Free songs
Home / विचार / अमेरिकाको अनुभव–२

अमेरिकाको अनुभव–२

रमेशकुमार अधिकारी

सुदृढ लोकतान्त्रिक शासन प्रणाली, उत्कृष्ट शिक्षा पद्धति, विज्ञान–प्रविधिको अतुलनीय विकास, अत्याधुनिक स्वास्थ सुविधा, प्रभावकारी सामाजिक सुरक्षा व्यवस्था, मानव निर्मित भव्य भौतिक संरचनाहरु, ऐतिहासिक तथा पुरातात्विक सम्पदाहरुको सजीव संरक्षण, विश्वमा सबैभन्दा ठूलो अर्थतन्त्र, दिगो वातावरणीय व्यवस्थापन, हरेक कुरा सिष्टमले चलेको जस्ता धेरै विशेषता भएको विकसित र समृद्ध देश अमेरिकामा हेर्ने, सिक्ने र अनुभव गर्ने कुरा अनन्त छन्। यहा“को बसाइमा आफूले हासिल गरेका अनुभवहरु पाठकसमक्ष पस्कने क्रमलाई यस लेखमार्फत निरन्तरता दिएको छु।

गत अप्रिल १३, २०१९ अर्थात चैत्र ३०, २०७५ का दिन अपरान्ह नेपाली नया“ वर्ष विक्रम सम्बत २०७६ को खुशियाली मनाउन द युनिभर्सिटी अफ साउदर्न मिसिसिपिमा अध्ययनरत नेपाली विद्यार्थीहरुको सङ्गठन नेप्लीज स्टुडेण्ट्स एशोसिएसनले आयोजना गरेको “इन्टरनेशनल नेपालनाइट” कार्यक्रममा सहभागी हुने अवसर मिल्यो।

विश्वविद्यालय परिसरभित्र रहेको बाप्टिष्ट स्टुडेण्ट सेन्टरको हलमा कार्यक्रम आयोजित थियो। कार्यक्रम कक्षको अग्रभागमा “इन्टरनेशनल नेपालनाइट” लेखिएको आकर्षक व्यानर टा“गिएको थियो। व्यानरको साथमा नेपालको राष्ट्रिय झण्डा सजाइएको थियो। सर्वोच्च शिखर सगरमाथा र भगवान गौतम बुद्धको जन्म स्थलको परिचयसहित नेपालको प्रकृति र संस्कृतिका मनोरम सामग्रीले मञ्च सुशोभित थियो। एकातिर साङ्गीतिक समूहका लागि बाजासहितको स्थान निर्धारित थियो। हलमा मिलाएर राखिएका कुर्सीमा अतिथिहरु आसिन हुने व्यवस्था थियो। कार्यक्रममा सहभागीहरुको बाक्लो उपस्थिति थियो।

मञ्चबाट नेपाली पहिरनमा सजिएर प्रतिभाशाली विद्यार्थीहरुले कार्यक्रम सञ्चालन गरिरहनुभएको थियो। नेपाली विद्यार्थीहरु सबै नेपाली पहिरनमा सजिनुभएको थियो । कार्यक्रमस्थल नेपालीपनले ढकमक्क भएको दृश्य देख्न पाउ“दा अत्यन्त गर्वको अनुभव भएको थियो। कार्यक्रमका मुख्य आकर्षण फेसन परेड, नेपाली गीत, सङ्गीत, नृत्य र प्रहसन रहेका थिए। हरेक प्रस्तुति अत्यन्त आकर्षक थिए। कार्यक्रम अवलोकन गरिरह“दा कार्यक्रमको स्वरुपले नेपाली विद्यार्थीहरुमा मातृभूमिप्रतिको असीम श्रद्धा र नेपाली संस्कृतिप्रतिको उच्च सम्मानको जीवन्त अनुभूति भएको महसुस हुन्थ्यो। नेपाली विद्यार्थीहरु स्वयं कलाकार भएर आ–आफ्ना भूमिकामा अभिनय गर्नुभएको थियो। कार्यक्रम व्यवस्थापनमा विद्यार्थीहरुको लय र ताल असाध्यै मिलेको देखिन्थ्यो। कार्यक्रम अत्यन्त सुन्दर, सभ्य र भव्य थियो। हेरिरह“ु, सुनिरह“ु, रमाइरह“ु भन्दा भन्दै उक्त कार्यक्रम सम्पन्न भएकोे थियो।

