Free songs
Home / समाचार / संक्षिप्त समाचार / तुलसीपुरमा खेलाडीलाई सम्मान

तुलसीपुरमा खेलाडीलाई सम्मान

ओपेन्द्र बस्नेत

तुलसीपुर  तुलसीपुर उपमहानगरपालिकाले खेलाडीहरुलाई सम्मान गरेको छ। अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा उनीहरुलाई सम्मान तथा पुरस्कृत गरिएको हो। ११ आंै राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७५ मा पदक प्राप्त गर्ने सातजना खेलाडीहरुलाई सम्मान गरिएको हो। तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले उनीहरुलाई नगदसहित सम्मानपत्रले सम्मान गर्नुभएको हो।
सम्मानित हुनेहरुमा अरुणा रिजाल, करुणा रिजाल, सीमा चौधरी, सिमन पाण्डे, लेखनाथ महर, अभय शाह र बेदबहादुर ओली हुनुहुन्छ।

उहा“हरुमध्ये छ जना गोरखा मावि र एकजना महेन्द्र माविका विद्यार्थी हुनुहुन्छ। रजत पदक जितेका खेलाडी अभय शाहलाई तीन हजार रुपैया“ पुरस्कार प्रदान गरिएको थियो भने स्वर्ण पदक जितेका अन्य खेलाडीहरुलाई जनही पाच हजार रुपैयाका दरले पुरस्कार प्रदान गरिएको हो। सोही अवसरमा बोल्दै नगरप्रमुख पाण्डेले खेल क्षेत्रबाट उपमहानगरपालिकालाई नमूनायोग्य बनाउन खोजेको बताउनुभयो।
सम्मानित खेलाडीहरुलाई बधाई तथा शुभकामना दिदै नगरप्रमुख पाण्डेले हरेक युवाहरुलाई खेलकुदसगै राजनीतिक, सामाजिक, बौद्धिक विकास तर्फ लाग्न आग्रह गर्नुभयो। युवाहरु कुलतमा फसेर सामाजिक विकृति फैलाउनुभन्दा समाज परिवर्तनका लागि अग्रसर हुनुपर्नेमा उहा“को जोड थियो।

उपमहानगरका खेलकुद संयोजक अमर नेपाली (माइकल) को अध्यक्षतामा भएको कार्यक्रममा गोरखा माध्यमिक विद्यालयका खेल संयोजक मोहन स्वर्णकार र तुलसीपुर उपमहानगरपालिका नमूना युवा संसदका राष्ट्रपति मदन भुसाललगायतले बोल्नुभएको थियो। कार्यापालिका सदस्य दिपक कुमालको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण कार्यालयका सुचना अधिकारी झरेन्द्र खरेलले गर्नुभएको थियो।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top