Free songs
Home / समाचार / संक्षिप्त समाचार / आगलागीबाट घर गोठ नष्ट

आगलागीबाट घर गोठ नष्ट

गढवा, युस)– गढवाको वडा नं. ६ मदपुुर बस्ने बुुटीराम चौधरीको घरमा शनिवार बिहान आगलागी हुुदा चौधरीको एक घर तथा एक गोठ जलेर नष्ट भएका छन्। बिहान ५.३० बजे एकाएक घरमा आगो लागेको चौधरीले बताउनुुभयो।

आगलागीबाट घरमा भएको अनाज, लत्ताकपडा, नगद, गरगहना र काठपात सबै जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ। आगलागीबाट गोठमा रहेका ११ बाख्रा मध्ये सातवटा जलेर मरेका छन्। यसैबीच अग्निपीडित चौधरीको परिवारलाई तत्काल खान तथा बस्नका लागि रेडक्रसले त्रिपाल लत्ता कपडा, भा“डाकुुडा र कम्बल गरी एकसेट राहत सामग्री उपलब्ध गराएको छ। आगलागी भएको घटनास्थलमै पुुगेर रेडक्रस उपशाखा गढवाका सचिव शिवराज पन्थी, उपकोषाध्यक्ष खुुमानन्द पोखे्रल र इन्कोर परियोजनाका अधिकृत देवी प्याकुुरेलले राहत सामग्री हस्तान्तरण गर्नुुभएको हो।

यसैबीच गढवा गाउ“पालिकाले पनि घटनास्थलको अनुुगमन गरेको छ। गाउ“पालिकाले तत्काल घर छाउने टिन तथा खाद्यान्न र लत्ताकपडासहितका राहत सामग्री उपलब्ध गराउने गाउ“पालिकाका विपत व्यवस्थापन फोकलपर्सन कैलाश चौधरीले जानकारी दिनुुभयो।

 

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top