नेपाली विद्यार्थीहरुबाट स्वदेशको मौलिक कला र संस्कृतिलाई समेटेर निरन्तर आयोजना भइरहेका यस्ता कार्यक्रमले उहाहरुको प्रतिभा प्रस्फुटन हुने, प्रतिभामा अझ निखार आउने र दर्शक स्रोताहरुलाई भरपुर मनोरञ्जन दिने कुरा त छ“दैछ नेपालको परिचय र प्रतिष्ठा संसारभर फैलाउनमा समेत योगदान पुगेको छ भन्ने मलाई लाग्छ। यस्ता कार्यक्रमका माध्यमबाट नेपाली विद्यार्थीहरुले आफ्ना गुरुहरु र सहपाठी साथीहरुलाई नेपाल भ्रमण गर्ने निम्तो दिएकोे रुपमा समेत बुझ्न सकिन्छ। यस्तो प्रिय कार्यक्रममा सहभागी हुन पाएकोमा हर्ष र गौरवको अनुभूति भएको छ। आमन्त्रण गर्नुहुने नेप्लिज स्टुडेण्ट एशोसिएशनकी पे्रसिडेण्ट विदुषी शान्ति पाण्डेप्रति यस लेखमार्फत आभार व्यक्त गर्दछु। सबै प्रतिभाशाली नेपाली विद्यार्थीहरुको उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्दछु। साथै हाम्रो देशको आर्थिक समृद्धिका लागि अथाह सम्भावना बोकेको पर्यटन क्षेत्रको विकासका लागि अमेरिकाका विभिन्न विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरुको सङ्गठन नेप्लीज स्टुडेण्ट एसोसिएसनका प्रेसिडेण्टलाई पदेन सद्भावना दूत बनाएर जिम्मेवारी सुम्पने हो भने उहाहरुले आयोजना गर्ने कार्यक्रमका माध्यमबाट अमेरिकी बजारमा नेपालको पर्यटकीय सुन्दरताको प्रचारप्रसारमा उल्लेख्य सहयोग पुग्ने देखिन्छ। यसबारेमा नेपाल पर्यटन बोर्ड सकारात्मक हुन उचित हुन्छ भन्ने धारणा राख्न चाहन्छु।

विश्वविद्यालयकै सन्दर्भमा अरु केही अनुभव पनि जम्मा भएका छन्। विश्वविद्यालय परिसर स्वयंमा खुला सिकाइ स्थल हो। मेरा लागि दैनिकी जस्तै भएको छ द युनिभर्सिटी अफ साउदर्न मिसिसिपी परिसरको घुमघाम। यो विश्वविद्यालयको स्थापना सन् १९१० मा भएको हो। स्थापनाकालको दूरदर्शिता कुन उचाइको रहेछ भन्ने कुरा यहा भ्रमण गर्दा छर्लङ्ग देख्न सकिन्छ। विश्वविद्यालयको मस्कट (शुभङ्कर) चील रहेको छ। यसलाई अथ्र्याउन बोर्न टु सोर र साउदर्न मिसिसिपि टु द टप अर्थात जन्मेकै उचाइमा पुग्न र साउदर्न मिसिसिपि सबैभन्दा माथि” जस्ता अजम्मरी आदर्श बाक्यहरु ठाउ“–ठाउ“मा राखिएका छन्। यी आदर्श वाक्यले विद्यार्थीहरुलाई उत्कृष्ट सफलताको मार्गमा लाग्न प्रेरित गरिरहेको अनुभूति हुन्छ।

विश्वविद्यालय परिसरमा भौतिक संरचनातर्फ वास्तुकलाको सुन्दर संयोजन भएका अत्याधुनिक भवनहरु छन्। प्रशासकीय भवनहरुका साथै विज्ञान, इञ्जिनियरिङ, स्वास्थ्य विज्ञान, कम्प्यूटर प्रविधि, व्यवस्थापन, साहित्य, कला, कानुनलगायत विश्वविद्यालयमा पढाइ हुने विषयका संकायहरुमा अण्डर ग्य्राजुयट, ग्य्राजुयट, पिएचडी, पोष्टडक विद्यार्थीहरुका लागि अध्ययन कक्ष, पुस्तकालय, प्रयोगशालालगायतका भवनहरु पर्याप्त छन्।

