Free songs
Home / समाचार / प्रमुख समाचार / सीमा सुरक्षाको चिन्ता:भारतमा अढाई किलोमिटर, नेपालमा १३ किलोमिटरमा पोष्ट

सीमा सुरक्षाको चिन्ता:भारतमा अढाई किलोमिटर, नेपालमा १३ किलोमिटरमा पोष्ट

कुमार श्रेष्ठ

बाके,  बाकेमा भारतसग जोडिएको ६५ किलोमिटर भू–भाग पर्छ। सजिलो भाषामा यसलाई नाका भन्ने गरिन्छ। यो क्षेत्रमा साना ठूला बाटाहरु छन्। त्यसले गर्दा कतिपयले मुख्य नाका र छोटी नाका भन्ने गर्दछन्।सरकारले सीमा सुरक्षाका लागि नाकामा सशस्त्र प्रहरीलाई परिचालन गरेको छ। सीमा सुरक्षासग धेरै कुरा जोडिन्छन्। सीमामा हुने सबै प्रकारका अपराध यसमा पर्ने नै भयो। सीमामा हुने हरेक गतिविधिको निगरानी सशस्त्र प्रहरीले गर्छ।

तर बा“केको सीमामा सशस्त्र प्रहरीको उपस्थिति अलि कम भएको गुनासा आइरहेका छन्। पारि भारतले अढाई किलोमिटरको दूरीमा एसएसबीको पोष्ट खडा गर्दा नेपालतिर त्यस्तो मापदण्ड नै बनाइएको छैन। नेपालमा एउटा विओपी (सशस्त्र प्रहरीको पोष्ट) ले कम्तिमा १३ किलोमिटरको दूरी हेर्नु पर्दछ। सीमा सुरक्षा बल ३० नम्बर गणका गणपति एसपी दीपक अधिकारीका अनुसार बा“केमा पा“चवटा विओपी छन्। कटकुइया, नरैनापुर, गंगापुर, कालाबन्जार र बढैयामा सशस्त्र प्रहरीका विओपी रहेका छन्। पा“चमध्ये दुईवटा स्थापना गरेको केही महिनामात्रै भएको छ।

एउटा विओपीमा ३० जना हाराहारीमा जनशक्ति रहने गर्दछन्। तीमध्ये केही विदामा गएका हुन्छन्। केहीले भित्रै काम गर्नुपर्छ। १५÷१६ जनाले बाहिरी रेखदेख गरेको पाइन्छ। एउटा पोष्टदेखि अर्को पोष्टसम्म गस्ती गर्नु चुनौती नै रहेको छ। एसपी अधिकारीले नाकामा एक्लै र दुई देशको संयुक्त गस्ती निरन्तर भइरहेको बताउनुभयो।

भारतमा अढाई किलोमिटरमा एउटा पोष्ट राखिदा नेपालमा कम्तिमा पाच किलोमिटरको दूरीमा पोष्ट राख्नेबारेमा सोच्न थालिएको छ। भर्खरै जिल्लामा आउनुभएका एसपी अधिकारीले पा“च किलोमिटरको दूरीमा पोष्ट राख्ने योजना बनाएको जानकारी दिनुभयो। ‘कहा“–कहा“ राख्न सकिन्छ। मैले योजना बनाउदैछु’– एसपी अधिकारीले भन्नुभयो– ‘पाच किलोमिटरको दूरीमा विओपी भएर सबैलाई गाडी दिन सकेमा नाकाको निगरानी चुस्त हुन्छ।’

विओपी बढाउ“दा जनशक्तिको कुरा आउ“छ। स्रोत साधन त्यसमा जोडिन्छ। सशस्त्र प्रहरीमा पनि जनशक्तिको कमी नै रहेको छ। हुन त भारतको एउटा पोष्टमा १५÷२० जनामात्रै राखिएका छन्। थोरै दुरीमा पोष्ट खडा गरिदा ठूलो जनसंख्या चाहिदैन भन्ने यसले पनि देखाउ“छ।
यता, पूर्वपश्चिम राजमार्गमा सशस्त्र प्रहरीका तीनवटा युनिट रहेका छन्। कुसुम, शमशेरगञ्ज र खैरीखोलाको युनिटले राजमार्गको सुरक्षा दिएको छ। विशेष गरेर चाडपर्वका बेलामा राजमार्गमा पर्ने जंगल क्षेत्रमा लुटपाट हुने गर्दछ। त्यसको लागि सशस्त्र प्रहरीले खैरीखोलामा विशेष व्यवस्था गरेको छ। एसपी अधिकारीले राजमार्गमा जुनसुकै ठाउ“मा १० देखि १५ मिनेटमा पुग्न सकिने बताउनुभयो।

पिलरको दुर्दशा

बा“केमा मुख्य र सहायक गरी नौ वटा पिलर खोलाले बगाएको छ। २५ वटा पिलर पुनर्निर्माण र मर्मत गर्नुपर्ने अवस्थामा छन्।
लामो समयदेखि जंगी (मुख्य) र सहायक पिलर खोलाले बगाउदा, पुनर्निर्माण र मर्मत गर्नुपर्ने हु“दा सरकारले वास्ता गरेको छैन। पिलर पुनर्निर्माण तथा मर्मत दुई देशका अधिकारीको उपस्थितिमा गर्नुपर्दछ। बा“केमा लामो समयदेखि साविक ठाउ“मा पिलर नहु“दा सरकारले ध्यान दिएको छैन।

सीमा सुरक्षा बल ३० गण हेडक्वाटर बागेश्वरीका अनुसार, जिल्लामा तीन सय सातवटा पिलर रहेका छन्। ३२ वटा जंगी पिलर छन्। त्यसमध्येमा चारवटा खोलाले बगाएको छ भने एउटा पुनर्निर्माण गर्नुपर्ने अवस्थामा रहेको छ। त्यस्तै, दुई सय ४६ वटा सहायक पिलर रहेका छन्। त्यसमा पा“चवटा खोलाले बगाएको छ। २१ वटा मर्मत र तीनवटा पुनर्निर्माण गर्नुपर्ने अवस्थामा रहेका  छन्।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top