Free songs
Home / समाचार / प्रमुख समाचार / प्रदेशतहमै विषादी परीक्षण प्रयोगशाला

प्रदेशतहमै विषादी परीक्षण प्रयोगशाला

युगबोध समाचारदाता

काठमाडौं, विषादी परीक्षण प्रयोगशाला स्थापना गर्न संघीय सरकारले अलमल गरिरहेको बेला प्रदेश सरकारहरुले आ–आफ्ना प्रदेशमा प्रयोगशाला स्थापना गर्ने प्रतिबद्धता जनाएका छन्। यसका लागि योजना पनि बनाइसकेको उनीहरुले बताएका छन्।

शुक्रवार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गरेको कार्यक्रममा सबै प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीहरुले खाद्य वस्तुको विषादी परीक्षणका लागि प्रयोगशाला स्थापना गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन्। त्यसका लागि आवश्यक योजना पनि तय गरिएको प्रदेशका मन्त्रीहरूको भनाइ छ। प्रदेश ५ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले जनस्वास्थ्यमाथि खेलवाड हुन नदिन प्रदेश ५ ले भैरहवामा खाद्य वस्तुको विषादी परीक्षणका लागि एउटा प्रयोगशाला स्थापना गर्न लागेको जानकारी दिनुभयो।

प्रदेश ३ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपालले पनि हेटौंडामा दूध, तरकारी र पानीको परीक्षण हुने गरी प्रयोगशाला निर्माण गर्ने जानकारी दिनुभयो। उहाले चाडवाडका बेला बजार अनुगमनको कामलाई अघि बढाउन प्रदेश सरकारलाई स्रोतसाधनले सम्पन्न बनाउन पनि संघीय सरकारसग आग्रह गर्नुभयो।

कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले संघीय सरकारले बजार अनुगमनका लागि आवश्यक प्रभावकारी कदम चाल्नुपर्ने माग गर्नुभयो। उहा“ले कर्णाली खाद्यान्नको हिसाबले पछि परेको हुनाले त्यसमा विशेष व्यवस्था गर्न पनि संघीय सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो।

संघीय सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले दशैं, तिहारजस्ता चाडपर्वका बेला हुने मूल्य बृद्धिलाई ध्यानमा राखेर बजार अनुगमनको कामलाई तीब्रता दिन प्रदेश र स्थानीय सरकारलाई आग्रह गर्नुभयो। उहा“ले चाडवाडका बेला उपभोक्तालाई मारमा पार्ने काम हुन नदिन पनि तीनै तहको सरकारले बजार अनुगमनको कामलाई प्रभावकारी बनाउनुपर्ने आवश्यकता रहेको पनि स्पष्ट पार्नुभयो।

धुलो दूधको आयात प्रतिबन्ध नहटाइने

सरकारले धुलो दूधको आयात प्रतिबन्ध नहटाउने स्पष्ट पारेको छ। कृषिमन्त्री चक्रपाणि खनालले धुलो दूध आयात खुला गरिनु किसान र उपभोक्ताको हितमा नरहेको उल्लेख गर्दै आयातमा लगाइएको प्रतिबन्ध नहटाइने स्पष्ट पार्नुभएको हो। बाहिर प्रचार गरिए जस्तो दूधको अभाव नभएको उल्लेख गर्दै उहा“ले केही समयलाई दूध अपुग भए आन्तरिकरुपमै व्यवस्थापन गर्न ध्यान केन्द्रित गरिने बताउनुभयो। उहा“ले भन्नुभयो– ‘गाउ“मा दूध पर्याप्त छ। त्यसलाई शहरसम्म ल्याइपु¥याउने विधि खोजौं। बरु सूचना जारी गरौं। गाडी नपुगेका ठाउ“मा गाडी लैजाआंै।’

मन्त्रालयका सचिव प्रकाश माथेमाले केही समयका लागि देखिएको अभावको समाधान देशभित्रै खोजिनुपर्ने बताउनुभयो। उहा“ले भन्नुभयो– ‘सामान्य अभाव भएर वा अभाव सिर्जना गराएर पाउडर दूध आयात गर्नु समस्याको समाधान होइन।’ सहसचिव डा. विमलकुमार निर्मालले अहिले दूधको उत्पादन पर्याप्त भए पनि किसानबाट भन्दा भारतबाट पाउडर ल्याउ“दा सहज हुने भएर व्यवसायीले आयात खोल्नुपर्छ भन्दै हि“डेको तर सरकार त्यसको पक्षमा नरहेको स्पष्ट पार्नुभयो।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top