्यक्ष भीमबहादुर केसीको अध्यक्षतामा भएको पढाइ मेलाको उद्घाटन प्रमुख अतिथि एवं गढवा गाउ“पालिका वडा नं. १ का अध्यक्ष बाबुराम अधिकारीले गर्नुभएको थियो।
विद्यालयका प्रधानाध्यापक मुक्तिप्रसाद शर्माको स्वागत मन्तव्यबाट शुरु भएको पढाइ मेलामा कक्षा १, २, ३ का छात्रछात्राहरुले पढाइसम्बन्धी अक्षर तथा शब्द उच्चारण गरी प्रतियोगितात्मक प्रदर्शनी गरेका थिए। प्रतियोगितामा प्रथम, दितीय, तृतीय र सान्त्वना हुने छात्रछात्राहरुलाई प्रमुख अतिथि अधिकारीले पुरस्कार वितरण गर्नुभएको थियो।

विद्यालयका सहायक प्रधानाध्यापक भानबहादुर जीएमको सञ्चालनमा सम्पन्न पढाइ मेलामा प्रमुख अतिथि अधिकारी, विशिष्ट अतिथि इजिआरपी कार्यक्रम दाङका प्रमुख हल्लुप्रसाद चौधरीलगाएतले पढाइ मेलाको महत्व बारे जानकारी गराउनुभएको थियो। पढाइ मेलामा विद्यालयका छात्रछात्रा, अभिभावकहरु, विद्यालय व्यवस्थापन समितिका वर्तमान तथा पूर्वपदाधिकारीहरुलगायत शिक्षक शिक्षिकाहरुको उपस्थिति थियो।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top