विश्वविद्यालय परिसरमा अडिटोरियम, कोलिेसियम, स्टेडियम, विद्यार्थी सेवा केन्द्र, स्वास्थ्य सेवा भवन, क्यान्टिन, नाम चलेका फुड चेन, होस्टेल, स्टुडेण्ट सेन्टर, पार्किङ भवनलगायतका भव्य संरचनाहरु रहेका छन्। हरेक भवनको समीपमा खुला पार्किङ लटको यथेष्ट सुविधा छ। ठाउ“–ठाउ“मा वाटर फाउण्टेन र रोज गार्डेन छन्। परिसर भित्र फराकिला सडक छन्। सडक सञ्जालले सबै विन्दुमा सहज पहुच हुने गरी जोडेका छन्। परिसरभित्र वर्षैभरि पालैपालो फुल्ने थरीथरीका बोटविरुवा छन्। सडकका दाया“बाया“ अग्ला, होचा सदाबहार बृक्षहरु छन्। जताततै हरियो दुबोले सजिएका साना–ठूला खुला चउर छन्। विश्वविद्यालय परिसर जताततै स्वच्छ, सफा, हराभरा एवं कलात्मक मनोरम दृष्यले सुशोभित छ। यहाका कुनै पनि संरचनाले विश्वविद्यालय परिसरलाई सय वर्ष भन्दा पुरानो भन्ने झझल्को दिदैनन्। सिङ्गो परिसर जवान देखिन्छ।

विश्वविद्यालयमा अतुलनीय योगदान गरेका विशिष्ट महानुभावका स्मारक ठाउ“–ठाउ“मा स्थापित छन्। स्मारकमा उहाहरुका कीर्तिगाथा उल्लेख गरिएको छ। यी स्मारकहरुले नया“ पुस्तालाई श्रेष्ठ बन्न र सक्दो योगदान गर्न पे्ररित गरिरहेको भन्ने अर्थबोध हुन्छ। व्यस्त देखिने प्राज्ञिक व्यक्तिहरुकोे ओहोरदोहोरले विश्वविद्यालयको वातावरण गुरुकूलमय प्रतीत हुन्छ। विद्यार्थीहरुको लर्कन देख्दा आजको समृद्ध अमेरिका भोलि झन कस्तो होला भनेर कल्पनाशील भइन्छ।

विश्वविद्यालय परिसरका विभिन्न बिन्दुबाट ह्याटिसबर्ग शहरका विभिन्न स्थानमा जान आउनका लागि विश्वविद्यालयले निःशुल्क बस सेवा सञ्चालन गरेको छ। वास्तवमा यस विश्वविद्यालय परिसरमा घुम्दा पाइला–पाइलामा नया“ सिकाइ महसुस हुन्छ। सोच फराकिलो हुन्छ। मन प्रफुल्लित हुन्छ । आफ्नो देशका विश्वविद्यालयहरुको अवस्था पनि यस्तै व्यवस्थित, प्रतिष्ठित र सुन्दर भएको देख्ने रहर जागृत हुन्छ।

यसैगरी म अर्को कार्यक्रमको अनुभव पनि पाठकहरुसमक्ष राख्न चाहन्छु। अमेरिकी स्वतन्त्रता दिवस जुलाई ४ मा पर्दछ। यस वर्षको स्वतन्त्रता दिवसको अवसरमा जुलाई ४, २०१९ अर्थात नेपाली पात्रो अनुसार असार १९, २०७६ को अपरान्ह ह्याटिसबर्ग शहरस्थित जोन्सन स्टेट पार्कभित्रको विशाल सरोबरको रमणीय तटमा आतसबाजीको कार्यक्रम आयोजना गरिएको थियो।

