Free songs
Home / समाचार / संक्षिप्त समाचार / नेपालगञ्जमा बकर इद

नेपालगञ्जमा बकर इद

युगबोध समाचारदाता

बाके,  मुस्लिम धर्मावलम्बीको ठूलो चाडमध्येको बकर इदमा सोमवार नेपालगञ्जको वीपीचोकस्थित मस्जिदमा सामूहिक नमाज पढिएको छ। वीपीचोकमा सामूहिक नमाज पढ्न नगरका विभिन्न ठाउबाट जम्मा भएका थिए।

वीपीचोकस्थित मस्जिदमा नअटेपछि सडकमै बसेर नमाज पढिएको थियो। घरबाट ल्याएका तन्ना ओछ्याएर ठूलो संख्या बाटोमै बसेका थिए। नेपालगञ्ज निवासी शहरी विकास मन्त्री मो. इस्तियाक राईले पनि वीपीचोकमै आएर नमाज पढ्नुभएको छ।
मन्त्री राईले सबै धार्मिक समुदायका मानिसहरु एक आपसमा मिलेर बसेकाले नेपालगञ्जको विशेष महत्व रहेको बताउनुभयो। ‘हामी नेपालगञ्जवासी एक अर्काको पर्वमा रमाउ“छौं, यही नै यहा“को विशेषता हो’– मन्त्री राईले भन्नुभयो– ‘बकर इदमा आपसी भाइचारा, शान्ति, सद्भाव कायम रहोस्।’

सामूहिक नमाज सिद्धिएपछि आपसमाशुभकामना साटासाट गर्न हिन्दु समुदायका व्यक्तित्वहरु वीपीचोकमा पुगेका थिए। नेपालगञ्जका मेयर डा. धवलशमशेर राणा, राप्रपाका युवा नेता ऋषिराज देवकोटा, नेपाल उद्योग वाणिज्य महासंघका सदस्य कृष्णप्रसाद श्रेष्ठलगायतले वीपीचोकमा पुगेर एक अर्कामा ‘गले मिलेर’ शुभकामना साटासाट गरेका थिए।

बकर इदमा कुर्बानी दिने गरिन्छ। त्यस्तो कुर्बानी दिएको मासुलाई तीन भाग लगाउने गरिन्छ। पहिलो भाग आफूले खाने, दोस्रो भाग आफन्तीलाई र तेस्रो भाग गरिवलाई दिने गरिन्छ। त्यही भएर बकर इदलाई त्याग अर्थात कुर्बानी गर्ने दिनको रुपमा मनाउने गरिन्छ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top