Free songs
Home / समाचार / संक्षिप्त समाचार / राप्तीमा ऐन निर्माणलाई प्राथमिकता दिइने

राप्तीमा ऐन निर्माणलाई प्राथमिकता दिइने

मसुरिया, (युस)– राप्ती गाउपालिकाको यस आर्थिक वर्ष २०७६÷०७७ को प्रथम बैठकबाट ऐन निर्माण कार्य लाई प्राथमिकता दिइएको छ।

गाउपालिका अध्यक्ष नुमानन्द सुवेदीको अध्यक्षतामा १७ सदस्यीय कार्यपालिका सदस्य तथा विषयगत शाखा प्रमुखहरुको उपस्थिति रहेको प्रथम बैठकबाट यस आर्थिक वर्षको प्रथम बैठकले विपत जोखिम न्यूनीकरण ऐन २०७६, स्थानीय स्वास्थ्य तथा सरसफाइ सेवा ऐन २०७६, राप्ती गाउ“पालिकाको स्थानीय कृषि ब्यवसाय प्रवद्र्धन ऐन २०७६, राप्ती गाउ“पालिकाको आर्थिक कार्यविधि नियमित तथा ब्यवस्थित गर्न बनेको ऐन २०७६, राप्ती गाउपालिकाको शिक्षासम्बन्धी ऐन २०७६ लाई पारितका लागि र राप्ती गाउ“पालिका सहकारी ऐनलाई संशोधनका लागि गाउ“सभामा प्रस्तुत गर्ने निर्णय गरिएको राप्ती गाउ“पालिकाका प्रवक्ता विद्याशरण चौधरीले बताउनुभयो।

बैठकले संघीय सरकार र प्रदेश सरकारमा राप्ती गाउ“पालिका क्षेत्रका विभिन्न खोला, नदी, ठूला कुलामा पक्की पुल निर्माण तथा ठूला बाटा निर्माणका लागि बजेट माग गरिएको छ।

बैठकले राप्ती गाउ“पालिकाको कार्यालय तथा वडा नं. २, ६, ७, ८ र ९ को कार्यालयहरुले भोगचलन गर्दै आएका जग्गाको भोगाधिकारका लागि सम्बन्धित निकायमा विस्तृत विवरण पठाउने, प्रदेश सरकारको समपूरक कोषको रकमबाट निर्माण हुने राप्ती चक्रपथको बजेट सहज प्राप्तिका लागि प्रक्रिया पूरा गर्ने निर्णय गरिएको प्रवक्ता विद्याशरण चौधरीले बताउनुभयो।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top