Free songs
Home / समाचार / संक्षिप्त समाचार / एनसेल डिलरमा छापा, बिक्री नहुँदै सिम एक्टिभ

एनसेल डिलरमा छापा, बिक्री नहुँदै सिम एक्टिभ

 

युगबोध समाचारदाता

घोराही, दाङमा प्रहरीले एनसेल डिलरमा छापा मारेर बिक्री हुनुपूर्व नै प्रयोगमा आएका सयांै सिमकार्डसहित विभिन्न कागजात नियन्त्रणमा लिएको छ।

घोराही उपमहानगरपालिका–१५ विपीचोक नजिकै गणेश रेग्मीले आफ्नै घरमा सञ्चालन गरेको एनसेल डिलरमा प्रहरीले छापा मारी बिक्री नहु“दै प्रयोगमा आएका एनसेलका सिम, स्मार्टका सीमकार्ड, विभिन्न व्यक्तिका फोटो, लाइसेन्स, नागरिकताको प्रतिलिपी प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रहरीले छापा मारी बिक्री हुनुपूर्व नै एक्टिभ भएका दुई सय एनसेलका सिमकार्ड, स्मार्ट स्ट्याण्डर प्याक लेखिएका छ सय ७० थान सिमकार्ड, स्मार्ट मास्टर सिम ६३ थान, स्मार्ट सेल लेखिएका चार सय ८० थान सिमकार्ड नियन्त्रणमा लिएको छ। त्यसैगरी एक हजार दुई सय ६७ वटा नागरिकताको प्रतिलिपि, प्रत्येकको १०÷१० वटाका दरले चार सय ७८ वटा पासपोर्ट साइजका फोटोसहित तीन थान मोवाइल समेत प्रहरीले बरामद गरेको छ। अबैधरुपमा सिमकार्डहरु बिक्री वितरण भइरहेको सूचनाका आधारमा छापा मारेर ती वस्तुहरु जफत गरिएको दाङका प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेले जानकारी दिनुभयो।

सिमकार्ड खरिदका लागि भरिने फाराममा एउटै व्यक्तिको फोटो दर्जनौं संख्यामा रहेको प्रहरीको भनाइ छ। त्यस्तै नागरिकता र सवारी चालक अनुमति पत्र पनि धेरै फाराममा मिल्ने गरेको छ। एउटै व्यक्तिका नाममा दर्जनौं फोटो, दर्जनौं नागरिकता र लाइसेन्स फेला पर्नु र बिक्री नह“ुदै चालु अवस्थामा सिमकार्डहरु फेला पर्नुले गैरकानुनी कार्य भएको पुष्टि भएको एसपी पाण्डेको भनाइ छ। आपराधिक समूहलाई सिमकार्ड वितरणका लागि यस्तो गतिविधि भएको हुन सक्ने पनि प्रहरीको आशंका छ। पसल सञ्चालक फरार हुनुले गैरकानुनी काम हु“दै आएको बुझ्न सकिने प्रहरीको भनाइ छ।

दूरसञ्चार दुरुपयोग कसुर २०५३ को ऐनअन्तर्गत फरार गणेश रेग्मीका विरुद्ध अदालतबाट मुद्दा दर्ता
गरेर कानुनी कारवाहीको प्रक्रिया अघि बढेको एसपी पाण्डेले जानकारी दिनुभयो।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top