Free songs
Home / फिचर समाचार / नजिकियो तीज, सुनसान सुन पसल

नजिकियो तीज, सुनसान सुन पसल

 

गोविन्द खड्का

घोराही  । एक्लैले ग्राहक कुरेर बसेको अनौठो दृश्य आजभोलि घोराहीका धेरै सुनचादी पसलहरुमा देखिन थालेको छ। ग्राहकको शून्यतालाई आधार मान्दा तीज सकिएको भोलीपर्सिपल्ट जस्तै लाग्छ।

आउदो भदौ १६ गतेको तीजका लागि का“चो तथा रेडिमेड कपडाको चटारो र सिलाउनेको हतारोले तीज आउनै लागेको संकेत गर्छ। त्यही उत्साह यसपटक सुनचा“दी पसलमा अझै आएको छैन। ग्राहकहरु सुनचा“दी पसलमा पस्दैनन् पसे पनि भाउ सोधेर ठाडठाडै निस्कन्छन्।

पहिलो पटक सुनचा“दीको मूल्य सबै भन्दा उच्च रहेको सनुचादी व्यवसायी संघ घोराहीका कोषाध्यक्ष रोशन गुप्ताले जानकारी दिनुभयो। उहा“का अनुसार सोमवार सुनको भाउ तोलाको ७१ हजार पुगेको छ। यसो त जेठ ३० गते ६३ हजार आठ सय थियो। असार १७ गते ६६ हजार पा“च सय पुग्यो। त्यतिले पनि रोकिएन साउन २२ गते ७० हजार पाच सय भयो। अहिले ७१ हजार रुपैया“ प्रतितोला चलेको छ। इतिहासकै महंगो सुनको भाउ हो।

यसरी दुई महिनाको बीचमा सुनको भाउ आठ हजार बढी बृद्धि भएको छ। ग्राहकहरु त्यही अनुपातमा घट्दै गरेका छन्। अघिल्ला तीजको अनुपातमा यसपटक १५ प्रतिशत पनि कारोवार नभएको व्यवसायी बताउ“छन्। केहीलाई सर्टर भाडा तिर्नेसम्मको कमाइ नहुने त्रास बढेको छ। धेरैका कालिगढहरु काम नपाएर चोकतिर घुम्ने अवस्था सिर्जना भएको छ। पसलका सञ्चालकहरु पनि फ्यानको हावा खाएर काउन्टरमा बसेका भेटिन्छन्।

सानोतिनो गहना बनाए पनि चार आना सुन चाहिन्छ। त्यसको ज्याला सहित २० हजार हाराहारीमा खर्च हुन्छ। सानातिना पसल तथा अन्य काममा थोरतिनो तलव खानेहरुले आट्न सक्दैनन्। ठूलै कमाइ हुनेले पनि जसरी बढ्यो त्यसरी घट्ने हो कि भन्ने आशा गरेका छन्। त्यही आशै आशमा सुनका गहना अर्डर गर्न र चाहेको गहना पहिरिन सकेका छैनन्।

‘अब घट्दैन भन्ने बुझेपछि कारोवार हुन्छ’– न्यू नेपाल सुनचा“दी गहना पसल सहिद उमेशमार्ग रोडका सञ्चालक समेत रहनुभएका गुप्ताले भन्नुभयो– ‘अस्थिर भाउ भएको बेलामा विश्वास गर्दैनन्।’ उहा“का अनुसार गत वर्ष यही समयमा भात खान पनि फुर्सद हुन्नथ्यो। यस वर्ष कामै नपाउने अवस्था सिर्जना भयो। उहाले भने जस्तै शाक्य गहना पसलमा अघिपछि जस्तो भीड देखिदैन। त्यहा“ पनि अघिल्ला वर्ष सिजनमा लाइन बसेर ग्राहकहरुले पालो कुर्थे।

यसैगरी पाल्पा भैरव सुनचादी पसल पनि निकै लोकप्रिय बन्दै गएको छ। उसका दुईवटै पसलमा उत्तिकै ग्राहकको भीड लागेको हुन्थ्यो। भित्र पस्ने र बाहिर निस्कने पालो पाउदैनथे। अहिले सुनसान जस्तै देखिन्छ। यी पसलहरु मात्रै होइन यति बेला घोराहीका सुनचा“दी पसल जता हेरे पनि ग्राहकको चाप भेटिदैन। धेरै पसलहरुमा पसल सञ्चालक मात्रै ग्रँहक कुरेर थपक्कै बसेका भेटिन्छन्। सिजन लागेको बेला संघका जिल्ला अध्यक्ष एवं निर्मला सुनचा“दी पसलका सञ्चालक विनोद विश्वकर्मा, उपाध्यक्ष जय लक्ष्मी सुनचा“दी पसलका सञ्चालक सोम गोतामे, महालक्ष्मी सुनचा“दी पसलका सञ्चालक चन्द्रप्रकाशलगायत देश बाहिर जानुभएको छ। यसले पनिव्यापारमा मन्दी आएको पुष्टि हुन्छ।

यस पटकको तीजको सिजन आफूहरुका लागि फलिफाप नहुने चिन्तामा सुनचा“दी व्यवसायीहरु छन्। सुनको भाउ स्थिर भए क्रयशक्ति भने नघटेको उनीहरुको विश्लेषण छ। जति महंगो भए पनि किन्न सक्ने क्षमताका धनी ग्राहकहरु छन्। उनीहरु अब घट्छ कि घट्दैन भन्नेमा ढुक्क नहु“दा कारोवारमा कमी आएको धेरै व्यवसायीको भनाइ छ। महंगा र राम्रा सामान खोज्नेहरुको कमी छैन। आज बढेको किन्ने भोलि मूल्य घट्ने हो भने चुकचुकाउनु पर्छ कि भनेर धेरै ग्राहक हच्किएको सुनचा“दी व्यवसायी बताउछन्।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top