Free songs
Home / समाचार / प्रमुख समाचार / नाकामा स्वास्थ्य:उपचार नपाएर हुन्छ अकाल मृत्यु

नाकामा स्वास्थ्य:उपचार नपाएर हुन्छ अकाल मृत्यु

 दशरथ घिमिरे

देउखुरी,

घटना नं. १

राजपुर गाउपालिका वडा नं. ७ भौवानाका निवासी शेरबहादुर सार्कीका दुई छोरी सुजाता सार्की र करिश्मा सार्कीलाई साउन २३ गते सर्पले डस्यो। उपचार गर्न कहा लैजाने ? अल्लमल्लमा पर्नुभयो शेरबहादुर। गाउ“का मानिसहरुसग गुहार मागेर भारतीय अस्पताल पु¥याउन खोजियो। नेपालको अस्पतालमा उपचारको लागि लैजाने बाटो नै भएन। भारतीय अस्पतालमा लैजादा लैजादै बाटोमै अकाल मृत्यु हुन पुग्यो।

‘गाउमै औषधि उपचार हुने ठाउ भइदिएको भए ती नानीहरु बा“च्ने थिए। नेपालको अस्पतालमा लैजाने बाटो भएन। भारतीय अस्पताल पु¥याउदा पु¥याउदै मृत्यु भयो’– शिवशक्ति माध्यमिक विद्यालय भौवाका प्रधानाध्यापक लीलाधर विकले भन्नुभयो– ‘नाका क्षेत्रमा उपचार नपाएर हरेक वर्ष अकालमा ज्यान गुमाउनुपर्ने बाध्यता छ।’

घटना नं. २

गत फागुन महिनामा राजपुर गाउ“पालिका वडा नम्बर ७ लैबरुवा निवासी १८ वर्षीया सुत्केरी शिवा केसीको उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याउ“दै गर्दा बाटोमै मृत्यु भयो। घरमै सुत्केरी भएकी केसीलाई रक्तस्राव बढेपछि गंगदीमा रहेको स्वास्थ्य चौकीमा उपचारका लागि लगिएको थियो। त्यहा“ उपचार सम्भव नभएपछि थप उपचारका लागि घोराही लग्न थालिएको थियो। अस्पताल पु¥याउन नपाउ“दै उहा“को मृत्यु भएको हो। कार्तिक महिनामा सोही वडाको भौवा नाकामा समयमै उपचार हुन नसक्दा टंकी खड्काको भारतीय अस्पतालमा लैजा“दै गर्दा बाटोमै मृत्यु भयो। टंकीको बच्चालाई बाख्राको दूध खुवाएर बचाइएको छ।
यी दुई प्रतिनिधिमूलक घटना हुन्। दाङको नाका क्षेत्रमा वसोवास गर्ने मानिसको स्वास्थ्य उपचारको अवस्था कहालीलाग्दो छ। सामान्य घाउचोट लागे पनि भरपर्दाे उपचार पाउने ठाउ“ छैन। नाकाको केही स्थानमा सामुदायिक स्वास्थ्य एकाई भए पनि त्यहा“ सामान्य औषधिबाहेक अरु औषधि पाइदैन।

सुत्केरी, गर्भवती तथा इमेरजेन्सी बिरामीले समयमा उपचार नपाउदा अकालमा ज्यान गुमाउनुपर्ने बाध्यता रहेको नाका क्षेत्रका जानकार भीम ओलीले बताउनुभयो। ‘मान्छेको दैनिकी दयनीय छ। सिटामोलले मात्रै केही हुने वाला छैन’– उहाले भन्नुभयो– ‘राज्यले नाका क्षेत्रलाई विशेष प्राथमिकतामा राख्नैपर्छ।’ सुत्केरी महिलाले ज्यान गुमाए। सर्पले डसेर उपचार नपाएर एकै घरका दुई दिदीबहिनीले मृत्युवरण गर्नुप¥यो।’

औषधि र सामग्री अभाव

नाका क्षेत्रमा खोलिएको सामुदायिक स्वास्थ्य इकाईमा सामग्रीको अभाव रहेको पाइएको छ। नाका क्षेत्रका नागरिकलाई स्वास्थ्य सेवामा पहुच बढाउन सामुदायिक स्वास्थ्य इकाई गठन भएपनि प्राथमिक उपचारबाहेक अन्य सेवा नागरिकले पाउन सकेका छैनन्। राजपुर–७ को भैसाही, डगमारा, गोठुवा, वडा नं. ६ को खांग्रामा र वडा नं. १ को पटौलीमा स्वास्थ्य इकाई छन्। २०७५÷०७६ मा वडा नं. ७ को सिक्टा, वडा नं. ४ दुलैया, वडा नं. २ सामुदायिक स्वास्थ्य इकाइ गठन गरिएको छ। ‘कार्यालय सहयोगीलाई ढुवानी भाडा दिन्छौं। भ्याक्सिन र औषधि लगेर जानुहुन्छ’– राजपुर गाउ“पालिकाका अध्यक्ष लोकराज केसीले भन्नुभयो– ‘भौगोलिक विकटताले उपचार सेवा लिन गाह्रो छ। नाका क्षेत्रमा सर्पदंश उपचारका लागि सेवा प्रवाह गर्न सक्ने अवस्था नरहेको उहा“ले बताउनुभयो। ‘सर्पदंशबाट जोगिन जनचेतना फैलाउन जरुरी छ’– उहा“ले भन्नुभयो– ‘नाकामा सर्पदंशको उपचार तत्काल पु¥याउन सक्ने अवस्था छैन।’ ८३ किलोमिटर दाङको नाका क्षेत्रमा २२ वटा चल्तीका नाका छन्। तर, त्यहा“ बसोवास गर्ने नागरिकले स्वास्थ्य उपचार पाउन कठिन छ।

 

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top