Free songs
Home / समाचार / संक्षिप्त समाचार / कृषि, भेटेरेनरी तथा स्वास्थ्य तालिम

कृषि, भेटेरेनरी तथा स्वास्थ्य तालिम

धनकुमार शाही

रुकुम (पश्चिम),  जिल्लाको मुसीकोट नगरपालिकामा तीन दिने कृषि, भेटेरेनरी तथा स्वास्थ्य सम्बन्धी तालिम उद्घाटन गरिएको छ।

मुसीकोट नगरपालिका अन्तर्गत शिक्षा, युवा तथा खेलकुद शाखाको आर्थिक सहयोग र सामुदायिक सिकाइ केन्द्रको आयोजनामा तीनदिने कृषि, भेटेरेनरी तथा स्वास्थ्यसम्बन्धी तालिम उद्घाटन गरिएकोे हो। तालिमको उद्घाटन नगरपालिकाकी उपप्रमुख प्रेमकुमारी सुनार केसीले गर्नुभएको थियो। सिकाइ केन्द्रका सदस्यहरुलाई कृषि, भेटेरेनरी र स्वास्थ्यसम्बन्धी आधारभूत ज्ञान दिई उनीहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले तालिम आयोजना गरिएको बताइएको छ।

तालिम सोमवारदेखि नगरपालिकाको वडा नम्बर ५ स्थित यमुना नन्द नमूना मावि सेरीगाउको सभाहलमा सञ्चालन भइरहेको आयोजकले जानकारी दिएको छ। तालिम उद्घाटन कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत बिनाराम खड्का, सामाजिक विकास समितिका संयोजक एवं वडा नम्बर ५ का अध्यक्ष सुशील गौतम, ५ नम्बर वडाका सदस्य एवं विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष मीनबहादुर केसी, प्रधानाध्यापक दामोदर पौडेल, तालिमका प्रशिक्षकहरुलगायतको आतिथ्यता थियो।

तीनदिने तालिममा कृषि, भेटेरेनरी र स्वास्थ्यसम्बन्धी आधारभूत ज्ञान दिनुका साथै दूषित पानीबाट लाग्न सक्ने रोगहरु, त्यसका लक्षण र बच्ने उपाय, फोहोर व्यवस्थापन, करेसाबारी निर्माण, बेमौसमी तरकारी खेती र त्यसको महत्व, बोटबिरुवामा लाग्न सक्ने रोगको जानकारी र त्यसको नियन्त्रण, पशुपंक्षीमा लाग्ने रोगको लक्षण र उपचारलगायतका विषयमा सिकाइने बताइएको छ।

तालिमको सहजीकरण मुसीकोट नगरपालिकाअन्तरगत पशु सेवा शाखाकी संयोजक एवं शाखा अधिकृत सरस्वती सापकोटा, स्वास्थ्य शाखाकी संयोजक एवं सिनियर अनमी कमला केसी र कृषि शाखाका प्राविधिक सहायक विष्णुकुमार डागीले गरिरहनु भएको छ। तालिममा मुसीकोट नगरपालिका वडा नम्बर ५ का सिकाइ केन्द्रमा आबद्ध १८ जना महिलाहरुको सहभागिता छ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top