Free songs
Home / समाचार / संक्षिप्त समाचार / धावनमार्ग विस्तार गर्ने पर्यटनमन्त्रीको प्रतिबद्धता

धावनमार्ग विस्तार गर्ने पर्यटनमन्त्रीको प्रतिबद्धता

युगबोध समाचारदाता

तुलसीपुर,  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले टरिगाउ विमानस्थलको धावनमार्ग विस्तारका लागि यसै वर्ष काम अगाडि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ। उहाले नारायणपुर विमानस्थल दीर्घकालीन योजना भएको भन्दै अहिलेलाई आन्तरिक उडानको सहजताका लागि धावनमार्ग विस्तार गर्ने बताउनुभएको हो।

दाङबाट गएको प्रतिनिधिमण्डसग उहाले टरिगाउ विमानस्थललाई पाइलट तालिम केन्द्रका रुपमा विकास गर्न काम अगाडि बढाएको समेत बताउनुभयो। ‘नेपालभित्र तालिम केन्द्र नहु“दा महंगो पैसा तिरेर बाहिर जानुपर्ने अवस्था छ, यो समस्या समाधानका लागि टरिगाउ“ विमानस्थललाई हामीले उपयुक्त स्थानका रुपमा छनोट गरेका छौं’– मन्त्री भट्टराईले भन्नुभयो।

मन्त्री भट्टराईलाई तुलसीपुर उपमहानगरपालिकाको तर्फबाट नगर प्रमुख घनश्याम पाण्डेले ध्यानाकर्षणपत्र हस्तान्तरण गर्नुभएको थियो। तुलसीपुर विमानस्थलका साथै पर्यटकीयस्थलको विकास र उन्नतिका लागि मन्त्रीको ध्यानाकर्षण गराउन पत्र हस्तान्तरण गरिएको नगरप्रमुख पाण्डेले जानकारी दिनुभयो।

प्रतिनिधिमण्डलमा प्रतिनिधिसभा सदस्य हिराचन्द्र केसी, गंगा चौधरी, विष्णु पौडेल, राष्ट्रियसभा सदस्य कोमल ओली, नेकपा दाङका अध्यक्ष टीकाराम खड्का एवं नेताहरु शोभाराम बस्नेत, जोगराज गिरीलगायतको सहभागिता रहेको उपमहानगरपालिकाका संयोजक वसन्त आचार्यले जानकारी दिनुभयो।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top