जोन्सन स्टेट पार्कभित्रको विशाल सरोवरको किनारमा पुगेका दर्शकहरु आफ्ना गाडी पार्क गर्दै उत्सव अवलोकन गर्न आफूखुशी सुविधाजनक स्थलको चयन गर्दै र बस्दै गरिरहेका थिए। हामीहरु (म, मेरी श्रीमती, हाम्रा छोरी, जुवाई र नाति )अलि छिटै त्यहा“ पुग्यांै। पार्किङ्गस्थलमा गाडी राख्यौं। आतसवाजी अवलोकन गर्न उपयुक्त स्थान रोजेर बस्यौं। दर्शकहरुको लर्को लागिरहेको थियो। सन्ध्याको समयमा सरोवरको कञ्चन पानीमा सूर्यास्तको दृश्य मनमोहक भइरहेको थियो। दर्शकहरु कतिले साथमा लगेका परिकार खा“दै रमाउ“दै गरेको देखिन्थ्यो, कति पौडी खेलिरहेका थिए। ससाना बालबालिका, किशोर किशोरी र वयस्कहरु डुबल्की मारेर रमाइरहेका थिए। उता“ विशाल तालमा अमेरिकी झण्डा फहराउ“दै मोटर बोट दौडी रहेका देखिन्थे। स्वतन्त्र जीवनशैलीमा रम्ने अमेरीकीहरुको स्वभाव त्यहा“ प्रकट भइरहेको थियो। हाम्रा लागि यो नया“ अनुभव थियो। हामी पनि साथमा लगेका परिकार खा“दै सरोवर तटको सन्ध्याकालीन दृश्यमा रमिरह्यांै।

सहभागी दर्शकहरुका आफूखुशी थरीथरीका आनन्ददायी क्रियाकलापका बीच सूर्यास्त भएको केही पछि अर्थात निर्धारित समयानुसार सा“झको नौ बजे आतसबाजी उत्सव आरम्भ भयो। अमेरिकामा सूर्यास्त अलि ढिलो हुने गर्दछ। अ“ध्यारो आकाशमा आतसबाजीको सुन्दरता दिव्य हुने भएकाले सा“झको नौ बजे कार्यक्रमको समय निर्धारित थियो। आ“खाले हेर्दाखेरी सो आतसबाजी ध्वनि, प्रकाश, आकार र आकृतिको संयोजनले अ“ध्यारो आकशमा उज्यालो र चम्किलो परिदृश्य अनुभव हुन्थ्यो। हरेक पटक आतसबाजी आकाशमा गुञ्जिदा चम्किलो फोहराको सजीव आकृति प्रकट हुन्थ्यो। बेला–बेलामा दर्शकदीर्घाबाट तिखो आवाजमा प्रकट भएका ध्वनिले माहोल अझ रोमाञ्चक हुने गर्दथ्यो। करीव एकघण्टाको सो कार्यक्रमबाट हामीलाई भरपुर मनोरञ्जन मिलेको थियो। वास्तवमा यो कार्यक्रम हाम्रा लागि अविस्मरणीय भएको छ।

यसरी यहा“का विभिन्न कार्यक्रममा सहभागी भइरहदा यहाको सिष्टम बुझ्ने मौका पाइएको छ। हाल बसिरहेको ह्याटिसबर्ग शहरका बारेमा अझ बढी जान्न पाइएको छ। यहा“को समाजमा विद्यमान असल छिमेकीपनाको अनुभव गर्न पाइएको छ। यहाका वासिन्दासग पनि यहाको सामाजिक जीवनबारे जान्ने कोसिस गरेको छु। नेपालमा वर्तमान युवा पुस्ताले पाएसम्म अमेरिका पढ्ने चाहना राखेको सन्दर्भमा मैले मौका मिलेसम्म यहा अध्ययनरत नेपाली विद्यार्थीहरुस“ग यहा“को शिक्षा प्रणालीका बारेमा छलफल गर्ने गरेको छु। अमेरिकाको पढाइको विधि, प्राध्यापकहरुको व्यवहार र अध्ययनपछिको अवसरका बारेमा छलफललाई केन्द्रित गर्ने गरेको छु। अब यो प्रसंगलाई यहीं विशाउदै अर्को लेखमा ह्याटिसबर्ग शहरका बारेमा लेख्ने जानकारीसहित यो लेखको बिट मार्दछु।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top