Free songs
Home / सम्पादकीय / नाकावासीका पीडा

नाकावासीका पीडा

नेपाल–भारत सीमा क्षेत्रमा बस्ने नागरिकका आ–आफ्ना पीडा छन्। स्थान वा ठाउँ हेरी हरेक क्षेत्रमा फरक–फरक प्रकृतिका समस्या छन्। खुला सीमाका कारण केही सहजतासँगै  थुप्रै  असहजताहरु छन्। विशेष गरी दाङ र बाँकेका सीमा नाका क्षेत्रमा बस्ने नागरिकहरुले धेरै  दुःख कष्ट सहेर जीवन गुजादैर्  आएका छन्। उनीहरु नेपाली नागरिक भए पनि राज्यबाट पाउनुपर्ने सेवा सुविधाबाट बञ्चित रहँदै  आएका छन्। सीमा नाकामा बस्ने नागरिक राज्यद्वारा त ठगिएकै  छन्, सँगसँगै  प्रकृतिबाट समेत ठगिएका छन्। भौ गोलिक विकटता मात्र नभएर बाढी र डुबानको त्रासमा कहालिलाग्दो जीवन नाकावासीले बिताइरहेका छन्। उनीहरु जिल्ला सदरमुकाम वा अन्यत्र जाँदा भारतीय भूमि प्रयोग गर्न विवश छन्। उनीहरुले दै निक जीवन चलाउन भारतीय रुपै याँ प्रयोग गदैर्  आएका छन्। नाकामा बस्ने नागरिकको है सियत नाम मात्रका नागरिक बराबर छ।

दाङ जिल्लाको नाका क्षेत्र ८३ किलोमिटर भारतीय सीमासँग जोडिएको छ। त्यहाँका २२ वटा नाका भए पनि कोइलावास बाहेक अन्य सबै  नाकावासीको जिल्लासँग पहुँच पुग्न सकेको छै न। खण्डहर बनिसकेको कोइलावास लमही–कोइलावास सडक सुचारु भएपछि पुनर्जीवन पाउने प्रतीक्षामा छ। तर अन्य नाकाहरु सडक सञ्जालबाट जोडिन सकेका छै नन्। नाका क्षेत्रमा बस्ने नागरिकहरुले न राम्रो सुरक्षा पाउन सकेका छन्, न स्वास्थ्यको पहुँच, न शिक्षाको प्रबन्ध छ, न सञ्चारको सुविधा छ। कतिपय अवस्थामा त उनीहरुले राज्य नै  नभएको जस्तो पीडा व्यहोर्नुपरेको हुन्छ। नेपाली भूमिमा आएर भारतीयहरुले गर्ने दुव्र्यवहार चूपचाप सहनुपर्ने बाध्यता उनीहरुसँग छ। तर पनि मुलुकको सीमा रक्षकको रुपमा उनीहरुले राष्ट्रलाई दिएको योगदान अतुलनीय छ।

नाका क्षेत्रको सुरक्षा स्थिति ‘भगवान भरोसे’ जस्तो छ। केही नाकाहरुमा न्यून संख्यामा सुरक्षाकर्मीहरु कार्यरत छन्। भौ तिक पूर्वाधारको अभावका कारण त्यहाँ कार्यरत सुरक्षाकर्मीको दै निकी समेत सहज छै न। त्यहाँ राम्रो स्वास्थ्य केन्द्र छै न। भएका ठाउँहरुमा पनि स्वास्थ्यकर्मीहरु भेटिदै नन्। सानोतिनो प्राथमिक तहको उपचारका लागि भारतीय बजारको भर पर्नुपर्छ। गम्भीर प्रकृतिको रोग वा आकस्मिकरुपमा स्वास्थ्य समस्या आउँदा बीच बाटोमै  बिरामीले मृत्युवरण गर्नुपर्ने बाध्यता आइलाग्छ। अहिले पनि नाकावासीले एम्बुलेन्स देख्न पाएका छै नन्। बिरामीलाई खटिया वा डोकोमा बोकेर उपचार केन्द्रसम्म पु¥याउनुपर्ने बाध्यता छ। त्यसै ले नाकालाई कम्तिमा जिल्लाको सडक सञ्जालसँग जोड्ने गरी काम गर्न जरुरी छ। यसमा स्थानीय, प्रदेश र संघ तीनै  तहका सरकार गम्भीर बन्नुपर्छ। किनभने नाका क्षेत्रमा विकास गर्ने र त्यहाँका नागरिकलाई सेवा सुविधा पु¥याउने कुरा नेपाली राष्ट्रियतासँग जोडिएको विषय पनि हो।

नाका क्षेत्रमा अहिले पनि नेपाली है न भारतीय रुपै याँमा कारोबार हुने गर्छ। उनीहरुका हरेक आर्थिक गतिविधि भारतमा निर्भर भएकाले यस्तो अवस्था आएको हो। त्यहाँ नेपाली दूरसञ्चार कम्पनीको नेटवर्क नहुँदा भारतीय कम्पनीको मोबाइल सेवा प्रयोग गर्नुपर्ने बाध्यता छ। नेपाली दूरसञ्चार कम्पनीहरु कर छलीमा संलग्न हुन्छन् । तर दूरदराजका वस्तीमा आफ्नो सेवा प्रवाह विस्तार गर्न तयार हुँदै नन्। यसमा सरकार पनि गम्भीरढंगले लाग्न सकेको पाइन्न। समग्रमा भन्दा नाका क्षेत्र उपेक्षित छ, त्यहाँका नागरिकले राज्यबाट पाउनुपर्ने न्यूनतम सेवा सुविधा प्राप्त गर्न सकेका छै नन्।

नाकामा बस्ने नागरिकहरुले विना वर्दीका रुपमा सीमा रक्षकको समेत काम गरिरहेकाले भारतीय पक्षबाट दुव्र्यवहार, कष्ट र पीडा भोग्दै  आएका छन्। कहिलेकाहीं त नेपाली चेलीहरुले बलात्कार जस्तो जघन्य हिंसा सहनु परेका घटनाहरु सुनिन्छन्। आफ्नो दै निक जीवन चलाउनका लागि, ज्याला मजदूरी गर्न समेत सीमावर्ती भारतीय बजारमा पुग्नुपर्ने बाध्यता भएकोले नाकावासीहरुले लामो समयदेखि उत्पीडन सह“दै  आएका छन्। त्यसै ले नाका क्षेत्रको समग्र विकासमा राज्यले ध्यान पुयाउन जरुरी छ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top