Free songs
Home / समाचार / संक्षिप्त समाचार / पत्रकारको अधिकारका लागि आन्दोलन आवश्यक ः आचार्य

पत्रकारको अधिकारका लागि आन्दोलन आवश्यक ः आचार्य

तुलसीपुर, (युस)– नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले आन्दोलनको शुरुवात ठूला मिडियाबाट गरिने बताउनुभएको छ। पत्रकारहरुलाई न्यूनतम पारिश्रमिक, नियुक्तिपत्र दिलाउनका लागि आन्दोलनको विकल्प नभएको उहा“ले बताउनुभयो।
रिपोर्टस् क्लव नेपाल दाङले सोमवार तुलसीपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष आचार्यले यस्तो बताउनुभएको हो।
श्रमजीवी पत्रकारहरुलाई अधिकार दिलाउन मिडिया हाउस बन्द भए पनि आन्दोलन नरोकिने प्रष्ट पार्दै सरकारले ल्याउन लागेको प्रेसविरोधी विधेयक महासंघको आन्दोलनका कारण रोकिएको दाबी गर्नुभयो।

रिपोर्टस् क्लव नेपाल दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले महासंघले थालेको आन्दोलनका कारण सरकार पछि हटेको दाबी गर्नुभयो। सरोकारवालाहरु स“ग समन्वय र सहकार्य नगरी ल्याउने जस्तोसुकै कानुन आफूहरुलाई मान्य नहुने उहा“को भनाइ थियो।

विष्टले महासंघले थालेको आन्दोलन देशभरिका पत्रकारहरु सडकमा आएर सफल बनाएको भन्दै धन्यवाद ब्यक्त गर्नुभयो। कार्यक्रमको सञ्चालन क्लवका महासचिव विमल गौतमले गर्नु भएको थियो।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top