Free songs
Home / समाचार / संक्षिप्त समाचार / बुकामा अर्गानिक उत्पादन शुरु

बुकामा अर्गानिक उत्पादन शुरु

युगबोध समाचारदाता

घोराही,  घोराही उपमहानगरपालिका वडा नम्बर १ र २ मा पर्ने रामपुरको बुका गाउमा अर्गानिक उत्पादन शुरु गरिएको छ।
पर्यावरणीय दिगो विकास तथा अनुसन्धान केन्द्र नेपालको अगुवाइ तथा स्थानीय समुदायको सक्रियतामा गत वर्षको भदौदेखि अर्गानिक पकेट क्षेत्र निर्माणको योजना शुरु भएको थियो। त्यसका लागि संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडिपिको जिइएफ÷एसजिपीको केही सहयोग रहेको छ।

पहिलो चरणमा एक सय १३ घर किसानले काक्रा खेती गरेका र पहिलो लटमा चार लाख ५२ हजारको काक्रा बिक्री गरेको पर्यावरणीय दिगो विकास तथा अनुसन्धान केन्द्र नेपालका अध्यक्ष डिल्लीबहादुर रावतले जानकारी दिनुभयो। जसका लागि एक सय १३ प्याकेट का“क्राका बीउ वितरण गरिएको थियो।

किसानहरुले रासायनिक मल र रासायनिक बिषादी प्रयोग गर्न छाडेका छन्। त्यसको साटो जैविक मल र जैविक विषादी प्रयोग गरेर अर्गानिक उत्पादन थालिएको स्थानीयहरुले बताएका छन्।

किसानले निकै ठूलो जोखिम मोलेर अर्गानिक उत्पादन गरे पनि विषादी परीक्षणको व्यवस्था नहुदा मूल्यमा भिन्नता आउन नसकेको स्थानीय अगुवा कमल पोख्रेलले बताउनुभयो। घोराही उपमहानगरपालिकाले जतिसक्दो चाडो विषादी परीक्षण प्रयोगशाला स्थापना गरी अर्गानिक उत्पादन प्रमाणित गरेर छुट्टै मूल्य निर्धारण गर्न सके अर्गानिक उत्पादन दिगो रहने उहाले बताउनुभयो।

यसैबीच पर्यावरणीय दिगो विकास तथा अनुसन्धान केन्द्र नेपालले फूलगोभी र बन्दागोभीको बीउ वितरण गरेको छ। ब्यावसायिक तरकारी खेती गर्ने तीस घर किसानसहित घरमा खानसमेत ५० पोका फूलगोभी र ६० पोका बन्दा गोभीको बीउ वितरण गरिएको अध्यक्ष रावतले जानकारी दिनुभयो। ४० हजार चार सय ५० मूल्यको कूल एक सय १० पोका बीउ वितरण गरिएको उहाले जानकारी दिनुभयो।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top