Free songs
Home / विचार / विषादीको बहस

विषादीको बहस

वामदेव सुवेदी

यसपालि विषादीको समाचारले उल्लेख्य ठाउ पाए। विषादीसम्बन्धी समस्याका बारेमा चासो र चिन्ता व्यक्त गर्दै विभिन्न लेख लेखियो, चर्चा परिचर्चा र बहस गरियोे। भारतबाट भित्रिने तरकारी तथा फलफूलमा रहेको विषादी परीक्षण स्थगन गर्ने सरकारको निर्णयलाई सर्वोच्च अदालतको अन्तरिम आदेशले लोप्पा ख्वाइदिए पछि यो विषयको गाम्भीर्यता सतहमा आयो। विषादी परीक्षण स्थगन गर्ने निर्णयलाई आत्मघाती तथा ज्यानमारा निर्णयको रुपमा व्याख्या गरियो। सरकारलाई विषादी परीक्षण गर्ने आफ्नो पहिलेको निर्णयमा अडिग रहन कर लाग्यो। जनस्वास्थ्यको हिंसावले यो एउटा महत्वपूर्ण घटना बन्न गयो किनभने यसले हानीकारक रसायन र किटनाशक विषादीको सवालमा एक किसिमको तरंग ल्यायो।

आयातित मात्र होइन स्वदेशमै उत्पादित तरकारी, फलफूल तथा अन्य खाद्यवस्तु विषादीमुक्त होलान् भनेर आश्वस्त हुने ठाउ“ छैन। सबै किसिमका तरकारी, फलफूल तथा कृषिजन्य उपभोग्य वस्तुहरु विषादी परीक्षण पास भएर मात्र बजारमा आएका हु“दैनन्। त्यसैले बजारमा उपलब्ध कृषिजन्य उपभोग्य वस्तुहरु ढुक्क भएर खानसक्ने स्थितिमा उपभोक्ता छैनन्। फेरि परीक्षण पास गरेका भनिएका तरकारी तथा फलपूmल पनि तोकिएको विषादी अवशेषको अधिकतम स्वीकारयोग्य सीमा ननाघेका मात्र हुने हो। कुन जातका तरकारी तथा फलफूलमा कुनखाले विषादीको कुन हदसम्मको अवशेष पाइए खानयोग्य मान्ने भनेर तोक्ने काम पनि सरकारकै हो। त्यसैले विषादी न्यूनीकरणमा सरकारले लिने नीतिको सर्वोपरि महत्व छ।

विषादीको कुरा गर्दा मेरो मानसपटलमा दिल्लीको जवाहरलाल नेहरु विश्वविद्यालयका एकजना प्राध्यापक र दाङका एकजना रैथाने बासिन्दाको भनाई ताजा भएर आउछ। सात वर्ष अगाडि उक्त विश्वविद्यालयको सेन्टर अफ सोसल मेडिसिन एण्ड कम्युनिटी हेल्थमा म एक परास्नातकोत्तर तहको विद्यार्थी थिए। एक दिन नसर्ने रोगहरुका विषयमा प्रवचन हुदै थियो। क्यान्सर, मधुमेह, उच्च रक्तचाप, श्वासप्रश्वास र मुटुसम्बन्धी रोगहरु बढ्नुसग धुम्रपान, मद्यपान, खानपान, वायु प्रदुषण तथा व्यायामको सम्बन्धलाई हेर्नुपर्ने कुरा प्राध्यापकले बताए। उनले कसरी यस्ता रोगहरु बढ्नुसग तरकारी तथा फलफूलको उपभोगमा कमी, प्रशोधित तथा त यारी खाद्यवस्तुको प्रयोगमा बृद्धि र यससगै नुन, चिनी र प्रशोधित तैल्य पदार्थको उपभोगमा बृद्धि, मोटोपना र शारीरिक सुस्ततामा बृद्धिको सम्बन्ध छ भनेर विभिन्न अध्ययनहरुको निचोड प्रस्तुत गरें। विद्यार्थी र प्राध्यापकबीच के खाने के नखाने भन्ने विषयमा रोचक छलफल भयो। छलफलमा विद्यार्थीहरुले जंकफुड भनेर चिनिने बजारिया तयारी खानामा कमी गर्ने । तरकारी तथा फलफूलको मात्रा बढाउनुपर्ने महसुस गरेको बताउदै थिए। तर प्राध्यापकले ‘धेरै तरकारी र फलपूmल खा“दा विषादी पनि धेरै नै खानुहोला नि’ भनेपछि विद्यार्थीहरु के खान हुने के खान नहुने असमन्जसमा परे । अनि छलफल विषादीको विषयमा मोडिएको थियो। हरियाणा र पञ्जावमा देखिएको क्यान्सरको समस्यासग विषादीको प्रयोगको स्थितिलाई दा“जेर गरिएको अध्ययनको परिणामलाई उदाहरणको रुपमा प्रस्तुत गरिएको थियो। सारमा भारतमा उत्पादित धेरैजसो तरकारी तथा फलफूलहरु विषादीका कारण सुरक्षित छैनन् र क्यान्सर जस्ता नसर्ने रोगहरु बढ्नुका पछाडि यो एउटा प्रमुख कारक हो भन्ने नै थियो।

