Free songs
Home / समाचार / संक्षिप्त समाचार / बंगलाचुली गापाको गाडीमा आगजनी

बंगलाचुली गापाको गाडीमा आगजनी

घोराही,  (युस)– दाङको बंगलाचुली गाउपालिकाको गाडीमा अज्ञात समूहले आगजनी गरेको छ। गाउ“पालिकाको वडा नम्बर ५ को कार्यालय मुर्कुटीमा पार्किङ गरी राखिएको रा १ झ १५२ नम्बरको बलेरो जीपमा शनिवार राति साढे १२ बजेतिर अज्ञात समूहले आगजनी गरेको हो।

आगजनीबाट गाडी पूर्णरुपमा जलेर नष्ट भएको छ। उक्त गाडीमा गाउपालिकाका अध्यक्ष भक्तबहादुर ओली चढ्दै आउनुभएको थियो। मुर्कुटी निवासी अध्यक्ष ओलीले पा“च नम्बर वडा कार्यालयमा गाडी राख्दै आउनुभएको थियो।

यसैबीच घटनापछि दाङका प्रहरी प्रमुख एसपी बेलबहादुरपाण्डे घटनास्थलमा पुग्नुभएको छ। आगजनीका बारेमा केही नखुले पनि प्रतिबन्धित विप्लव नेकपाका कार्यकर्ताले घटना गराएको हुनसक्ने एसपी पाण्डेको भनाइ छ। घटनाको मुचुल्का लिएर फर्कनुभएका एसपी पाण्डेले अनुसन्धान प्रक्रिया शुरु भएको जानकारी दिनुभयो।

त्यस्तै कपिलवस्तुमा पनि अज्ञात समूहले एउटा गाडीमा आगजनी गरेको छ। कपिलवस्तुको मायादेवी गाउ“पालिकाका उपाध्यक्ष चढ्दै आएको गाडीमा शनिवार अज्ञात समूहले आगजनी गरेको हो। साउन ७ पछि विप्लव समूहले सरकारी गाडीहरुलाई प्रतिबन्ध लगाउने बताएको खबरहरु बाहिर आएका थिए।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top