मानिसहरुको स्वास्थ्यसम्बन्धी बुझाइ र व्यवहारबारे आफ्नो शोधपत्र तयार गर्न कुराकानी गर्ने क्रममा दाङ जिल्लाका एकजना रैथाने बासिन्दा हाम्रा बाबुबाजे भन्दा हामी स्वस्थ छौं भन्ने कुरा मान्न तयार भएनन्। अस्पतालहरु खुलेको, औसत आयु बढेको, मातृ, शिशु र बाल मृत्युदर घटेको र मानिसको स्वास्थ्य स्थितिमा पहिला भन्दा प्रगति भएको कुरा मेरो मस्तिष्कमा बसेको थियो। तर उनले स्पष्ट भने– हामी भन्दा त हाम्रा बाबुबाजे नै स्वस्थ थिए। मलाई उनको जवाफ यो प्रजातन्त्र भन्दा त त्यही पञ्चायत ठीक थियो भन्ने खालको जस्तो लाग्यो। तर अरु धेरै अध्ययन सहभागीहरु पनि उनको भनाइसग सहमत देखिएपछि उनको भनाइलाई महत्व दिनुपर्ने देखियोे। यहा“नेर गाउ“समुदाय के कुराले ‘हामीभन्दा हाम्रा बाबुबाजे नै स्वस्थ थिए’ भन्ने निष्कर्षमा पुगे भनेर घोत्लनु आवश्यक छ। गा“ठी कुरो पनि यसैमा छ।

उनले सुख सुविधा बढेको तर स्वास्थ्य समस्यामा कमी नआएको तर्क पेश गर्दै भने– ‘हाम्रा बाबुुुबाजेको पालामा डा“डापारिबाट घा“स दाउरा बोक्नु पर्दथ्यो । अहिले हामी घा“सको खेती गर्छौं । अनि पकाउनका लागि गोबरग्या“स बाल्छौं। अब पहिला जस्तो घा“सदाउराको भारी बोक्नुपर्दैन। पहिला राति–राति उठेर ढिकी जा“तो गर्नुपर्दथ्यो । अहिले गाउ“–गाउ“मा कुटानी पिसानीका मिल छन्। पहिला हलो जोत्नुपर्दथ्यो । अहिले खेतबारीमा टेक्टर दगुर्न थाले। पहिला नुन, मट्टीतेल बोक्न कोइलाकास जानुपर्दथ्यो । अहिले गाउकै पसलमा नुन पाइन्छ। अब आएर टुकी र लाल्टिन बाल्ने जमाना गए ।

बिजुलीको स्वीच थिचे पुग्छ। पहिला सदरमुकाम हिंडेरै जानु पर्दथ्यो । अहिले बाटोमा गाडी गुडेकै छन्। पहिला फोनको चल्ती थिएन । अहिले हातहातमा मोबाइल छन्। त्यसो भएकोले अहिले सुख्खका दिन आएकै हुन्। तर रोग लाग्ने र औषधिमुलो खोज्ने क्रम घटेको छैन। औषधि नखाने मान्छे पाउन गाह्रो छ। मान्छेलाई सोध्नुस् कसैले सुगरको, कसैले प्रेसरको, कसैले मुटुको, कसैले थाइराइडको, कसैले युरिक एसिडको, कसैले के को कसैले के को औषधि खाइरहेका छन्। कतिलाई त जिन्दगीभरि नै औषधि खानुुपर्नेछ। धेरै अस्पताल र क्लिनिक खुलेर के गर्नु, विरामीको भिड कम भएको छैन। विरामी नपर्ने र औषधि नखाने मान्छै नै छैन। पटक– पटक अस्पतालमा लाइन लाग्ने र औषधिबिना बा“च्नै नसक्ने मान्छेलाई कसरी स्वस्थ भनौं ?’

उनको भनाइको सार थियो– ‘हामी पहिला भन्दा सुखी त छौं तर स्वस्थ छैनौं।’ अलि फरक तरिकाले आफ्ना विचार राख्ने केही भए पनि उनको भनाइको मर्मस“ग असहमति राख्ने कोही भएनन्।

हामी किन स्वस्थ छैनौं त भन्दा उनको मुखबाट फ्वात्त निस्केको थियो ‘विषादी।’ अनि हाम्रो खानपानमै समस्या देख्नेहरु नै बढी थिए। पहिले रासायनिक मल तथा किटनाशक विषादीको चलन थिएन। गोठे मल हाल्थे । रोग किरा लागे गाईको मुत, खरानी, असुरो, नीम, तितेपाती जस्ता घरेलु चिजविजलाई विषादीको रुपमा प्रयोग गर्थे। त्यसो भएकोले हाम्रा बाउबाजेले हामीले जस्तो विषादीयुक्त तरकारी, फलफुल तथा खाद्यपदार्थ खानु पर्दैनथ्यो। अर्गानिक भन्ने कुरो त सा“चो अर्थमा उनीहरुले पो खान्थे। ऐसेलु, अमला, काफल, कुसुम, करौंती, खनियो, चिउरी, चुत्रो, थाकल, प्यार, भलायो जस्ता बनमा पाइने फलफूल, कोइरालो, काभ्रो, खार्पु, निगुरो, डौंरे, बॉ“को, च्याउ, जलुका, सिस्नुको साग खान्थे। पुत्का, बन मौरीको मह, बट्टाई, तित्रा, बनकुखुरो, स्याल, गुनाको मासु खान्थे। गाउ“घरका कुला, खोला र खोल्साखाल्सीमा मनग्य माछा, घोंगी र गंगटा हुन्थे। यस्ता कुरामा विषादी हु“दैनथ्यो । बरु औषधिको गुण हुन्थ्यो। तर अहिले बन कन्दमुल खाने चलन घट्दैछ। रासायनिक मल र विषादीको प्रयोग बढेपछि गाउ“घरमा हुने माछा, गंगटा र घोंगीमा पनि कमी आएको छ । तर बाली नाश गर्ने संखे किरा चाहिं बढेको छ।

विषादीको बढ्दो प्रयोगलाई स्वास्थ्य समस्याको मूल जड ठाने पनि उनी आफैले चाहिं प्रयोग गर्न छोड्न नसकिने बताए। उनको तर्क थियो, रासायनिक मल र विषादीविना अब खेती नै हु“दैन। एक त माटो बिग्रिसकेको छ, माटोले रासायनिक मल नै खोज्छ, दोस्रो, मैले विषादी नहाले पनि छिमेकीले हाल्छन् । अनि रोग किरा मेरो नहालेको खेतबारीमा सल्किन्छन्। उनको हालत मलाई ‘धुम्रपान स्वास्थ्यका लागि हानिकारक छ’ भन्ने थाहा पाएर पनि साथीभाइको संगतले गर्दा चुरोट छोड्न नसकेको अम्मलीको हालत जस्तो लाग्यो। तर यस्तो अम्मली उनी जस्ता धेरै देखिए।
उनको भनाइबाट विषादी आजका कृषकहरुकोे बाध्यता बनेको र विषादीको प्रयोग भारतमा मात्र होइन, हाम्रै गाउ“घरमा पनि बढ्दो छ भन्ने बुझ्न सकिन्छ। विषादीको प्रयोग उनी जस्ता निर्वाहमुखी खेती गर्ने कृषकले मात्र होइन बजारलाई ताकेर उत्पादन, भण्डारण, प्रशोधन तथा बिक्रीवितरण गर्ने कार्यमा संलग्न सबैले गर्दै आएका छन्। त्यसैले विषादी न्यूनीकरणमा सम्बन्धित सबैकोे भूमिका महत्वपूर्ण हुन्छ।

दाङका रैथाने बासिन्दा भन्छन्– ‘विषादीयुक्त तरकारी, फलफूल एवं खाद्यवस्तु खानुपर्ने स्थिति रहेसम्म हाम्रा बाउबाजे भन्दा हामी स्वस्थ छौं भन्ने अवस्था आउन सक्दैन। देशको संविधान भन्छ– नागरिकलाई स्वस्थ बनाउने नीति राज्यले अवलम्बन गर्नेछ। स्वास्थ्य नीतिमा लेखिन्छ– राज्यले आमनेपाली स्वस्थ रहेर उत्पादनशील एवं गुणस्तरीय जीवनयापन गरेको देख्न चाहन्छ। सरकारका प्रवक्ता भन्छन्– हामी नेपाललाई अर्गानिक देश बनाउन चाहन्छौं। भनाइ र गराइमा तालमेल नमिलेर मात्र हो नत्र सबैको चाहनामा समानता छ। स्वस्थ बन्ने बनाउने चाहना। भन्न चाहिं विषादीका कारण हामी स्वस्थ छैंनौ भन्ने तर आफूले चाहिं प्रयोग गर्न नछोड्ने कृषक । भन्ने बेलामा जनता स्वस्थ्य भएको देख्न चाहन्छौं, देशलाई अर्गानिक बनाउन चाहन्छौं भन्ने । तर हरेक वर्ष बढ्दो परिमाणमा हानिकारक विषादी र विषादीयुक्त कृषिजन्य उपभोग्य बस्तु आयात गर्न नछोड्ने सरकारको यस्तो चालाले यो चाहना पूरा हुन सक्ने देखिंदैन।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top